Friday, April 17
Shadow

गाैरमा चामलकाे कालाबजारी गर्ने १ जना पक्राउ

सचतक नेपाल डेस्क,
१४ भदाै, राैतहट । ईण्डियन बाण्डेड बाेरामा लाेकल कमसल चामल प्याकिङ्ग गरेर बेचबिखन गर्ने १ जना कालाेबजारीलाई राैतहट प्रहरीले पक्राऊ गरेकाे छ।

राैतहटकाे सदरमुकाम गाैरमा रामजानकी धर्मशाला स्थित चालम पसलले धेरै दिनदेखि कालाबजारी गर्दै आएकाे स्थानीय र ग्राहकहरुकाे भनाई छ ‌। प्रहरीले खबर प्राप्त हुनासाथ भारत बिहार राज्य सितामढी जिल्ला बैरगीनिया घर भएका राजेन्द्रप्रसाद गुप्ताकाे चामल पसलमा छापामारी गरेकाे थियाे ।

फाइल फोटो

छापामारीकाे क्रममा प्रहरीले निज गुप्ताकाे पसलबाट लाेकल खुला चामल ५० बाेरा, २९२ बाेरा प्याकिङ्ग चामल,१२० वटा खुल्ला बाेरा र बाेरा सिलाउने मेसिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्ल (डिएसपी)ले सचतक नेपाललाई जानकारी दिए ।

फाइल फोटो



बरामद भएका खाद्यान्न समाग्रीलाई सिलबन्दी गरी सामाग्री सहित निज राजेन्द्रप्रसाद गुप्तालाई नियन्त्रणमा लिइ आवश्यक कार्वाही थालेको डिएसपी मल्लले बताउनुभयो।

भारतमा चामल सस्तो मुल्यमा पाएकाे कारण अवैधरुपमा भन्सार छली गरि सिमावर्ती जिल्लाहरुबाट तस्करी हुने गरेको छ।

यसअघि रौतहट प्रहरीले सोमबार विशेष सूचनाको आधारमा गौर नगरपालिका–२ बकैया खोलाको किनारमा भारत तर्फ लैजादै गरेको १७ वटा प्लाष्टिकको पोकोमा २०४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *