Wednesday, October 28
Shadow

banner-news-1

For top banner

शि लिड्स महिला नेतृत्व कार्यक्रम गौरमा सम्पन्न

शि लिड्स महिला नेतृत्व कार्यक्रम गौरमा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव गौर । शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत लैंगिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धमा नगरपालिकाका प्रमूख, उपप्रमूख,वडाअध्यक्ष तथा सदस्यहरु लगायत संचारकर्मीहरु बिच कार्यक्रम आइतबार सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजनामा आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रम आइतवार सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका वडाअध्यक्ष र सदस्यहरुले महिला जनप्रतिनिधिलाई कार्यक्षेत्रमा सघाउन के–कस्तो भुमिकाहरु खेल्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।साथै उनीहरूले निभाउनु पर्ने भूमिका, अधिकार र कर्तव्यका बारेमा अन्तरक्रिया गरिएको थियो। उक्त कार्यक्रममा गौर नगरपालिकाका पुर्व उपप्रमुख किरण ठाकुरले पुरुष जनप्रतिनिधिले महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्...
बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश खेल्न जान पाउनुपर्ने माग गर्दै दागर गरेको मुद्दामा बहस सुरु भएको छ । सन्दीपका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरेपछि सर्वोच्च अदालतको बन्द इजलाशमा बहस सुरु भएको हो । सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु गरिएको छ । सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुरावेदन गरेको छ । यता सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । यी दुबै निवेदनमाथि बहस सुरु भएको हो ।...
महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बारा - प्रत्येक वर्ष झै महाशिवरात्रि तथा नेपाल सेनाकाे २६० औं वार्षिक उत्सवकाे अवशरमा यस वर्ष पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ। शनिबार बारा जिल्लामा तैनाथ श्री नं.२८ वाहीनी अड्डा‌ तथा‌ श्री ज्वालादल गणकाे संयुक्त आयोजनामा निजगढ नगरपालिका -४ स्थित श्री पर्वतनाथ महादेव मन्दिर परिसरमा स्थानीय सांस्कृतिक झल्काउने विभिन्न कार्यक्रम तथा नेपाली सेनाकाे गतिविधि झल्काउने भिडियो प्रदर्शन आयाेजना भएको हाे ‌ । यतिमात्र नभएर जिम्मेवारी क्षेत्रमा गरिएका सुरक्षा सम्बन्धी तस्बिरहरु साथै स्थानीय स्राेत र साधन प्रयोग गरि मेडिकल संचालन समेत गरिएको हाे । एनसिसी अलमुनियम संग समन्वय गरी सांस्कृतिक कार्यक्रम तथा त्यहाँका स्थानीय बसोबास गरेका भू.पु सैनिक तथा आस्रित परिवारहरुबाट विभिन्न राेचक कार्यक्रम गर्नुकाे साथ-साथै प्रसिद्ध गढीमाई मन्दिरलाई सरसफाई गरी कलम यात्रा समेतकाे आयाेजना गरि महाशि...
राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

राैतहट : करिब ८ वर्षदेखि अलपत्र पुल निर्माणका लागि आमरण अनसनमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको भन्दै नेपाल पत्रकार महासंघ राैतहट शाखाका सह-सचिव संजय सहनी आमरण अनशनमा बसेका छन ।रौतहटजिल्लाको गौर ४ टिकुलियामा रहेको लालबकैया नदीको पुल आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिदा स्थानीयले पीडा खेप्नु परेको भन्दै पत्रकार संजय सहनी सोमवार साँझ देखी आमरण अनसनमा बसेका छन ।वि.स.२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घाट स्थित लाल बकैया नदीमा शिलान्यास गरेको पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो ।पप्पु कन्सन्ट्रक्सनले काम नगरे...
ब्रिटिशलाई लखेटेको समनपुरमा फागु बैरिया मेलाकाे आयाेजना

