Saturday, September 12
Shadow

Author: Jeetpur Khabar

पुलबाट खसेर एक जनाकाे मृत्यु

पुलबाट खसेर एक जनाकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
झापा- झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।
निर्वाचनकाे लागि टेलिकमकाे अफर

निर्वाचनकाे लागि टेलिकमकाे अफर

ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौं - नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्न निर्वाचन अफर सार्वजनिक गरेको छ ।एनटिसिका अनुसार डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँमा उपलब्ध छ ।एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपीएस डाटा तथा अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यो अफर आज (आइतबार) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने बताइएको छ ।आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट ८१४१५८११३ डायल गरी वा नेपाल टेलिकम एपु प्रयोग गरी यी सुविधा खरिद गर्न सकिने नेपाल टेलिकमले बताएको छ ।...
दाङमा १ सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

दाङमा १ सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
दाङ- जिल्लामा एक सय ४१ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्लाका दुई कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा एक सय ४१ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने घोराही कारागार कार्यालयका प्रमुख वासुदेव खनालले जानकारी दिए ।तुलसीपुर कारागारबाट ९१ र घोराही कारागारबाट ५० जना मतदानमा सहभागी हुन पाउने भएका छन् । घोराही कारागारमा तीन सय ४९ कैदीबन्दी रहेको भए पनि मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने उनले जानकारी दिए ।कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको र त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उनको भनाइ छ । जिल्लामा दुई ठाउँमा अस्थायी मतदानस्थल राखिने भएका छन् । त्यसमा घोराही कारागार कार्यालय र तुलसीपुर ...
चुनाबको मुखमा राैतहटमा जाली नोटको चलखेल, २ राउण्ड हवाई फायर 

चुनाबको मुखमा राैतहटमा जाली नोटको चलखेल, २ राउण्ड हवाई फायर 

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव रौतहट । जिल्लाको मौलापुर नगरपालिकाकाे एक ठाउँमा जाली नोटको कारोबार गर्दै आएका केही व्यक्तिहरु कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीले आत्मा रक्षाको लागि २ राउन्ड हवाई फायर समेत गरेको हाे । प्रहरीलाई बिहीबार करिब ६ बजेको समयमा मौलापुरको एक ठाउँमा जाली नोटको कारोबार भइरहेको खबर प्राप्त भयो । जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी माैलापुर नगरपालिका स्थित सोनरनिया मा पुग्यो । प्रहरी त्यहाँ पुग्दाँ रु १००० को दरले ८७ थान हजारको जाली नोट बरामद गर्यो । साथै घटनास्थलमै भएका ६ जनालाई प्रहरीले भन्दामा पार्यो । प्रहरी टोलीले बारा जिल्लाको आदर्श कोतवाल गा.पा ६ बस्ने २५ बर्षीय को सोनु भन्ने आनन्द कुश्वाहा, ४५ वर्षीय की प्रतिमा देवी कुश्वाहा , बर्ष २२ की अमृता कुमारी , १९ को बृज किशोर मुखिया , रौतहट मौलापुर न.पा ७ बस्ने अं. बर्ष २३ को रा...
राैतहटमा ८७ हजार नक्कली रुपैयाँ सहित ६ जना प्रहरी नियन्त्रणमा

राैतहटमा ८७ हजार नक्कली रुपैयाँ सहित ६ जना प्रहरी नियन्त्रणमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रहरीले रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुको साथबाट ८७ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले सचतक नेपालसँग कुराकानी गर्दै जानकारी दिए । बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले अझै सार्वजनिक गरेको छैन । विस्तृत विवरण आउन बाँकी छ।...
सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउछु : पुर्व प्रधानमन्त्री माधव नेपाल

सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउछु : पुर्व प्रधानमन्त्री माधव नेपाल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताउनु भएको छ । उँहाले आफ्नो सरकार बनेपछि वृद्धभत्ता ५ हजार सँगै सुकुम्वासीको समस्या पनि समाधान गर्ने बताउनु भयो ।त्यस्तै उहाँले हाल सम्म सुकुम्वासीको समस्या पनि समाधान र ६० हजार परिवारलाई जग्गा बाँडेको समेत बताए । बिहीवार विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको काम आफूले गरेको दाबी गरे।उनले भने, "यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ। बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ। १०० बाट शुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउनेछौँ।"...
३८ जना भन्दाबढी भारतिय नागरिक र बालबालिका उद्धार

३८ जना भन्दाबढी भारतिय नागरिक र बालबालिका उद्धार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे एक नगरपालिकामा अलपत्र अवस्थामा रहेका भारतीय नागरिकहरुलाई राैतहट प्रहरीले उद्धार गरेको छ । राैतहटकाे परोहा नगरपालिका- ४ स्थितमा रहेको अमन ईट्टा उधयोगमा केही भारतीय नागरिकहरु अलपत्र अवस्थामा रहेका थिए। भारत उत्तर प्रदेश जिल्ला समत अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकाहरु अलपत्र अवस्थाबाट राैतहट प्रहरीले बुधबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। अलपत्र अवस्थामा रहेको सूचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले निज भारतीय नागरिकहरुलाई उदार गरेकाे थियाे । उद्धार गरिएका नागरिकहरुलाई भारत बिहार जिल्ला सितामढी बैरगनिया स्थितमा रहेको एसएसबिको जिम्मा लगाइएकाे प्रहरीले जनाएको छ।...
आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ राष्ट्रपति भण्डारीलाई

आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ राष्ट्रपति भण्डारीलाई

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ।उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन्।अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए।राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी छन्।अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैङ्गीक सशक्तिकरणमा नेपाल को प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन्।...
बाजुरामा भुकम्पकाे झटका

बाजुरामा भुकम्पकाे झटका

ताजा-अपडेट, मुख्य समाचार
बाजुरा - सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।...
आगाे ताप्ने क्रममा जलेर एक बालककाे मृत्यु

आगाे ताप्ने क्रममा जलेर एक बालककाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
तनहुँ- तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ ।  भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो ।  भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ । २१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । ...