Sunday, September 13
Shadow

Author: Jeetpur Khabar

संरक्षनबिना जीर्ण बन्दै एतिहासिक टक्सार बजार

संरक्षनबिना जीर्ण बन्दै एतिहासिक टक्सार बजार

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१७ भदाै, भोजपुर – एक समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजारको अस्तित्व अब भने मेटिँदै गएको छ । खासगरी टक्सार बजारमा बसाइँसराइका कारण कलात्मक शैलीमा निर्माण गरिएका घर जीर्ण बनेका छन् भने कतिपय घर भत्किन थालेका छन् ।टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दै आएको स्थानीय जानकार बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका टक (डोली पैसा) राणा शासनमा प्रचलनमा थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यहाँ भित्र्याएका थिए । टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत छ । उक्त बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्ति बनाइएको स्थानीय ...
कुनै क्षेत्र बाट चुनाव लड्न तयार छु : नेता निधि

कुनै क्षेत्र बाट चुनाव लड्न तयार छु : नेता निधि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,१६ भदाै, राैतहट । मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताएका छन्। सम्बाेधन गर्दै नेता निधि उनका अनुसार क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको प्रष्ट पारे । जनकपुरधाममा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा कांग्रेस पूर्वउपसभापति समेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसदमा प्रवेश गर्नसक्ने सम्भावना रहेको बताए ‌। पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रूपमा सांसद भए पनि सहज रूपमा लिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे।...
देशका केही ठुला नदीमा बहाब बढ्ने सम्भावना

देशका केही ठुला नदीमा बहाब बढ्ने सम्भावना

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१६ भदाै, राैतहट । देशका केही ठूला नदीमा आज पनि पानीको बहाव बढ्ने पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चतरास्थित सप्तकोसी, त्रिवेणीस्थित तमोर, सिम्लेस्थित अरुण, रबुवाबजारस्थित दूधकोसी, बुस्तीस्थित तामाकोसीमा बहाव उल्लेख्य बढ्नेछ ।यस्तै, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, मैनाचुलीस्थित कन्काई, रजैयास्थित पूर्वी राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, ताप्लेजुङ, खोटाङ, उदयपुर, सिन्धुली, सर्लाही, महोत्तरी, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, धादिङ, गोरखा, लमजुङ...
१३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१६ भदाै,‌ राेल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतमसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।धनुषा जिल्लाको तत्कालीन भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्वको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणमा भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले गुठी संस्थानकै खातामा भुक्तानी हुनुपर्ने र मोही कायम हुनै नसक्ने व्यक्तिहरू गायत्रीदेवी जयसवाल र...
श्रीमान श्रीमती मृत अवस्थामा फेला

श्रीमान श्रीमती मृत अवस्थामा फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१६ भदाै,‌ राेल्पा । रोल्पामा दम्पती(श्रीमान-श्रीमती) मृत फेला परेका छन् ।बिहीबार जिल्लाको माडी गाँउपालिका वडा नं ३ तालाबाङमा काटिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।प्रहरीका अनुसार मृतक परिवर्तन गाउँपालिका वडा नं २, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्वती हुन् ।घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।...
मंसिर ४ काे निर्वाचनका लागि ७१ हजार ६ सय ९३ वटा प्रहरी परिचालन हुने

मंसिर ४ काे निर्वाचनका लागि ७१ हजार ६ सय ९३ वटा प्रहरी परिचालन हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१५ भदाै, राैतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा करिब १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८१ दिन बाँकी छ ।प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने जानकारी दिए ।निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जान...
सिट बाँडफाँड बारे चर्चा गर्न कांग्रेसकाे बैठक बस्दै

सिट बाँडफाँड बारे चर्चा गर्न कांग्रेसकाे बैठक बस्दै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,१५ भदाै, राैतहट । मंसिर ४ को निर्वाचनका लागि सिट संख्यालाई लिएर आज नेपाली कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दैछ। आज बेलुका गठबन्धनको बैठक तोकिएसँगै त्योभन्दा पहिले नै कांग्रेस नेताहरूको बैठक बस्न लागेको हो।अहिले बिहान ९ बजे बालुवाटारमा बैठक बस्‍न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। आज सिट बाँडफाँट मिलाउने गठबन्धनको तयारी छ। सिट बाँडफाँटका लागि कार्यदल समितिको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समिति बनेको छ। तर दलहरूले आ-आफ्नो दावी नछाडेपछि बाँडफाँटमा समस्या भएको छ।हालसम्म कांग्रेस १०० सिट, माओवादी केन्द्र ६०, एकीकृत-समाजवादी पार्टी ३० सिट पाउनु पर्ने दावी गर्दै आएका छन्।...
गाैरमा चामलकाे कालाबजारी गर्ने १ जना पक्राउ

गाैरमा चामलकाे कालाबजारी गर्ने १ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । ईण्डियन बाण्डेड बाेरामा लाेकल कमसल चामल प्याकिङ्ग गरेर बेचबिखन गर्ने १ जना कालाेबजारीलाई राैतहट प्रहरीले पक्राऊ गरेकाे छ। राैतहटकाे सदरमुकाम गाैरमा रामजानकी धर्मशाला स्थित चालम पसलले धेरै दिनदेखि कालाबजारी गर्दै आएकाे स्थानीय र ग्राहकहरुकाे भनाई छ ‌। प्रहरीले खबर प्राप्त हुनासाथ भारत बिहार राज्य सितामढी जिल्ला बैरगीनिया घर भएका राजेन्द्रप्रसाद गुप्ताकाे चामल पसलमा छापामारी गरेकाे थियाे । फाइल फोटो छापामारीकाे क्रममा प्रहरीले निज गुप्ताकाे पसलबाट लाेकल खुला चामल ५० बाेरा, २९२ बाेरा प्याकिङ्ग चामल,१२० वटा खुल्ला बाेरा र बाेरा सिलाउने मेसिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल (डिएसपी)ले सचतक नेपाललाई जानकारी दिए । फाइल फोटो बरामद भएका खाद्यान्न समाग्रीलाई सिलबन्दी गरी सामाग्री सहित निज रा...
राेकिएकाे बसमा आगाे लाग्यो

राेकिएकाे बसमा आगाे लाग्यो

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१४ भदाै, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु.१ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका  डिएसपी भोजराज पाण्डेयले जनाएको छ । प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले बताए ।...
राैतहटमा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते

राैतहटमा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै,राैतहट ‌। जिल्लाकाे गरुडा नगरपालिका -३ मलाही टाेलमा तीजकै दिन चट्याङ लागेर एकै‌ परिवारका ३ जनाकाे मृत्यु भएको छ भने १ जना घाइते समेत भएका छन्।‌मृत्यु हुनेमा ४९ वर्ष कि सुदमिया देवि,‌१८ वर्ष कि मनिशा कुमारी र १७ वर्ष कि जगिया कुमारी रहेकाे इलाका प्रहरी कार्यालय गरुडाले सचतक नेपाललाई जानकारी दिएका छन् । मंगलबार बिहानै सुरु भएको अबिरल वर्षाका क्रममा करिब ८ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ‌। चट्याङबाट घाइते भएकालाई गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक मध्ये सुदमिया देवी र जगिया कुमारी एउटै परिवारकी थिइन् ।‌ एउटै‌ गाउँकाे तीन जनाकाे मृत्यु पछि गाउँनै‌शाेकाकुल भएको छ।...