Monday, October 26
Shadow

Tag: election 2079

राैतहटकाे क्षेत्र नं २ मा डा.फिरदाेस आलमकै व्यापक चर्चा

राैतहटकाे क्षेत्र नं २ मा डा.फिरदाेस आलमकै व्यापक चर्चा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - चुनाव नजिकिँदै सर्वसाधारण माझ उम्मेदवारहरुकाे व्यापक चर्चापरिचर्चा सुरु भएको छ। राैतहट क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.फिरदाेस आलमकाे व्यापक चर्चा सुरु भएको पाइएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभाकाे निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नाे तयारीलाई तिव्रता दिएको छ। मतदातासँग भेट्न घरदलाै कार्यक्रमलाई पनि तिव्र गतिमा सारेकाे देखिन्छ। फाइल फोटो क्षेत्र नं २ का एक स्थानीयका अनुसार यसपालि हामी डा.फिरदाेस आलमलाई नै मत दिएर बिजय गराउने बताउँछन् । डा. आलम पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेपाली कांग्रेसका चुनाव चिन्ह रुखबाट उम्मेदवारी दर्ता गराएका हुन्। फाइल फोटो समाचार तयार पारेकाे दिन देखि निर्वाचनका लागि मात्र निर्वाचन ९ दिन बाँकी रहेकाे छ ‌। राैतहटमा कुल ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा सदस्य पद रहेकाे छ । डा....
घर-घरबाट आर्शिवाद ग्रहण गर्दै विधायक उम्मेवार शेख जमसैद

घर-घरबाट आर्शिवाद ग्रहण गर्दै विधायक उम्मेवार शेख जमसैद

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु धमाधम प्रचारप्रसारमा जुटेका छन्। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदकाे निर्वाचनमा अब १४ दिन मात्र बाँकी रहेको छ । जनताबाट आशिर्वाद लिदै विधायक उम्मेवार शेख जमसैद राैतहटकाे क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य पदका लागि शेख जमसैद आलमले पाँचदलिय गठबन्धनबाट उम्मेदवारी दिएका छन्। गठबन्धनबाट प्रतिनिधिसभाका लागि डा.फिरदाेस आलमले उम्मेदवारी दिएका छन्। विधायक पदका लागि उम्मेदवारी दिएका शेख जमसैद आलमले आज इशनाथ नगरपालिकाकाे बंजरहामा घर दैलाे कार्यक्रम सम्पन्न गरेका हुन् । आलम बंजरहा पुग्ना साथ हजारौं सर्वसाधारणकाे भिड जुटेकाे थियाे । स्थानीय बासिन्दाहरुका अनुसार हामीले अबकाे निर्वाचनमा गठबन्धनलाई नै समर्थन गर्ने बताए । आलमले अग्रजकाे मन जिते साथसाथै युवाकाे पनि मन जित्न सफल भएका हुन् । आजकाे सफल घरदैलो कार्यक्रममा इ...
निर्वाचनसम्म कारागार र कार्यालयकाे सुरक्षा जिम्मा सेनालाई

निर्वाचनसम्म कारागार र कार्यालयकाे सुरक्षा जिम्मा सेनालाई

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - कारागार, विमानस्थल लगायत स्थानमा कार्यरत प्रहरीलाई मतदानस्थलमा खटिने भएपछि त्यहाँको सुरक्षा जिम्मेवारी सेनाले लिन थालेको छ । देशभरी करिब ३५ कारागारको सुरक्षा जिम्मेवारी सेनाले लिइसकेको छ ।निर्वाचनमा सेना र सशस्त्र प्रहरी सहयोगी भूमिकामा खटिनेछन् । निर्वाचनमा प्रत्यक्ष सुरक्षामा प्रहरी र म्यादी मात्र खटिनेछन् । कार्यालय सुरक्षा तथा गस्तीको जिम्मेवारी सेना र सशस्त्र प्रहरीलाई छ । सशस्त्र प्रहरीले गस्ती बाहेक निर्वाचन कार्यालयको सुरक्षा समेत हेर्नेछ । मतगणनास्थलमा पनि सशस्त्र प्रहरीलाई जिम्मेवारी तोकिएको छ ।निर्वाचनमा करिब दुई लाख ९५ हजार सुरक्षाकर्मी खटिदैछन् । करिब ७२ हजार नेपाल प्रहरी, ७१ हजार सेना, ३५ हजार सशस्त्र प्रहरी, दुई हजार राष्ट्रिय अनुसन्धान विभाग र एक लाख १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिदैछन् ।...
निर्वाचन बेला सरकारी सवारीबाट प्रचार गर्न राेक

