Tuesday, October 27
Shadow

banner-news-1

For top banner

गरुडामा किसानको समर्थनमा जनप्रदर्शन (फोटो फिचर)

गरुडामा किसानको समर्थनमा जनप्रदर्शन (फोटो फिचर)

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , रौतहट । रौतहटको मध्ये बजार भनिने गरुडामा जनमत पार्टीका कार्यकर्ताहरुले जन प्रदर्शन गरेका छन् । किसानको माँग पुरा नभए सम्म प्रदर्शन निरन्तर भइरहने भन्दैँ बिहीबार रौतहटको मध्य बजार गरुडामा विरोध प्रदर्शन गरेका छन् । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिच्श्रित कालको लागि बन्द हुने आह्वान गरेपनि खासै प्रभाव नदेखिएपछि कार्यकर्ताहरु पुन: विरोध प्रदर्शन गरिरहेका छन् ।   नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएपनि समयमै किसानलाई बिउ विजन, मल खाद्य उपलब्ध नहुँदा अभाव खेपि रहन्छन् ।...
महासंघद्धारा पत्रकारमाथि दुव्र्यवहारको विरोध

महासंघद्धारा पत्रकारमाथि दुव्र्यवहारको विरोध

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क , रौतहट । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न माग गरेको छ । रौतहटकै एक पत्रिकाको अनलाइन दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका बेला प्रशासकीय अधिकृतले आफूलाई दुर्व्यवहार गरेको झाले बताएका छन् । ‘उहाँले केही कागजातहरु माग्नुभयो सोही विषयको बारे प्रमुख जिल्ला अधिकारीलाई मैले अवगत गराउने क्रममा अधिकृत तिमल्सिनाले मलाई अपशब्द प्रयोग गर्नुभयो’ झाले भनेका छन् । महासंघ अध्यक्षमाथि भएको दुर्वव्यहारको नेपाल पत्रकार महासंघ रौतहट शखा र प्रदेश २ समितिले पनि विरोध जनाएका छन् । दोषीलाई कारवाही नभएसम्म जिल्ला प्रशासन...
गाैर नगरपालिकाका ७३ प्रतिशत नागरिकले खाेप लगाए

गाैर नगरपालिकाका ७३ प्रतिशत नागरिकले खाेप लगाए

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । काेराेना भाइरसकाे नयाँ भेरियन्ट फेला परेसँगै खाेप दिने कार्यक्रमलाई सरकारले तिव्र गति दिएकाे छ । राैतहटकाे गाैर नगरपालिका सबैभन्दा बढी खाेप दिने पालिका बनेकाे छ । प्रदेश अन्तरगत एक तथ्यङ्कका अनुसार हाल सम्म गाैर नगरपालिकाले ७३ प्रतिशत खाेप बितरण गरि सकेकाे देखिएकाे छ । सन् २०१९ मा सार्वजनिक भएकाे जनगणना अनुसार गाैर नगरपालिका भित्र १८ वर्ष र साे भन्दा माथि २९ हजार ३ सय ७३ जना बसाेबास गर्छन् । जसमध्ये २१ हजार ३ सय ८३ जनाले काेराेना भाइरसकाे दुवै चरणकाे खाेप लगाइसकेका छन् । हाल सम्म प्रदेश २ मा काेराेना भाइरसकाे कारण २ सय ६७ जनाकाे मृत्युु भइसकेकाे छ । नेपालकाे तथ्यङ्कका अनुसार नेपालमा कुल ११ हजार ६ सय १ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिइन्। अहिलेसम्म कोरोना भाइरस...
गाैर नगरपालिकाकाे राजस्व अब घरबाटै तिर्न मिल्ने

गाैर नगरपालिकाकाे राजस्व अब घरबाटै तिर्न मिल्ने

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सचतक नेपाल डेस्क, रौतहट । अब बिभन्न प्रकारकाे राजस्व माेबाइलबाटै भुक्तानी हुने भएकाे छ । गाैर नगरपालीकाले प्रबिधिकाेे तुलनामा राैतहटका अन्य सबै पालिकालाई पछाडी छाेड्ने भएका छन् । जिल्लामा मात्र नभएर प्रदेश २ मै गाैर नगरपालिका पहिलो विद्युतिय प्रबिधिबाट भुक्तानी गर्ने पालिका बन्न पुगेको छ । गाैर नगरपालिकाबाट काटिदै आएको विभिन्न प्रकारका सेवा वापतको राजस्व ( मालपोत कर , सम्पत्ति कर, घर बहार कर र व्यवसायी कर) हरु अब सजिलै ई-सेवा, खल्तीबाट नै भुक्तानी गर्ने भएकाे हाे । नगर प्रमुख अजय गुप्ताले मंलगवार नगरपालिकाको सभाकक्षमा एक औपचारिक कार्यक्रम बीच साे सेेवाकाे उद्घाटन गरेका थिए । सेवाग्राहीलाई थप सुख सुविधा उपलब्ध गराउन र लाइनमा बस्ने झनझटलाई अन्त्य गर्न याे सेवा सुचारु गरिएकाे नगरप्रमुख गुप्ताले बताए । सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा नगर निमित्त प्रमुख प्रशासकिय अधिकृत स...
जनमत पार्टीद्वारा आज गौरमा प्रदर्शन