ब्रिटिशलाई लखेटेको समनपुरमा फागु बैरिया मेलाकाे आयाेजना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,राैतहट - समनपुरमा प्रत्येक वर्षझै‌ यसवर्ष पनि फागु‌ बैरिया मेलाकाे आयाेजना हुने भएको छ। हरेक वर्ष फागुन पुर्णिमाकाे अवसरमा आयाेजना हुने फागु बैरिया मेलाकाे यसवर्ष पनि धुमधामका साथ तयारी थालिएको गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् । राैतहट जिल्लाकाे मध्ये भाग र सर्लाहीसँग‌ जाेडीएकाे समनपुरकाे पनि आफ्नै इतिहास रहेको छ । यद्यपी समनपुरकाे इतिहास कागजमा लेखिएका मसीझै बिस्तारै लाेप हुदै गयाे । आइतबार गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै मेलाकाे तयारी बारे जानकारी दिएका हुन्। याे मेला फागुन १९ देखि २३ सम्म हुने तय गरिएको हाे । परम्परागत र निरन्तर रुपमा आयाेजना हुने फागु मेलाकाे लागि यसवर्ष तयारी धुमधामका साथ हुन थालिएकाे । गढीमाई नगरपालिकाकाे आयाेजनामा ब्रिटिश फाैजलाई पराजित गरेको ऐतिहासिक दिनकाे सम्झना सहित राैतहटकाे समनपुरमा हरेक फागु पुर्णिकाे अवशर पारेर ...
पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका

पाेखरा विमान दुर्घट्ना बारे खुल्याे रहस्य, मानविय त्रुटि भएकाे आशंका

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
माघ १‌ कालाेदिन । खुशीकाे दिनमा मुटु चिर‌ हुने एउटा घटना‌ जसले इतिहासमै नाम दर्ज गरायाे । पाेखराका लागि काठमाडौँबाट छुटेका , निर्धक्क एयरलाइन्स माथि भराेस राख्दै विमानमा सफर गरेका ती यात्रहरु । माघ १ गते भएको भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ । ‘प्रोपेलर फेदर’लाई दुर्घटनाको मुख्य कारण मानिएको छ । यस विषयमा लोकान्तरले यती एयरलाइन्स दुर्घटना जाँच आयोग २०७९ का सदस्य एरोनिटिकल इन्जिनीयर डा.दीपकप्रसाद बास्तोलासँग गरेको संक्षिप्त कुराकानी पढ्नुहोस्। ‘प्रोपेलर फेदर’ भनेको टर्फलेस कन्डिसन हो । यसले गर्दा दुईवटै इन्जिन आइडलमा चल्ने कन्डिसन हो । जस्तो गाडी गियरमा नभई इन्जिन चल्छ नि त्यस्तै अवस्था हो ।इन्जिन चल्दा पछाडिपट्टि हावा फाल्नुपर्ने हो तर यस्तो नभएको अवस्था हो । यस्तो हुँदा दुईवटै इन्जिनमा पावर आएन । उहाँहरू फाइनल लेग (अनुमानित भद्रकाली मन्दिरमाथि) पुग्...
चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठायतले बताइन् । आइतबार साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१-प ३५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको इन्स्पेक्टर कठायतले बताइन् । मृत्यु भएका घिसिङ बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
श्रीमतीलाई जिस्काएकाे रिसमा दम्पतीद्वारा एक भारतीय नागरिककाे हत्या

श्रीमतीलाई जिस्काएकाे रिसमा दम्पतीद्वारा एक भारतीय नागरिककाे हत्या

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
गुल्मी - गुल्मीमा एक जना भारतीय नागरिकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ ।सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । उहाँले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गर्नुभयो ।बयानका क्रममा अभियुक्तहरुले गएकाे माघ १२ मा रक्सी खाएर भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरे...
भानुचाेक स्थित निमार्णाधिन घरमा आगलागी

भानुचाेक स्थित निमार्णाधिन घरमा आगलागी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर - जनकपुरधाम उपमहानगरपालिका–२ मिल्स शिवचोक भानुचोक सडकखण्डस्थित सीताशरण साहको घरमा आगलागी भएको छ ।शनिबार दिउँसो घरको निर्माणाधीन दोस्रो तलामा आगलागी भएको थियो । आगलागीमा परी लत्ता– कपडा,भाँडावर्तनलगायतका सामान जलेर नष्ट भएको छ । निर्माणाधीन कोठामा थोरै सामान रहेको र आगालागी भएको पाँच मिनेटमै बारुणयन्त्र पुगेर आगलागीलाई नियन्त्रणमा लिएकोले थोरै क्षति भएको जनाइएको छ ।जनकपुरधाम उपमहानगरपालिकाको वारुणयन्त्र तथा स्थानीयवासीहरुको सहयोगमा आगालागीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
चन्द्रपुरमा घरायसी विवाद कारण  छाेराले गरे बुवाकाे हत्या

चन्द्रपुरमा घरायसी विवाद कारण छाेराले गरे बुवाकाे हत्या

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट- घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन्।राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ।बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए। बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ।घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए। मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ।...