
राैतहट – निर्वाचनमा संचार माध्यमको भूमिका विषयक आधा दिवसिय मिडिया अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचन नजिकिँदै निर्वाचन कार्यालय राैतहटले
निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउनसञ्चारमाध्यमकाे अहम भुमिका रहेको निर्वाचन कार्यालय राैतहटका अधिकारी छाेटेलाल दासले बताउनुभयाे ।
प्रमुख अतिथि तथा प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गराउदै निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनमा संचारकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहने गरेको बताए ।

कसैको पक्षविपक्षमा नलागि स्वतन्त्र रुपमा निर्वाचनलाई स्वच्छ ढंगबाट सम्पन्न गराउनमा संचारमाध्यमको भूमिका अहम हुने भएको हुदा सूचनाहरु यथार्थमा रहेर सहि सूचना प्रवाह गर्न सुझाव दिदै कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।

अभिमुखी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शाहीले कसैको पक्ष विपक्षमा नलागेर पेशागत हिसाबले काम गरेर जनतालाई जागृत बनाउनु पर्ने सुझाब दिए । संचारकर्मीले पालना गर्नुपर्ने निर्वाचन एन कानुनको उलंघन नगर्न, पत्रकारिता गर्दा परिपक्वता देखाउनु पर्ने, समाज प्रतिको दायित्व पूरा गर्नु पर्ने, केही साथिहरु समाजिक संजालमा समाजमा खलल पुर्याउने काम भईरहदा तिनिहरु सचेत हुनु पर्ने, कानुनी राज्यको पालना गर्न र गराउन तपाईहरुको भुमिका अति नै सराहनीय रहने भएको हुदा सजग भएर निर्वाचनलाई सफल बनाउनु पर्ने आग्रह गरे ।
जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा सहिता संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालय रौतहटद्वारा निर्वाचन आचारसंहिता लाई पालना गर्न गराउन स्लाईड प्रस्तुत गरियो ।

जिल्ला निर्वाचन कार्यालय रौतहटद्वारा आइतवार आयोजित आधा दिवसिय कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, सुरक्षा निकायका प्रमुखहरुको सहभागीतामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
साभार – तराईटप
