Monday, July 27
Shadow

डुडुवा गाउँपालिकामा बालअधिकार समिति गठन

नेपालगञ्ज, १५ कात्तिक । बाँकेको डुडुवा गाउँपालिकाको वडा नम्बर १ मा वडास्तरीय बालअधिकार समिति गठन गरिएको छ । बाँके युनेस्को क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो समिति गठन गरिएको हो ।
डुडुवा १ का वडा अध्यक्ष पाटेश्वर कुर्मीको संयोजकत्वमा गठन गरिएको सो बालअधिकार समितिका सदस्यहरुमा शिव प्रसाद सापकोटा, कमल प्रसाद, कविता आचार्य, खिम बहादुर डाँगी, राजेन्द्र कुमार यादव, रीना नाउ, मायाराम रैदास, राधेश्याम सुनार, समाटा खटिक, पट्टे तेली र बाँके युनेस्को क्लबका गुलाम गौस रहनु भएको छ ।


समितिको क्षमता विकास गर्ने, मासिक बैठक आयोजना गर्ने तथा वडालाई बालविवाह मुक्त घोषणा गर्ने निर्णय पनि सोही अवसरमा गरिएको सक्रिय परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।


सो अवसरमा बोल्दै वडा नम्बर १ का अध्यक्ष तथा समितिका संयोजक कुर्मीले बाल संरक्षण, बालविकास र बाल कल्याणका लागि सबैले एकजुट भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
उहाँले अब वडालाई बालविवाह मुक्त वडा बनाउने अभियानमा तिव्र रुपले लाग्ने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *