Tuesday, October 27
Shadow

banner-news-1

For top banner

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - १८ वटा पालिका भएकाे राैतहट जिल्ला वारुणयन्त्र बिहिन बनेकाे छ । राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए। दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे । १८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ ‌। केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन । जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे ‌।...
डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले सर्लाही अनुगमन गर्नु भएको छ ‌। बिहिबार डिआइजी भट्टराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सिमाना र मातहत ईकाईका प्रमुखहरुको उपस्थितिमा जिल्लाकाे परिस्थितिबारे जानकारी लिनुभयाे । अहिले बदलिदो परिवेश अनुसार नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने, सिमा क्षेत्रमा हुने चोरी, तस्करी विरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने विषय लगायत सामसामयिक विषयहरुमा उच्च मनोवलका साथ त्रृटी रहित ढंगबाट कार्य सम्पादन गर्ने भनी निर्देशन सम्बोधन गर्नुभयो ‌ । मधेश प्रदेशमा धनुषा,सिरहा, सप्तरी,महाेत्तरी,बारा, पर्सा, सर्लाही र धनुषा गरी ८ वटा जिल्लाहरू छन् ‌ । प्रदेशका ८ वटा जिल्लाहरु डिआइजी जनक भट्टराईकाे भुमिका अहम रहेने अपेक्षा गरिएको छ।...
ललितपुरबाट नक्कली नाेट छाप्ने प्रिन्टरसहित २ जना पक्राउ

ललितपुरबाट नक्कली नाेट छाप्ने प्रिन्टरसहित २ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
ललितपुर । सामान्य प्रिन्टरबाटनै नक्कली नेपाली नोट प्रिन्ट गरेर बजारमा भित्र्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका– १३ झरुवारासी बस्ने वर्ष ३६ को जिवन भन्ने सुरेश तामाङले पाँच किलो ग्राम मैदा र दुई लिटर खाने तेल किनेर सो बापत जाली नेपाली रूपैया एक हजारको नोट दिएको भनि तत्काल जिल्ला ललितपुर गोदावरी नगरपालिका – १३ झरुवारासी स्थितमा किराना पसल गर्ने दिनेश तिमल्सिनाले फोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । जसपछि तिमल्सिनाको किराना पसल अगाडीबाट जिवनलाई खोटा नोटसहित नियन्त्रणमा लिएको थियो । उनको साथबाट प्रहरीले नेपाली रूपैया एक हजारको नोट १ थान, पाचँ सयको नोट १ थान र एक सयको नोट १ थान बरामद गरिएको हो । जिवनलाई नियन्त्रणमा लिई मुद्रा सम्वन्धी कसुरमा सम्मानित ललितपुर जिल्ला अदालतबाट पहिला पटक दिन ५ ...
नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा कुवेर कडायत

नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा कुवेर कडायत

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ - नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताकाे जिम्मेवारी तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहिबार जनाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कडायतलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolic मा सम्पर्क गर्न सकिने छ ।...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको सा...
गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते

गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आगलागी नियन्त्रण गर्न गएका बारुण यन्त्र (फायर विग्रेड) मंगलवार मध्य राति दुघटनाग्रस्त भएको छ । उक्त दुर्घटना चालक सहित पाँच जना गम्भीर घाइते भएका छन् ।गएराति करिब साढे १२ बजे गौर नगरपालिका वडा नम्वर ४ गढवामा आगो लागेको सुचना पाएपछि आगाे नियन्त्रण गर्न तुरुन्त निस्केको बारुण यन्त्र दुर्घटनाग्रस्त भएको हाे । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएका हुन् । सपगढा र गढवाको बिचमा रहेको एक पोल्ट्रि फारममा आगो लागेको खबर पाउना साथ गौर नगरपालिकाको कार्यालयमा रहेका बारुण यन्त्र सहित अग्निनियन्त्रण टोली त्यस तर्फ जाने क्रममा ब्रेक फेल भएर उक्त दुखद दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको बारुण यन्त्रले कोल्टे फेर्र्दै चक्का सहितको भाग माथि भएको हुँदा त्यस भित्र रहेका रेक्स्यु टोलीका सदस्यह...
चितवन – २ मा मतदान सुरु

चितवन – २ मा मतदान सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ ।यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीत...
झापामा जंगली हात्तीकाे आक्रमणबाट एक वृद्धको मृत्यु

झापामा जंगली हात्तीकाे आक्रमणबाट एक वृद्धको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
झापा - जंगली हात्तीको आक्रमणमा परी झापको बुद्धशान्ति गाउँपालिका-५, खारखोलाका एक वृद्धको मृत्यु भएको छ।डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो। बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए।डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप विवरण आउन बाँकी रहेको बताए।जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको संख्यामा रैथाने हात्ती स्थानीय जंगलमा बस्दै आएका छन्। हुलबाट एक्लिएको जंगली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयबासी बताउँछन्।...
बस र मोटरसाइकलबीच ठक्कर, ३ जनाकाे मृत्यु

बस र मोटरसाइकलबीच ठक्कर, ३ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
महाेत्तरी - महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरिले बताए ।दुर्घटनामा परी सख्त घाइते भएकी अन्सु मण्डलको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।...
गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

गाेली प्रकरण: गढीमाईबाट १६ जना हिरासतमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । गाेली चलाएको प्रकरणमा प्रहरीले रौतहटको गढिमाईबाट १६ जनालाई हिरासतमा लिएको छ ।शनिबार बाटो विस्तार गर्ने क्रममा गढीमाई नगरपालिका–८ धोबिनियामा बिवाद हुँदा गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । मृतक सो घटनामा संलग्न भएको आरोपमा १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले सचतक नेपाललाई टेलिफोन सम्पर्क मार्फत‌ जानकारी दिनुभयो ।उनका अनुसार घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत पक्राउ परेका छन् ।उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका छन् । एकजनाको मृत्यु र चारजना घाइते हुनेगरी भएको गोली काण्डपछि धोविनियामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।धोबिन...