Friday, April 17
Shadow

सिट बाँडफाँड बारे चर्चा गर्न कांग्रेसकाे बैठक बस्दै

सचतक नेपाल डेस्क,
१५ भदाै, राैतहट । मंसिर ४ को निर्वाचनका लागि सिट संख्यालाई लिएर आज नेपाली कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दैछ।

आज बेलुका गठबन्धनको बैठक तोकिएसँगै त्योभन्दा पहिले नै कांग्रेस नेताहरूको बैठक बस्न लागेको हो।अहिले बिहान ९ बजे बालुवाटारमा बैठक बस्‍न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

आज सिट बाँडफाँट मिलाउने गठबन्धनको तयारी छ। सिट बाँडफाँटका लागि कार्यदल समितिको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समिति बनेको छ। तर दलहरूले आ-आफ्नो दावी नछाडेपछि बाँडफाँटमा समस्या भएको छ।

हालसम्म कांग्रेस १०० सिट, माओवादी केन्द्र ६०, एकीकृत-समाजवादी पार्टी ३० सिट पाउनु पर्ने दावी गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *