Friday, April 17
Shadow

१२ ठाउँका सिडिओकाे सरुवा

सचतक नेपाल न्यूज डेस्क
२३ भाद्र, राैतहट । गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

निर्वाचन आचारसंहिता लागु हुने तयारी भइरहेका बेला गृहले सरुवालाई तीव्रता दिइरहेको छ। काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको मन्त्रालयको निजामती प्रशासन शाखाले जनाएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई काठमाडौंको प्रमुख बनाइएको छ।काठमाडौँका सीडीओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ।

यस्तै कास्कीका प्रजिअ जयनारायण आचार्यलाई ललितपुर सरुवा गरिएको छ। कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ।जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय तानिएकी छिन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ।

दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ। दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ। पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको छ।

सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ सरुवा गरिएको छ। उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *