Tuesday, July 28
Shadow

Tag: election 2079

आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन साथै चुनाव चिन्ह पाउने

आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन साथै चुनाव चिन्ह पाउने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो।राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।...
मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका छन्।उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्म...
कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - निर्वाचन आयोगले विनाअनुमति कर्मचारीहरुको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुनेतर्फसमेत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमामार्फत धानाकर्षण गराइएको छ ।...
अस्थायी मतदाता नामावली आजदेखि अद्यावधिक गरिँदै

अस्थायी मतदाता नामावली आजदेखि अद्यावधिक गरिँदै

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखि सुरु हुने भएको छ।अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ । यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । यस्ता मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगका नाममा विभिन्न समयमा आदेश दिएको थियो।ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनु...
यी ४८ दलले प्रतिनिधिसभातर्फ बुझाए बन्दसूची

यी ४८ दलले प्रतिनिधिसभातर्फ बुझाए बन्दसूची

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामानुपातिकतर्फ ४८ दलले उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् ।बन्दसूची बुझाउने दलको पहिलो नम्बरमा नेपाल समावेशी पार्टी, दोस्रो नम्बरमा तराई मधेश लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउने दलको अन्तिम अर्थात् ४८औँ नम्बरमा नेपाली कांग्रेस छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २ र ३ गतेभित्र सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउन समय निर्धारण गरेको थियो । अधिकांश दलले सोमबार बन्दसूची बुझाएका थिए । बन्दसूची बुझाउने कार्य आज बिहान मात्र सकिएको थियो ।आयोगका अनुसार ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए । तर, ४८ दलले मात्र विवरण बुझाएका छन् ।बन्दसूची बुझा...
मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले आज शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ ।यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा आठ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।...
मंसिर ४ काे निर्वाचनका लागि साढे १९ अर्बकाे बजेट छुट्याइयो

मंसिर ४ काे निर्वाचनका लागि साढे १९ अर्बकाे बजेट छुट्याइयो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१४ भदाै, राैतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले करिब साढे १९ अर्ब रुपैयाँ छुट्याएको छ । यो गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनका लागि छुट्याएको बजेटको दोब्बरभन्दा बढी हो । स्थानीय तह निर्वाचनमा अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएकामा ५ अर्ब ४ करोड मात्र खर्च भएको थियो भने प्रहरीले १ अर्ब ३२ करोड, सशस्त्रले ४४ करोड ५५ लाख र सेनाले ४० करोड रुपैयाँ खर्च गरेका थिए । अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १० अर्ब तथा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीका लागि ८ अर्ब ८२ करोड २१ लाख छुट्याइएको छ । आयोगले सरकारसँग ११ अर्ब रुपैयाँ मागेकामा १ अर्ब घटाएर खर्चको सहमति दिइएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रस्ताव गर्दै करिब ७ अर्ब रुपैयाँ बजेट माग गरेकामा मागेको भन्दा ५ ह...
मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु

मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१३ भदाै, राैतहट । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आयोगमा सङ्कलित मतदाता विवरणलाई यही भदौ १२ गते वडास्तरमा प्रकाशन गराइएको छ । त्यसपछि तोकिएको प्रमुख नाम दर्ता अधिकारीले दाबी विरोधका कार्यक्रम सञ्चालन गर्नेछन् ।सो अवधिमा मतदाता नामावलीमा त्रुटि भए सच्याउने, झुटा विवरण दिइ नाम लेखाइएको भए प्रक्रियागतरुपमा निवेदन दिइ हटाउन लगाउने, एकै व्यक्तिको एक वा सोभन्दा बढी स्थानबाट नामावली सङ्कलन भएको भए हटाइनेछ । झुटा विवरणबारे प्राप्त उजुरीमाथि सम्बन्धित मतदातालाई सफाइको मौका पनि दिइनेछ । नामावलीमा अद्यावधिक कार्य सम्पन्न गरी यही भदौ २४ गते आयोगमा विवरण पठाउन भनिएको छ ।आयोगले ‘मतदाता नामावली अद्यावधिक( दाबी विरोधसमेत) कार्यक्रम २०७९’ गत साउन २२ गते आयोगबाट स्वीकृत गरी प्रमुख नाम दर्त...