निर्वाचन बेला सरकारी सवारीबाट प्रचार गर्न राेक

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर...
घरघर पुगेर शुभकामना र आर्शिवाद ग्रहण गर्दै सांसद उम्मेदवार डा.फिरदाेस

घरघर पुगेर शुभकामना र आर्शिवाद ग्रहण गर्दै सांसद उम्मेदवार डा.फिरदाेस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचनका लागि उम्मेदवारहरुकाे तयारी तिव्र रुपमा थालिएको छ । प्रतिनिधि‌ सभाका लागि राैतहट‌ क्षेत्र नं २‌ बाट उम्मेदवारी दिएका डा.फिरदाेस आलम जनताबीच चर्चा बटुल्दै छन् । हिन्दू धर्मावलम्बीहरूको महान पर्व लक्ष्मीपुजाकाे शुभकामना दिन घर घर पुगेका आलम युवा देखि बृद्ध सम्म चर्चामा छन् । उनले सत्तारुढ गठबन्धन नेपाली कांग्रेसबाट आफ्नो मनाेनयन दर्ता गराएका थिए। मनाेनयन दर्ता गराएपछि उनी घरदैलो कार्यक्रम तर्फ लागेका हुन् । साेमबार लक्ष्मीपुजाकाे आर्शिवाद लिन र शुभकामना दिन उनी राैतहटकाे इशनाथ नगरपालिका स्थित केही वडावासीकाे घरमा पुगेका थिए । फाइल फोटो डा.फिरदाेस आलमले आज इशनाथ नगरपालिकाकाे मनसरी , जटहरा र मोतिपुरमा घरदैलो सम्पन्न गरेका हुन् ।‌ उनी पुग्नासाथ जनताहरुकाे जनलहर देखिएकाे थियो । माला टिकासँग उनलाई नगर, वडा भित्र स्वागत ...
भारतीय गाडीको लस्कर लागेर गरियो मन्त्रीकै प्रचार<br>

भारतीय गाडीको लस्कर लागेर गरियो मन्त्रीकै प्रचार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
कपिलवस्तु - लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री तथा कपिलवस्तु क्षेत्र नं १ को २ का उम्मेदार सहश्रराम यादवको प्रचारमा भारतीय गाडीको प्रयोग भएको पाइएको छ । बहालवाला मन्त्रीकै प्रचारमा यसरी गाडीको लस्कर लागेपछि उनी विबादमा तानिएका छन् ।यादवको प्रचारमा आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग हुँदै आएपनि अहिलेसम्म निर्वाचन आयोगमा उजुरी भने परेको छैन । शनिबार नेपाली काँग्रेसका उमेद्वार सहसराम यादवको प्रचारमा उनका कार्यकर्ताले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा मन्त्री यादवसँगै ती भारतीय गाडी प्रयोग भएको हो ।यादवको प्रचारमा भारतीय गाडीको लस्करमा आएर उनका कार्यकर्ता तथा स्थानीय नेताहरुको उपस्थितीमा शनिबार प्रचार कार्यालय उद्घाटन गरिएको छ । यादव यसअघि जसपाबाट निर्वाचित भएर मन्त्री बनेका नेता हुन् । उनले अहिले मनोनयन गर्ने दिन नेपाली कांग्रेस प्रवेश गरेर उम...
निर्वाचनका लागि राैतहटमा आज देखि म्यादीकाे तालिम सुरु

