Thursday, April 16
Shadow

शुक्रबार सुनको मूल्य घट्यो

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुन छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *