Thursday, April 16
Shadow

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

सर्लाही – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले सर्लाही अनुगमन गर्नु भएको छ ‌।


बिहिबार डिआइजी भट्टराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सिमाना र मातहत ईकाईका प्रमुखहरुको उपस्थितिमा जिल्लाकाे परिस्थितिबारे जानकारी लिनुभयाे ।


अहिले बदलिदो परिवेश अनुसार नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने, सिमा क्षेत्रमा हुने चोरी, तस्करी विरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने विषय लगायत सामसामयिक विषयहरुमा उच्च मनोवलका साथ त्रृटी रहित ढंगबाट कार्य सम्पादन गर्ने भनी निर्देशन सम्बोधन गर्नुभयो ‌ ।

मधेश प्रदेशमा धनुषा,सिरहा, सप्तरी,महाेत्तरी,बारा, पर्सा, सर्लाही र धनुषा गरी ८ वटा जिल्लाहरू छन् ‌ । प्रदेशका ८ वटा जिल्लाहरु डिआइजी जनक भट्टराईकाे भुमिका अहम रहेने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *