Monday, July 27
Shadow

तिहार र दिपावलीको बेला खाद्यान्न तथा तरकारीको अत्याधिक मुल्यबृद्धि

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । चाडपर्वको मुखमा आएर बाँकेमा खाद्यान्न लगायत तरकारीको भाउ अत्याििधक बृद्धि गरिएको छ । मनपरि भाउ गर्दा समेत कतैबाट अनुगमननगरिएको अधिकांश स्थानीय बासिन्दाको गुनासो छ ।
पछिल्लो समयमा खाद्यान्न तरकारी लगायत सबै बस्तुको मुल्य वृद्धि गरिएपनि नियन्त्रण गर्ने निकायले ध्यान निदएको नेपालगञ्ज ११ का रिजवान सिद्दिकीले बताउनुभयो । उहाँले सो बारेमा जानकारी माग्दा थोक विक्रि गर्नेलेनै मुल्य बृद्धि गरेको जानकारी दिने गरेको बताउनुभयो । ढाड सेक्ने गरि अधिकांश वस्तुमा मनपरि मुल्य वृद्धि गर्दा समेत कुनै पनि निकायले अंकुश लगाउन नखोज्नु आश्चार्यको विषय बनेको छ ।
चामल, दाल, लगायतको खाद्यान्न तथा तरकारीको मूल्य पसल पिच्छे फरकफरक पाइएको स्थानीय आम उपभोक्ताको गुनासो छ ।
नेपालगञ्जमा रहेका तरकारी मण्डी रानी तलाउ, नर्सिङ होम नजिक, धम्बोझी लगायतका ठाउँमा फरकफरक किसिमले बिक्रीवितरण गरिएको पाईएको छ । सोमवार रानी तलाउमा टमाटरको मूल्य १२० रुपैयाँ प्रति केजी, फुल गोभी ११० रुपैयाँ किलो, खुर्सानी प्रति किलो ८० रुपैयाँ, कागती १४० रुपैयाँ प्रति केजी, प्याज ७० रुपैयाँ प्रति केजी मूल्य रहेको छ ।
त्यसैगरी अण्डा प्रति क्यारेड रु ४५०, चामल स्टार २५ केजीको बोरालाई रु १७०० मा विक्रि गरिरहेको पाईएको छ। चाडपर्वमा उपभोग्य वस्तुको मुल्य मनपरी तरिकाले बढाउँदा सर्वसाधारण समस्यामा पर्का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *