Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव ९ भदाै, राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ‌।प्रहरी टोलीले रौतहटकाे वौधीमाई नगरपालिका-८ बंकुल बजार स्थित बिआर ०५ वाई ४३३२ नम्बरकाे माेटरसाइकलमा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया-६ वस्ने अंदाजी वर्ष ४१ को सुरेन्द्र प्रसाद जौसवाल र भानु प्रसाद जौसवालको श्रीमती अंदाजी वर्ष ३५ की सुनिता देवीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन्। औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुबाट प्रतिबन्धित लागुऔषध एम्पुल बरामद भएको हाे । उनीहरुबाट डाईजोपाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र बुप्...
अपराध अनुसन्धान एंव न्याय निरुपणमा प्रदेश,संघीय र स्थानीय तहको भूमिका उतिकै महत्त्व रहेको खाणकाे भनाई

अपराध अनुसन्धान एंव न्याय निरुपणमा प्रदेश,संघीय र स्थानीय तहको भूमिका उतिकै महत्त्व रहेको खाणकाे भनाई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क९ भदाै, राैतहट । अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिका हुनेगृह मन्त्री बालकृष्ण खाणले बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्‌घाटन गर्दै गृह मन्त्री खाणले उक्त कुरा बताउनुभएको हो । गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै बद्लिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गर्नुभयो । जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रह...
पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

banner-news-1, Uncategorized, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,८‌ भदाै, राैतहट । काठमाडौं मल र आरबी कम्प्लेक्समा रहेकाे गैरकानुनी संरचना माथी धमाधम डाेजर चलेकाे छ। संरचना हटाइएपछि धेरै जसो व्यपारी पिडित बनेका छन्।काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोष रहेकाे काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् ।बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।घरधनी प्रत संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका ...
भदाै १० देखि समानुपातिकतर्फका लागि दल दर्ता हुने

भदाै १० देखि समानुपातिकतर्फका लागि दल दर्ता हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
८ भदाै, राैतहट ‌। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आह्वान गरेको छ ।आगमी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार १० भदौं देखि १२ भदौसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।...
काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा डाेजर चल्यो

काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा डाेजर चल्यो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
८ भदाै, सुन्धारा ‌। काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ ।काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।जसले भूमिगत पार्किङमा समस्या थपेको छ । तस्बिर - सचतक नेपाल संवाददाता...
कांग्रेसका क्षेत्रीय सभापति सहनी माओवादी केन्द्र प्रवेश

कांग्रेसका क्षेत्रीय सभापति सहनी माओवादी केन्द्र प्रवेश

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल ७ भदाै, सर्लाही। नेपाली कांग्रेसका क्षेत्रीय सभापती अभिनन्दन सहनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।सोमबार बेलुका एक कार्यक्रमका बिच माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादवले सहनिलाई पार्टी प्रवेश गराएका हुन् ।सहनिको पार्टी प्रवेशले सर्लाही क्षेत्र न.-४ मा नेकपा माओवादी केन्द्र अझ बलियो भएको छ भने नेपाली कांग्रेसलाई ठुलो धक्का लागेको छ।...
मन्त्री सिंहलाई सर्लाही -४ को प्रतिनिधि सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

मन्त्री सिंहलाई सर्लाही -४ को प्रतिनिधि सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,५ भदाै, सर्लाही । मधेस प्रदेशका महिला बालबालिका तथा युवा खेलकुद मन्त्री बिरेन्द्र प्रसादलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ।युवाहरुमाझ लोकप्रिय बनेका मन्त्री सिंहलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन चौतर्फी चर्चा परिचर्चा चुलिएको हो ।सोसल मिडिया लगायत स्थलगत रुपमा मन्त्री सिंहलाई प्रतिनिधि सभामा अगाडि बढन प्रचार-प्रसारमा तीव्रता पाएपछी वहाँको स्वकिय सचिव निकेश त्रिपाठी सङ्ग सत्य तथ्य बुझ्दा वहाँले जनाताको निर्णयलाई कदर गर्ने बताए। मन्त्री बिरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस सर्लाही क्षेत्र न.-४(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रतिनिधि हुन। वहाँ नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति समेत हुन ।...
कांग्रेसका प्रभावशाली नेता गिरीको निधन

कांग्रेसका प्रभावशाली नेता गिरीको निधन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,५ भदाै, राैतहट । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको निधन भएको छ । उनकाे अन्त्यष्टी आजै गरिने भएको छ । स्वास्थ्य अवस्था जटिल रहेको गिरीकाे उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका हाे ‌ कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसा्र गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ । त्यसपछि विहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखिनेछ ।...
करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ५ भदाै, राैतहट । गए राति करेन्ट लागेर राैतहटका एक जनाकाे मृत्यु भएको छ। शनिबार राती करिब १ बजे विधुतिय मोटर संचालन गर्ने क्रममा घाइते भएका एक जनाकाे उपचारकाे क्रममा आज बिहान ज्यान गएको हो। मृत्यु हुनेमा मौलापुर नगरपालिका- ८ बस्ने करिब ४० वर्षीय महेश प्रसाद यादव भन्ने टैटुनको रहेको प्रहरीले जनाएको छ। रौतहटको सोनरनियाँमा विधुतिय मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए।करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि विरगंज स्थित नेसनल मेडिकल कलेजमा पुर्याइएको थियो। उपचारकाे क्रममा उनकाे मृत्यु आईतबार विहान करिब २ तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको शव परिक्षणको लागि नरायणी अस्पताल विरगंजमा राखिएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी मौलापुरले जनाएको छ ।...
पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,५ भदाै, राैतहट । प्रहरीकाे पाेशाकमै सई राजकिशोर साह अश्लिल नाच गर्दै गरेकाे भिडियो भाइरल भएपछि उनी कार्वाहीका लागि तानिएका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) साह आइतबार कार्वाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा तानिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढामगरले सचतक नेपाललाई बताएका छन्। एक जना प्रहरीकाे कारण पुरै संगठन बदनाम हुन दिने छैनाैं ‌। "जसले पनि पेशा विपरीत काम गर्छ त्यो प्रहरीकाे विभागिय कार्वाहीमा पर्ने" एसपी बुढामगरले भने । कृष्णाष्टमीकाे अवशरमा आयाेजित भएकाे नृत्य कार्यक्रममा प्रहरीकै‌ पाेशाक लगाएर केटीसंग अश्लिल नृत्य गर्दै भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ‌। नृत्यमा सई साहलाई आफु प्रहरी भएकाे र पाेशाक लगाएकाे समेत अवगत रहेन् । जसपछि राैतहट प्रहरीकाे निकै आलाेचना भयाे ।...