पुर्व प्रधानमन्त्री नेपालसँग कडा प्रतिस्पर्धामा पुर्व मेयर अजय गुप्ता
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा व्यस्त छन्। समाचार तयार पारिएकाे दिन देखि निर्वाचनमा जम्मा ९ दिन बाँकी रहेको छ ।
राैतहट इतिहास पानामा नाम बटुल्न सफल भएको जिल्ला हाे । राैतहटकाे क्षेत्र नं १ मा यसपालि कडा प्रतिस्पर्धा हुने भएको छ। एकातिर नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलिय गठबन्धनबाट मनाेनयन दर्ता गराएका हुन् भने अर्कातिर गाैर नगरपालिकाका पुर्व नगरप्रमुख अजय कुमार गुप्ताले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । क्षेत्र १ मात्र नभएर जिल्लाकै चुनावी माहाेल तातिएकाे देखिन्छ।प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका दुवै उम्मेदवार माधवकुमार नेपाल र अजय गुप्ता बिच कडा प्रतिस्पर्धा हुदैछ । माधव नेपाललाई पाँच दलिय गठबन्धनकाे सहयाेग छ । यता अजय गुप्तासँग देखिएकाे भिडले...