निर्वाचनका लागि राैतहटमा आज देखि म्यादीकाे तालिम सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे निवार्चनका लागि छनाेट भएका म्यादी प्रहरीहरुकाे तालिम आजबाट सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यकाे निवार्चनमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले ठुलाे संख्यामा म्यादी प्रहरीकाे माँग गरेकाे थियाे । साेही‌ छनाेट भएका म्यादी प्रहरीकाे तालिम आजबाट हुदैछ । म्यादी प्रहरी भर्ना तथा छनौट, नियुक्ति तथा परिचालन मापदण्ड २०७९ अनुसार म्यादी प्रहरीमा भर्ना खुलेको थियो । भर्ना खुलेसँगै ९ हजार २ सय २६ ले राैतहटमा आवेदन दिएका थिए । जसमध्ये कुल माँगपद संख्या २९३९ रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल मल्लले जनाएका थिए। छनाेट भएका म्यादीहरुलाई आजबाट जिल्ला प्रहरी कार्यालयले तालिम दिदैछ ‌। गाैर स्थित राइस मिलबाट तालिमकाे उद्घाटन भएको छ । उक्त उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहाद...
मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – अगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र ढुवानी गरिरहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हाल समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।...
सर्लाही-४ (ख) मा श्रीचन रायकाे पक्ष बलियो (फोटो फिचर)

सर्लाही-४ (ख) मा श्रीचन रायकाे पक्ष बलियो (फोटो फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - आसन्न मंसिर ४ काे प्रतिनिधिसभा सदस्य र प्रदेश सभाकाे निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिने संख्या बढी देखिन्छ । निर्वाचन क्षेत्र नं ४ काे 'ख' स्वतन्त्रबाट प्रदेश सभामा उम्मेदवारी दिएका सुजन यादव भन्ने श्रीचन रायकाे पक्ष बलियो रहेकाे स्थानीयहरु बताउँछन् । बिगत लामाे समय देखि नेकपा माओवादी केन्द्र पार्टीमा आवद्ध भइ राजनितिक गर्दै आएका सुजन यादवकाे जित सुनिश्चित भएको व्यापक चर्चा छ । स्थानीय झगरु महताेकाे अनुसार हामीले अब पार्टी र जाति भन्दा पनि काम गर्न इक्छाशक्ति भएका उम्मेदवारलाई मत दिनेछाैं । प्रदेश सभा सदस्य पदकाे उम्मेदवार श्रीचन यादव वाइसिएल काठ्माण्डौ उपत्यका उम्मेदवार पनि रहेका थिए । जनताकाे हक अधिकारका लागि ६ वर्ष उनी नख्खु कारागारमा जिवन व्यतित गरेका थिए। ६ वर्ष कारावासमै जीवन व्यतीत गरेका सुजन यादवले उक्त मुद्दामा आखिर सफाई पाए । शिक्षि...
सामानुपातिकमा कसरी हुन्छन् सांसद निर्वाचित ?

सामानुपातिकमा कसरी हुन्छन् सांसद निर्वाचित ?

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडाैँ - प्रतिनिधिसभा १ सय १० र प्रदेशसभातर्फ २ सय २० सिटका लागि हाल दलले बुझाएको बन्द सूचीमा दाबी उजुरी जारी छ । यही असोज २३ गतेबाट सुरु भएको सो कार्यक्रम यहि २९ गतेसम्म जारी रहने छ ।सबै वर्ग र जातजातिलाई राज्य संरचनाको सबै तहमा सहभागी गराउन २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलोपटक प्रयोग गरिएको समानुपातिक निर्वाचन प्रणालीमा कसरी उम्मेदवारी निर्वाचित हुन्छन् भन्ने चासोको विषय बनेको छ ।प्रतिनिधिसभामा १ सय १० सिट र प्रदेशसभामा २ सय २० सदस्य समानुपातिकतर्फबाट उम्मेदवार चयनका लागि दलहरुले यही असोज २ र ३ गते उम्मेदवारी दर्ता गराएका थिए । आयोगको निर्वाचन तालिका अनुसार दलहरुले बन्द सूची पेश गरिसकेका छन् । दलहरुले पेश गरेको सूचीका आधारमा निर्वाचन आयोगले पहिलो चरणको बन्दसूची सार्वजनिक गरिसकेको छ ।अहिले दोस्रो चरण अन्तर्गत दलहरुले पेश गरेको नामावलीविरुद्ध दाबी उजुरी पेश गर्ने कार्यक्रम जारी छ ।...