जनमत पार्टीद्वारा आज गौरमा प्रदर्शन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीले आह्वान गरेको रौतहट बन्दको दाेस्राे दिन पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । केहि दिन यता प्रदर्शनरत जनमत पार्टीले सोमबार देखि रौतहट बन्द गर्ने घोषणा गरेका थिए । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिच्श्रित कालको लागि बन्द हुने आह्वान गरेका थिए । राैतहट बन्दकाे घाेषणा भएपनि प्रभाव खासै देख्न सकिएकाे छैन् । केहिदिन देखि सुरु भएको शितहरले पनि पार्टीको बहुमतलाई बल दिन सकेको छैन् । "नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेको" विज्ञप्तिमा उल्लेख छ । किसानकाे माँग पुरा नभए सम्म हाम्राे प्रदर्शन निरन्तर जारी रहने केन्द्रिय सदस्य...
रौतहट बौधिमाई नपाका निजि तथा समुदायिक बिद्यालय ७ दिनको लागि बन्द

रौतहट बौधिमाई नपाका निजि तथा समुदायिक बिद्यालय ७ दिनको लागि बन्द

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
जितेश यादव / सचतक नेपाल पुस १९, रौतहट । अत्याधिक चिसो बढे पछि रौतहटको बौधिमाई नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक चिसो बढेकाे कारणले पठनपाठनमा कठिनाई हुदाँ नगरपालिकाले पौष २० गते देखी २७ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज (सोमबार) नगरपलिका प्रमुख राजिब रन्जन यादव को अध्यक्षता मा सम्पन्न बैठकद्वारा विद्यालयको सञ्चित बिदा बाट घटाउने गरी ७ दिन नगर भित्रका सामुदायिक एवम निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाद्वारा प्रकाशित बिज्ञप्तिमा उलेख छ । चिसो बढ्दै गए पछि विद्यालयको विद्यार्थीको संख्या समेत न्यून उपस्थिति हुदै आएको थियो । अत्याधिक चिसोका कारण यहाँको जनजिवन समेत प्रभावित बन्दै गएको छ । केहि दिन यता देखि शितलहर बढ्दै गएकाे हाे । एक्कासी माैसम परिवर्तन कारण तापक्रम निकै तल्लाे तहमा पुगेकाे अधिकारीहरु बताउँछन् । शितलहरबाट ...
निर्मलाकाे हत्यामा संलग्न एक भारतीय पक्राउ

निर्मलाकाे हत्यामा संलग्न एक भारतीय पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, राैतहट । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले भारतिय नागरिक निकार अलीलाई पक्राउ गरेको छ । १५ दिनअघि उनलाई पक्राउ गरेपनि डिएनए रिपोर्ट आउन बाँकी रहेकाले प्रहरीले गोप्य राखेको छ । शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर गएका थिए । विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागी स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको प्रहरीका एकजना उच्च अधिकृतले बताए । निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्थे । जग्गा भाडामा लिएर तर...
गाैर नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

गाैर नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क , राैतहट । गौर नगरपालिकामा ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न क्रम जारी रहेकाे छ । साेही क्रममा गाैर नगरपालिका- २ मा आज ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बाट सम्मानित गरिएको छ । गौर नगरपालिकाले संचालन गरेको जेष्ठ नागरिक सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले ११४ जना जेष्ठ वृद्धवृद्धालाई सम्मान गरेका छन् । वडा अध्यक्ष राकेश झाको अध्यक्षता मा भएको कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो । नगरपालिकाले संचालन गरेको अभियान सराहनीय रहेको सम्मानित हुने जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।...
साेमबार देखि अनिश्चितकालकाे लागि रौतहट बन्द

साेमबार देखि अनिश्चितकालकाे लागि रौतहट बन्द

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटले भोली (सोमबार) देखि रौतहट बन्द गर्ने घोषणा गरेका छन् । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिश्चित कालको लागि बन्द हुने जानकारी दिएका छन् । नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेका छन् । बिउ विजन , मल खाद र सिचाईको व्यवस्था तिनै तहको सरकारले गर्न नचाहेको विज्ञप्तिमा उल्लेख छ । ती अभावका लागि आवाज उठाउँदा समेत सरकारले दमन गरेको अवगत नै रहेको लेखिएको छ । सिरहा देखि सुरु भएको किसानहरुको जायज आन्दोलनको दोस्रो चरण अन्तरगत जनमत पार्टीले भोली रौतहट देखि अनिश्चित कालको लागि बन्द हुने बताइएको छ । जनमत पार्टी...
महोत्तरीमा सात जना सवार ट्याक्टर दुर्घट्ना, एकको मृत्यु, एक जना घाइते

महोत्तरीमा सात जना सवार ट्याक्टर दुर्घट्ना, एकको मृत्यु, एक जना घाइते

banner-news-1, मुख्य समाचार
  सचतक नेपाल । पौष १७ , महोत्तरीमा टयाक्टर दुर्घटना हुँदा च् एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुर बस्ने २२ वर्षीय शैलेन्द्र सदाको ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएका छन् । चालकसहित सात जना सवार ट्याक्टर ओभर स्पीडका कारण महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा आफै अनियन्त्रित भएर सडक छेउमा पल्टिदा सदाको मृत्यु भएको प्रहरीले जनाएको हो। मृतक सदाको शव जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टमगरी आफन्तनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पसवानको उपचार प्रहरीको निगरानीमा भइरहेको र घटना विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...