यी ४८ दलले प्रतिनिधिसभातर्फ बुझाए बन्दसूची
काठमाडौं - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामानुपातिकतर्फ ४८ दलले उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् ।बन्दसूची बुझाउने दलको पहिलो नम्बरमा नेपाल समावेशी पार्टी, दोस्रो नम्बरमा तराई मधेश लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउने दलको अन्तिम अर्थात् ४८औँ नम्बरमा नेपाली कांग्रेस छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २ र ३ गतेभित्र सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउन समय निर्धारण गरेको थियो । अधिकांश दलले सोमबार बन्दसूची बुझाएका थिए । बन्दसूची बुझाउने कार्य आज बिहान मात्र सकिएको थियो ।आयोगका अनुसार ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए । तर, ४८ दलले मात्र विवरण बुझाएका छन् ।बन्दसूची बुझा...









