Monday, July 27
Shadow

बाराकी सृष्टी यादवको कुशको शव बनाएर दाहसंस्कार 

०४ श्रावण ।बारा । बाराको कलैया उपमहानगरपालिका १४ कि सृष्टि यादवको आज दाहसंस्कार गरिएको छ ।त्रीशुली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर शुक्रवार दाहसंस्कार गरेका छन् । घटनाको आठौं दिनसम्म स्थिती अज्ञात बनेपछि  सृष्टीको अभिभावकले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

 

सृष्टी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिईन् । उनि परीक्षा दिनका लागि काठमाडौंतर्फ जाँदै थिईन् ।उनी सवार रहेको एन्जल डिलक्स बस सिमलतालमा आएको लेदो सहितको पहिरोले नदिमा बगाए पछि उनी समपर्कबिहिन बनेकी थिईन।

 

असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा  गणपति डिलक्स र एन्जल डिलक्स बस नदिमाखसेको थियो । उक्त घटनामा ६५ यात्रुमध्ये ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म २० जनाको शव फेला परिसकेको छ ४२ जनाको अवस्था अज्ञात छ । घटना परेर सम्पर्क बिहिन रहेकाहरुको परिवारले कुशवको शव बनाएर दाहसंस्कार गरिरहेको छ।यता प्रहरीले अहिले सम्म पनि बसलाई नदिमा खोजी कार्य जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *