सर्लाही जिल्ला अस्पतलमा १७ वटा HDU तयार
माघ ०५ सचतक नेपाल सर्लाही । कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सर्लाही जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड तयार पारिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका विरामीको उपचारका लागि १७ वटा एचडियु बेड छुट्याएर राखिएको जानकारी दिए।
अस्पतालमा ६५ थान अक्सिजन सिलिन्डर र ४० वटा अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको अस्पतालका मेसु डा. झाले बताए।
जिल्लामा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना संक्रमित भएका छन्। उनीहरू सबै होम आइसोलेसनमै छन्।
डा. झाका अनुसार अस्पतालको पुरानो भवनलाई कोभिड वार्डका रूपमा छुट्याइएको छ। अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ।
सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी...









