Saturday, September 12
Shadow

खबर बिषेश

साइकल ल्यापटप किन्न मधेस सरकारको ७६ करोड बजेट

साइकल ल्यापटप किन्न मधेस सरकारको ७६ करोड बजेट

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २ जेठ, जनकपुर । मधेस प्रदेश सरकारले बेटी ल्यापटप किन्नका लागि ७७ करोड रुपैयाँ छुट्याएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९र८० को बजेट विनियोजन विधेयक पेस गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी बनाउने भन्दै ल्यापटप किन्नका लागि मात्रै ७७ करोड रुपैँया छुट्याएको जानकारी दिए । कक्षा ८ का छात्रालाई साइकल खरिदका लागि सोझै छात्राको खाता अनुदान रकम हस्तान्तरण गरिने उल्लेख गर्दै मन्त्री साहले बजेटमा उल्लेख गरेका छन्, ‘प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक एक थान ल्यापटपसमेत उपलब्ध गराउन उक्त कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरेको छु ।’...
एकैदिन साढे २ हजार सवारी चालकमाथि कारवाही

एकैदिन साढे २ हजार सवारी चालकमाथि कारवाही

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ असार, रौतहट । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० जना, लेन उल्लंघन गर्ने ८५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ७६ जना चालक रहेका छन्। यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ।...
प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

प्रदेश सरकारहरु २ खर्ब ७५ अर्बको बजेट ल्याउँदै

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १ असार, रौतहट । देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन्। प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन्। अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक वर्षको कार्यक्रम र योजनालाई नै समेटेका छन्। आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्।...
पत्रकारिता तालिमका लागि आवेदन खुल्ला

पत्रकारिता तालिमका लागि आवेदन खुल्ला

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । प्रेस काउन्सिल नेपालले पत्रकारिता सम्बन्धि तालिमका लागि आवेदन खुल्ला गरेको छ । पत्रकारको दक्षता अभिवृद्धिको लागि निर्वाचन केन्द्रित रिपोर्टिङ् गर्ने पत्रकारलाई लक्षित गर्दै काउन्सिलको सहयोग र नेपाल प्रेस इन्स्टिच्यूटको समन्वयमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विषयक तालिमको आयोजना गरेको छ । यो तालिम असार १३ गते देखि २४ गते सम्म हुने प्रेस काउन्सिल नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उक्त तालिममा अनलाइन प्रणालि मार्फत हुनेछ । तालिममा प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना र उपत्यकाबाट १२ जना गरि बढीमा ४० जना कार्यरत पत्रकारलाई सभागी गराइने विज्ञप्तिमा उल्लेख छ ।...
बर्दिवास : पिकअपले ठक्कर दिदाँ १ जनाको मृत्यु , ६ जना घाइते

बर्दिवास : पिकअपले ठक्कर दिदाँ १ जनाको मृत्यु , ६ जना घाइते

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै उक्ट ठक्करबाट छ जना घाइते समेत भएका छन् । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परेर टेम्पो चालक बर्दिबास नपा-३ का ४५ वर्षीय ओमबहादुर लुङ्गेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुङ्गेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुङ्गेल, सिन्धुली जिल्ला दुधौली नपा-२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ...
लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री नियन्त्रणमा

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री नियन्त्रणमा

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । प्रहरीले लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । घटनापछि आफूहरूले उदार गरेको जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले बताए । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ। रातोपाटी...
सवारी लाइसेन्सको वर्ग थपका लागि आवेदन खुल्ला

सवारी लाइसेन्सको वर्ग थपका लागि आवेदन खुल्ला

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ३१ जेठ, रौतहट । सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि यातायात व्यवस्था विभागले आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन् । यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमतिपत्रको लागि मात्रै अवेदन खुलाएको थियो ।      ...
कारागार भित्रै कैदी माथि कुटपिट गरेको आरोप

कारागार भित्रै कैदी माथि कुटपिट गरेको आरोप

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, ३० जेठ, रौतहट । राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले एक कैदिलाई कुटपिट गरेको आरोप लागेको छ । कारागार भित्र बसी आफ्ना विपक्षी क्षेत्र नं.२ का प्रत्यासी सांसद किरण कुमार साहलाई सिध्याउने रहस्य बाहिरिए पछि महताब आलमले सजाय भोगी रहेका एक कैदीलाई कुटपिट गरेका हुन् । मधेश प्रदेशको नामचिन जिल्ला रौतहट । जहाँ एकपछि अर्को घटनाहरुको उदाहरण फलामफाल छ । चाहे त्यो आन्दोलन होस् या व्यक्ति प्रतिको घटना तर घटना जुन भएपनि रौतहट चर्चामा आउन पछि परेको छैन् । मधेश आन्दोलन देखि धेरै चर्चामा आएको रौतहट जिल्ला अझै चर्चा बटुल्दै गएको छ । त्यस्तै निकै चर्चा र रौतहटको इतिहासमा लेखिने बिषय राजपुर बमकाण्ड पनि हो । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्...
चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न

चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, २८ जेठ, रौतहट । आज रौतहटको चन्द्रपुरमा व्यापक राहत वितरण कार्यक्रम विधिगतरुपले सम्पन्न भएको छ ।टेवा नेपालको आर्थिक सहयोगमा चन्द्रपुर नगरपालिका वडा ४ मा खाधान्न समाग्री वितरण भएको छ । आजको राहत वितरण कार्यक्रम महिला सुरक्षा दवाव समुहले आयोजना गरेका थिए । कोभिड–१९ को सन्दर्भमा सामुदायिक जालो र नारीवादी आन्दोलनको सृदृढीकरण अन्र्तगत व्यापक राहत वितरण गरिएको हो । टेवा को आर्थिक सहयोग र महिला सुरक्षा दवाव समूह चन्द्रपुर ४ रौतहटको संयोजकत्वमा चन्द्रपुर नगरपालिकाको विभिन्न वडाहरुका दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगी गरी जम्मा २३ जनालाई खाधान्न, भाडाँकुडी, मोबाइल सेट, ग्याँस चुल्ला, बीउविजनहरु वितरण गरिएको हो । “दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगीले व्योह्र्नु पर्ने समस्यहरुलाई पूर्ण गरेर टेवा नेपाल र ...
पुनः हलियो काठमाण्डौं उपत्यका, आज बिहानै भूकम्प

पुनः हलियो काठमाण्डौं उपत्यका, आज बिहानै भूकम्प

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २८ जेठ, रौतहट । काठमाडौं उपत्यकामा आज बिहान २ः३७ बजे भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।...