कोरोना बीमाको भुक्तानी नदिने बीमा कम्पनीलाई अदालतद्धारा कारण देखाउ आदेश जारी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ कात्तिक । कोरोना बीमा भुक्तानी नदिने बीमा कम्पनीहरुलाई उच्च अदालतले १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्जको इजलासले सो आदेश जारी गरेको हो ।
उक्त अदालतका न्यायधीश ध्रुवराज चन्दको एकल इजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वीमा कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो । कोरोना वीमा गरेकाहरुले वीमा भुक्तानी नपाएको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सोमवार कानुन व्यवसायी र अधिकारकर्मीले रिट दायर गर्नु भएको थियो ।
सार्वजनिक सरोकारको बिषय बनाउँदै दायर गरिएको सो रिटमा सुनुवाई गर्दै १५ दिने कारण देखाउ आदेश जारी भएको हो ।
वीमा कम्पनीहरु २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोके पनि अहिलेसम्म उनीहरुले वीमा रकम भुक्तानी गर्न नसकेपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ...









