Monday, June 1
Shadow

महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

बारा – प्रत्येक वर्ष झै महाशिवरात्रि तथा नेपाल सेनाकाे २६० औं वार्षिक उत्सवकाे अवशरमा यस वर्ष पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ।

शनिबार बारा जिल्लामा तैनाथ श्री नं.२८ वाहीनी अड्डा‌ तथा‌ श्री ज्वालादल गणकाे संयुक्त आयोजनामा निजगढ नगरपालिका -४ स्थित श्री पर्वतनाथ महादेव मन्दिर परिसरमा स्थानीय सांस्कृतिक झल्काउने विभिन्न कार्यक्रम तथा नेपाली सेनाकाे गतिविधि झल्काउने भिडियो प्रदर्शन आयाेजना भएको हाे ‌ । यतिमात्र नभएर जिम्मेवारी क्षेत्रमा गरिएका सुरक्षा सम्बन्धी तस्बिरहरु साथै स्थानीय स्राेत र साधन प्रयोग गरि मेडिकल संचालन समेत गरिएको हाे ।



एनसिसी अलमुनियम संग समन्वय गरी सांस्कृतिक कार्यक्रम तथा त्यहाँका स्थानीय बसोबास गरेका भू.पु सैनिक तथा आस्रित परिवारहरुबाट विभिन्न राेचक कार्यक्रम गर्नुकाे साथ-साथै प्रसिद्ध गढीमाई मन्दिरलाई सरसफाई गरी कलम यात्रा समेतकाे आयाेजना गरि महाशिवरात्रि तथा नेपाल सेनाकाे स्थापना दिवस भव्यताका मनाइएको छ।


हाल श्री नं २८ वाहिनी अड्डाकाे वाहिनीपति सहायक रथी श्री सानुकाजी थापा हुनुहुन्छ भने ज्वालादल गणमा नि.गणपति सेनानी श्री राजिव ढुंगाना कार्यरत हुनुहुन्छ ।

अमरेश कुमार पाण्डे बारा संवाददाता।

Leave a Reply

Your email address will not be published. Required fields are marked *