Friday, September 11
Shadow

वडाध्यक्ष गुप्ता द्वारा जीतपुर अस्पतालको अलपत्र भवनको छत ढलानको शिलान्यास

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका -७ जीतपुरमा अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छत ढलान सुरु भएको छ ।करिब ६ महिना देखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छत ढलान सुरु भए पछि स्थानियहरुमा अस्पताल संचालनमा आउने आश पलाएको छ ।

 

बुधवार अलपत्र जीतपुर अस्पतालको छत ढलानको जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष सुनिल गुप्ताले शिलान्यास गरे संगै छत ढलान सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगरप्रमुख स्व:डा.कृष्ण पौडेल र उपप्रमुख सरस्वती चौधरी अस्पतालको बाल निर्माणको लागि ४० लाख बजेट बिनियोजन गरेको थियो ।करिब ६ महिना देखि अलपत्र अवस्थामा रहेको अस्पताल जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको अथक प्रयासमा बुधवार देखि छत ढलान सुरु भएको छ ।

 

 

अलपत्र अस्पतालको छत ढलान सुरु भए संगै जीतपुरका स्थानियहरुमा अस्पताल संचालनमा आउने आश पलाएको छ भने बजेट र विभिन्न बहाना देखाएर अस्पताल पुन:अलपत्र अवस्थामै रहनेको दर पनि उतिकै रहेको छ । २०७५ सालमै जीतपुरमा २ सय सैयाको अस्पताल बनाउने निर्णय भएको थियो तर केही राजनितीकर्मीहरुले जीतपुरमा बन्नु पर्ने अस्पताललाई सिमरामा लगेर बनाएको जीतपुरका स्थानियहरुले आरोप लगाएको छ ।जीतपुर उपमहानगरकै मुटुको रुपमा चिनिने गरेको छ नत जीतपुरमा कुनै राम्रो भौतिक संरचना छ न त सुबिधा सम्पन्न अस्पताल ।

 

जीतपुर एउटा बारा जिल्लाकै ठूलो बजारको रुपमा चिनिने गरेको तर पनि यहाँको बजार ब्यवस्थापन हुन सकेको छैन।उक्त छत ढलान शिलान्यास कार्यक्रममा जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता,समाजसेवी एवं भावी वडाध्यक्ष प्रत्याशी बिन्देश्वरी साह युवा नेता शेखर भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *