Monday, July 27
Shadow

कोरोना बीमाको रकम भुक्तानी नगर्ने बीस बीमा कम्पनी विरुद्ध मुद्दा दायर

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १५ कात्तिक । कोरोना लागेपछि बीमा रकम पाउने आशमा बीमा गराएकाहरुले भुक्तानी दावी गरेको एकवर्षपछि पनि रकम नपाएपछि २० बीमा कम्पनी विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
बीमा गराएपछि कोरोना संक्रमित भएकाहरले बीमाको रकम भुक्तानी नपाएपछि उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको मानव अधिकारकर्मी भोला महतले बताउनुभयो ।
सार्वजनिक सरोकारको बिषय बनाउँदै बाँकेका कानुन व्यवसायी तथा मानव अधिकारकर्मीहरुले सोमवार सो मुद्दा दायर गरेको उहाँले जनाउनुभयो ।
नेपालगञ्जमा रहेका बीमा कम्पनीहरुका २० वटा शाखा विरुद्ध रिट दायर गरिएको नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले बताउनुभयो ।
बीमा कम्पनीहरुले २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोके पनि भुक्तानी नपाएपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको उहाँले बताउनुभयो ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, बसन्त गौतम, बलबहादु चन्द, विश्वजित तिवारी, अधिकारकर्मी भोला महतसमेतले दायर गरेको रिटमा बीमा कम्पनीहरुले सम्झौता गरेअनुसारको कोरोना बीमा भुक्तानी गर्न आलटाल गरेको उल्लेख गरिएको छ ।
सम्झौतामा विमितले रितपूर्वको दावी पेश गरेको सात दिनभित्र बिमितले भुक्तानी पाउने उल्लेख छ । तर बीमा कम्पनीहरुले सवै कागजातसहितको प्रक्रिया पु¥याएको वर्ष दिन पुगेपनि विमितलाई भुक्तानी दिएका छैनन् ।
वीमा कम्पनीहरुले भने सरकारले कोरोना वीमाको रकम उपलब्ध गराउन नसकेका कारण वीमा भुक्तानी गर्न नसकिएको जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *