Monday, July 27
Shadow

Tag: Sachtak

आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

आगजनी गरेको आरोपमा जडिबुटीबाट एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
गुल्मी - जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए ।उनले १० वैशाखमा जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ । लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो ।उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो । वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ...
शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

शाखा अधिकृत र सहयोगी घुसकाे ४७ हजार रकमसहित अख्तियारकाे फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । उद्योग बिभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अपराह्न ४ बजे नियन्त्रणमा लिएको छ ।अधिकृत घिमिरे र थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ र घिमिरेलाई ३७ हजार ५ सय ३५ रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
किन अहिले सुडानमा चर्कियो लड़ाई ?

किन अहिले सुडानमा चर्कियो लड़ाई ?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सुडानको राजधानी खार्टूम र अन्य स्थानमा दुई सैन्य समूहबीच सङ्घर्ष हुँदा सयौँ मानिसको मृत्यु भएको छ।संयुक्त राष्ट्रसङ्घले त्यहाँ अस्थिर बनिरहेको युद्धविरामलाई कायम राख्न, त्यहाँ लडिरहेका दुवै पक्षका जेनरलहरूसँग सम्पर्कमा रहेको जनाएको छ। राष्ट्रसङ्घीय अधिकारीहरूले त्यहाँ विधिको शासन अझ कमजोर हुनेमा आफूहरू चिन्तित रहेको बताएका छन्।हजारौँ सुडानीहरू भागेर चाड, इजिप्ट, र दक्षिणी सुडानसहितका छिमेकी देशहरूतर्फ गएका छन्।त्यहाँ भएका विदेशी नागरिकहरूलाई सम्बन्धित देशले स्वदेश फिर्ता गर्ने वा सुरक्षित स्थानमा लैजाने प्रयास गर्न थालेका छन्। केही नेपालीहरू पनि अलपत्र परेको विवरण प्राप्त भएको छ।बीबीसी अरेबिककी स्याली नबिलले सुडानको सैन्य नेतृत्वमा देखा परेको प्रतिद्वन्द्विताका कारण उत्पन्न सत्तासङ्घर्षलाई यो सामग्रीमा व्याख्या गरेकी छन्। बीबीसी...
सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - सशस्त्र प्रहरी बलको प्रवक्तामा बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापा नियुक्त भएका छन् । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्कालाई गृह मन्त्रालयले नम्बर-५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ ।...
आज राष्ट्रपति विरुद्धकाे रिटमा सुनुवाई हुने

आज राष्ट्रपति विरुद्धकाे रिटमा सुनुवाई हुने

ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको होरिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेत राष्ट्रपति भण्डारीविरुद्ध बुधबार नै रिट दर्ता गर्न गएक...
दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
खलङ्गा । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए ।मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।...
अस्थायी मतदाता नामावली आजदेखि अद्यावधिक गरिँदै

अस्थायी मतदाता नामावली आजदेखि अद्यावधिक गरिँदै

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि सुरु हुने भएको छ।अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगका नाममा विभिन्न समयमा आदेश दिएको थियो।ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनु...
बिद्यार्थीहरुद्वारा सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

बिद्यार्थीहरुद्वारा सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

ताजा-अपडेट, मुख्य समाचार
बारा- शैक्षिक भ्रमणका लागि रकम उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित सात सुरक्षाकर्मी घाइते भएका छन् भने केही विद्यार्थी समेत घाइते भएका छन् ।कार्यालयको गाडी, टिभी, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगरप्रमुख किशोरी साह कलवारले जानकारी दिए । तस्बिर स्रोत: कृष कुर्मी भ्रमण खर्च माग्न विद्यार्थीहरु आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराईदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको नगरप्रमुख कलवारले बताए ।नगर प्रमुख कलवारले विद्यार्थीलाई का...
बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

बीरगंज : झुण्डिएको अवस्थामा एक युवती फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
पर्सा - पर्साको वीरगञ्जमा एक युवतीले पासो लगाई आत्महत्या गरेकी छन् ।जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा भाडामा कोठा लिई बस्दैँ आएकी एक युवती झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । फाइल फोटो आज बिहान उनी आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हाल घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।...
विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु

विभिन्न सवारी दुर्घटनामा ६ जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित सडकमा प्र.३–०२–०१२ प ८१२२ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २१ वर्षीय दिल्लिराम खाती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार मंगलबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी इटहरी उपमहानगरपालिका-१० बस्ने ३० वर्षीया गीता चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन...