मंसिर ४ काे निर्वाचनका लागि साढे १९ अर्बकाे बजेट छुट्याइयो
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले करिब साढे १९ अर्ब रुपैयाँ छुट्याएको छ । यो गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनका लागि छुट्याएको बजेटको दोब्बरभन्दा बढी हो । स्थानीय तह निर्वाचनमा अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएकामा ५ अर्ब ४ करोड मात्र खर्च भएको थियो भने प्रहरीले १ अर्ब ३२ करोड, सशस्त्रले ४४ करोड ५५ लाख र सेनाले ४० करोड रुपैयाँ खर्च गरेका थिए । अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १० अर्ब तथा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीका लागि ८ अर्ब ८२ करोड २१ लाख छुट्याइएको छ । आयोगले सरकारसँग ११ अर्ब रुपैयाँ मागेकामा १ अर्ब घटाएर खर्चको सहमति दिइएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रस्ताव गर्दै करिब ७ अर्ब रुपैयाँ बजेट माग गरेकामा मागेको भन्दा ५ ह...









