Thursday, April 16
Shadow

प्रथम लोहसण्डा गोल्डकप : बिरगंज सिटी एफसी फाईनलमा प्रवेश 

२३ जेठ बारा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-८ लोहसण्डामा जारी रहेको प्रथम लोहसण्डा गोल्डकपको फाईनलमा बिरगंज सिटी एफसी फाईनलमा प्रवेश गरेको छ । पर्सागढी युवा स्पोर्ट्स क्लब बढनिहारलाई टाई ब्रेकरमा हराउँदै फाईनलमा प्रवेश गरेको छ ।

खेल सुरु भएको ३० मिनेटमा बिरगंज सिटि एफसीका  चतुरधन चौधरीले बिबेकको क्रसमा गोल गरेको थियो ।चतुरधन चौधरीले गोल गरे संगै बिरगंज एफसीले अग्रता कायम गरेको थियो तर बिरगंज एफसीले बढी समय सम्म अग्रतालाई जोगाउन सकेको थिएन।पर्सागढी स्पोर्ट्स क्लबको तर्फ बाट कृपा चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।निर्धारित समयमा दुबै टोलिले गोलरहित बराबरीमा खेले पछि खेल टाई ब्रेकरमा धकेलिएको थियो ।

 

टाई ब्रेकरमा बिरगंज सिटि एफसीले ४ गोल गरेको थियो भने पर्सागढी स्पोर्ट्स क्लबले ३ गोप मात्र गर्न सफल भए पछि बिरगंज सिटि एफसी बिजयी भएको हो ।बिरगंज सिटि एफसीले फाईनलमा आफ्नो स्थान सुरक्षीत गरेको छ ।बिहिवार समराईज युथ क्लब आयोजक र बिरगंज युथ क्लब बिरगंज एक आपसमा भिड्ने छ ।आजको खेलको मैन अफ द मैच बिरगंज सिटिका गोलरक्षक सोमराज चौधरी घोषित भए उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ का वडाध्यक्ष शिवशंकर प्रसाद कुशवाहाले नगद १५ सय शिल्ड र मेडल पुरस्कार प्रदान गरेको थियो ।

प्रथम लोहसण्डा गोल्डकपको बिजेताले नगद ८० हजार र उपबिजेताले नगद ४० हजार पुरस्कार प्राप्त गर्ने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए ।प्रथम लोहसण्डा गोल्डकप मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ को कार्यालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *