Monday, June 1
Shadow

‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

राैतहट – प्रादेशिक अस्पताल गाैरद्वारा आयाेजित फेरी भेटाैला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

आइतबार राैतहट जिल्लाकाे सदरमुकाम गाैर स्थित प्रादेशिक अस्पतालले आयाेजना गरेकाे फेरी भेटाैला कार्यक्रम सम्पन्न भएको हाे ।

प्रादेशिक अस्पतालमा कार्यरत ४ जनाकाे सरुवा भएपछि अस्पतालका व्यवस्थापन समितिले उक्त स्वास्थ्यकर्मीहरुलाई सम्मानस्वरुप बिदाई कार्यक्रमकाे आयाेजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताउनुभयो।

कार्यक्रममा मन्तव्य राख्दै बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी भावुक हुँदै दुई वर्षकाे अनुभव जिन्दगीभरीका सम्झना भएर बस्ने बताइन् । कार्यक्रम आयाेजक र सम्पुर्ण अस्पताल टाेलीलाई धन्यवाद समेत ज्ञापन गरेकी थिइन् ।

बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी , स्टाफ नर्स पिन्की साह, सहायक फर्मासिस्ट धिरेन्द्र प्रसाद गुप्ता, स्टाफ नर्स लक्ष्मी राेकायालाई फुलमाला, दाेसल्ला र मायाकाे चिन्हाे लगायत अन्य समाग्री सहित सम्मान तथा बिदाई गरिएको हाे।

त्यसैगरी, प्रदेशिक अस्पताल गाैरमा सुरुवा भई पाल्नु भएका मेडिकल अधिकृत डा. चन्दन सहनी , सतिस कुमार सिंहलाई स्वागत सहित सम्मान गरिएको छ।

कार्यक्रममा प्रादेशिक अस्पताल व्यबस्थापन समिताका अध्यक्ष अनवर हाशमी, मे.सु डाक्टर मुरारी ठाकुर, व्यवस्थापन समितिका सदस्य ललन यादव, सदस्य उपेन्द्र यादव,ईमरजेन्सी ईन्चार्ज राजेश कुमार सिंह, लेखापाल जितेन्द्र यादव, प्रशासन प्रमुख रामअश्रेै मुखिया, लगायत प्रादेशिक अस्पताल गौरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *