Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

सिरियाकाे बजारमा बिस्फोट हुँदा १५ जनाकाे मृत्यु

सिरियाकाे बजारमा बिस्फोट हुँदा १५ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
एजेन्सी। सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये तीनजना बालबालिका पनि रहेका छन् । घटना अत्यन्त क्रुुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।देशको उत्तरी क्षेत्रमा पर्ने अलबाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकी समर्थन रहेको कुर्दिस लडाकाहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो । शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीहरूले घटनाका ...
खडेरी कारण चिन्तित किसान

खडेरी कारण चिन्तित किसान

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,४ भदौ महाेत्तरी । भदाै महिनाकाे पहिलो साता बित्दै गर्दा माटो गालेर पानी नपरेपछि महोत्तरीका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । मल, बीउको अभावबीचमै रोपिएको धान पानीबेगर राम्रोसँग हुर्कन नसक्दा किसानको मन कुँडिएको छ ।धानको रोपो हरियो हुँदै गाँजिन दिनदिनै पानी पर्नु बेला लगातार साँझ, बिहान चैत वैशाखको जस्तो तातो बतास चल्ने र दिनभरि टण्टलापुर घाम लागेपछि यसपालि खडेरी पर्ने लक्षण देखिएको किसानको भनाइ छ । मुख्यबाली मानिएको धान अपेक्षित रोपाइँ हुन नसकेको र रोपिएको धान पनि रोपोमै पानीबेगर पहेँलिदै गएपछि मन बुझाउने ठाउँ नदेखिएको यहाँका किसान बताउँछन् ।“झमझम पानीमा रुझ्दै खेतमा धान गोड्नुपर्ने बेला हो, तर रोपेका खेतमा धजा फाटेको देख्नुपरेको छ”, जिल्लाको भङ्गाहा–३ कटैयाका किसान रामराजी यादव भन्नुहुन्छ, “साउन अन्त्यदेखि नै बढेको तातो बतास चल्ने क्रम र दिउँसभरिको टण्टलापुर घामले यसपालि अन...
जनकपुरधाम: झडपमा पक्राउ परेका ९ जना रिहा

जनकपुरधाम: झडपमा पक्राउ परेका ९ जना रिहा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर संवाददाता,४ भदाै, जनकपुरधाम । जनकपुरधाममा झडप पछि पक्राउ परेका ९ जनालाई प्रहरीले रिहा गरेको छ ।कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगरप्रहरीबीच झडप भएको थियो ।शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुलाई साँझमा जनकपुरधाम- ७ का पुर्व वडाअध्यक्ष जानकी राम साह,युवा नेता सुशिल कर्ण तथा सरोज मिश्र लगायतका पहलमा जिल्ला प्रहरी कार्यालय धनुषाले छोडेको हो ।जानकी चोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको थियो । नगरप्रहरीले बल प्रयोग गरेको देख्दा स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए । सोही क्रममा भनाभन भई झडप भएको थियो ।झडप भएको खबरपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई नियन्त्रणमा लिएक...
बाँके केन्द्रबिन्दु भएर भुकम्प

बाँके केन्द्रबिन्दु भएर भुकम्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल ,४ भदाै, बाँके । बाँकेको हात्तीसार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान १ बजेर २८ मिनेटमा बाँकेको हात्तीसार आसपास केन्द्रविन्दु भएर ४.८ रेक्टरको भूकम्प गएको हो ।यो गोरखा भूकम्पको परकम्प नभएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।...
भक्तजन जाग्रम गरेर मनाए जनाष्टमी

भक्तजन जाग्रम गरेर मनाए जनाष्टमी

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,४ भदाै, राैतहट । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ।अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ। वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो। देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन्।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्प...
काबुलको मस्जिदमा बम बिस्फोट हुदाँ २० जनाको मृत्यु

काबुलको मस्जिदमा बम बिस्फोट हुदाँ २० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सचतक नेपाल, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् । तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्ष्यित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो । प्रत्यक्षदर्शीका अनुसार शहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले विष्फोट गराएको थियो । विष्फोटमा ३० जना...
राैतहटमा अटाे र बसकाे ठक्कर, ३ जनाकाे ज्यान गयाे

राैतहटमा अटाे र बसकाे ठक्कर, ३ जनाकाे ज्यान गयाे

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२ भदाै, राैतहट। आज बिहान चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएका थिए जसमध्ये ३ जनाकाे मृत्यु अस्पतालमा लगेपछि भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचा...
दार्चुला: जीप दुर्घटनामा ५ जनाकाे मृत्यु

दार्चुला: जीप दुर्घटनामा ५ जनाकाे मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१ भदाै, दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । जीप सडकबाट पाँच सय मिटर तल खस्दा नौ जना घाइते भएका छन् ।गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से. १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जीपमा रहेका चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते चार जनाको उद्धार गरेर उपचारको निम्ति गोकुलेश्वर पठाइएको छ । अन्यको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।...
सुन जस्तै देखिने धातु सहित ४‌ जना पक्राउ

सुन जस्तै देखिने धातु सहित ४‌ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१ भदाै, राैतहट । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन-१३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
रौतहटबाट माधव नेपाल चुनाव लड्ने

रौतहटबाट माधव नेपाल चुनाव लड्ने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल, १ भदौ, रौतहट । आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका लागि काठमाडौं–२ भन्दा रौतहट सुरक्षित मानिएको छ । नेपाल स्वयंको गृह जिल्लाबाटै चुनाव लड्ने चाहना पनि रहेको उनको निजी सचिवालयले जनाएको छ । चुनाव लड्ने तयारीका साथ नेपालले रौतहटमा आउजाउ पनि बढाएका छन् । १६ साउनमा मात्र उनले गौर सभाहल र रामजानकी मण्डप लगायतका योजनाको शिलान्यास गरेका थिए । भदौमा पनि उनी जाने तयारी छ । एकीकृत समाजवादीका रौतहट अध्यक्ष कमल राय यादवले पनि नेता नेपाल रौतहट आउने संकेत गरे । उनले भने, ‘हामीले उहाँलाई रौतहट १...