Friday, October 30
Shadow

banner-news-1

For top banner

वेवारिसे अवस्थामा देवाही गोनाहीमा एक शव फेला

वेवारिसे अवस्थामा देवाही गोनाहीमा एक शव फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । रौतहट जिल्लाको मध्ये भेगमा रहेको देवाही गोनाही नगरपालिकामा एक जनाको शव फेला परेको छ । देवाही गोनाही नगरपालिकामा घर भएका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको शव भेटिएको प्रहरीले जनाएको छ ।   आज विहान करिब ९ बजे देवाही बजारको छेउमा निज जयसवालको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी देवाही गोनाहीले जनाएको छ । घटनाबारे छानबिन भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ। जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो। प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी अनुसन्धानमै छौं। भोलि (सोमबार) सम्ममा विस्तृत आउँछ,’ उनले भने। कसरी भयो लुटपाट ? पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो। ती व्यक्ति सुन व्यवसायी भने होइनन्। ‘ती व्यक्ति सुन व्यवसायी होइनन्। सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले...
भारतमा कालीगण्डकीको बिजुली पनि निर्यात सुरू

भारतमा कालीगण्डकीको बिजुली पनि निर्यात सुरू

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न लागेको हो। प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरू भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ। वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्...
रुपन्देही : बस दुर्घटना ९ जनाको मृत्यु, ४ जनाको सनाखत

रुपन्देही : बस दुर्घटना ९ जनाको मृत्यु, ४ जनाको सनाखत

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । रुपन्देहीको रोहिणीमा बस दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । ९ जना मृतकमध्ये ४ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ : २० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई...
ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु

ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २१ जेठ, रौतहट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना गराउने ट्रक चालक प्रहरीले भगाएको भन्दै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । शनिबार मध्यान्ह पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा अटो चालक धादिङकै निलकण्ठ नगरपालिका-५ का कमलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते श्रेष्ठलाई अस्पताल नलगी स्थानीय प्रहरी बिटले दुर्घटना गराउने ट्रकलाई गजुरी प्रहरी वृत्तमा पुर्‍याएको पीडित पक्षको आरोप छ । दुर्घटना गराउने चालक र चालक भगाउने प्रहरीलाई कारबाही सुनिश्चित नभएसम्म अवरोध कायमै रहने भन्दै स्थानी...
प्रचण्डसँग भेट्न पुगे मेयर बालेन

प्रचण्डसँग भेट्न पुगे मेयर बालेन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २१ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । भेटमा प्रचण्ड र बालेनले एकअर्काको प्रशंसा गरेका थिए । मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।...
इशनाथ नगरपालिकाको कार्यपालिकामा गठबन्धन विजयी

इशनाथ नगरपालिकाको कार्यपालिकामा गठबन्धन विजयी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, २० जेठ, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन विजयी भएको छ । कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमाले बिच गठबन्धन भएको थियो । आज शुक्रबार भएको कार्यपालिका निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । कार्यपालिकाको निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न यी दुई पार्टि बीच गठबन्धन भएको हो । कार्यपालिकाको निर्वाचनमा कांग्रेसका ५ उम्मेदवारले जित हासिल गरेका छन् भने एमालेका ३ उम्मेदवारले जित हात पारेका छन् । रामकलि कनुइन, सुन्दरता देवी, खुसैदा खातुन, कमली देवी, सुमसुन नेसा महिला कार्यपालिका सदस्यमा विजयी भएका छन् भने दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा लगायतका उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । रणनितिक रुपमा जनतको फाइदाको लागि कांग्रेस र एमालेबीच गठबन्...
विभिन्न घटनामा बैतडीमा दुई जनाको मृत्यु

विभिन्न घटनामा बैतडीमा दुई जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २० वैशाख, रौतहट । विभिन्न घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए । यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।...
इतिहास : दरबार हत्याकाण्ड

इतिहास : दरबार हत्याकाण्ड

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, विचार
प्रेम यादव, १९ जेठ, रौतहट । आज जेठ १९ गते । यही मिति हो जसले दरबार हत्याकाण्डको सम्झना गराउँछ । यही दिन राजपरिवारका १० सदस्यको हत्या भएको थियो । त्यही भएर यस मितिलाई दरबार हत्याकाण्डको नाम दिइयो । देशको राजधानी काठमाण्डौँमा अवस्थित नारायणहिटी राजदरबार जसलाई पछि सङ्ग्रालयमा परिणत गरिएको हो केहि दश पहिला राजा बस्ने महल थियो । इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा प्रचलित हत्याकाण्डमा सुने युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरियो । गोली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गोली प्रहार गरेको बताइयो । अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञान...
ब्राजिलमा वर्षा र बाढी, सय जनाको मृत्यु

ब्राजिलमा वर्षा र बाढी, सय जनाको मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १९ जेठ, एजेन्सी । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा सय जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो । ब्राजिलको उत्तर क्षेत्रीय शहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ । त्यस शहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।...