Saturday, September 12
Shadow

खबर बिषेश

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १२ असार,धनकुटा । पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका-६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो । पोखरीमा पौडि खेल्ने क्रममा धनकुटा नगरपालिका-५ का १५ वर्षिय स्वर्णीम राई र धनकुटा नगरपालिका-२ का १५ वर्षिय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडि खेल्ने क्रममा पोखरीमा डुबेर दुवैजनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घरबाट स्वर्णीम र उदयसँगै गएका धनकुटा नगरपालिका-५ का सन्देश राई भने सकुशल रहेका छन् । घरबाट बिहान ६ बजे निस्केर ११ बजे पोखरीमा पुगेको र पौडि खेल्ने क्रममा हराएपछि नजिकै वस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो । -नेपाल टेलिभिजन...
पेट्रोलको मूल्य २० रुपैयाले घट्यो

पेट्रोलको मूल्य २० रुपैयाले घट्यो

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, ११ शनिवार, असार । काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटाइएको बारे उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको बताए । उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटाइ...
प्रहरी महानिरीक्षक सिंहद्धारा विभिन्न कार्यालयको निरिक्षण

प्रहरी महानिरीक्षक सिंहद्धारा विभिन्न कार्यालयको निरिक्षण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ११ असार, रौतहट । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच निरीक्षण गर्नुभएको छ । केनाइन कार्यालय निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जटिल अपराधहरुको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘निरीक्षणको उद्...
जनपद तर्फका १७ एसएसपी बढुवा भइ डिआईजी बने (सुची सहित)

जनपद तर्फका १७ एसएसपी बढुवा भइ डिआईजी बने (सुची सहित)

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १० शुक्रवार, असार । नेपाल प्रहरी जनपद समूह तर्फका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) को बढुवा भएको छ । गृह मन्त्रालयले बुधवार विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी वरिष्ठ उपरिक्षक पदबाट प्रहरी नायव महानिरिक्षक(डिआइजी) पदका लागि १७ जनाको बढुवा भएको जानकारी दिएका छन् । बढुवा हुनेमा ७५.६९०५ नम्बर प्राप्त गरेका बसन्त बहादुर कुवंर रहेका छन् । त्यस्तै, ७५.४७९२ अंक प्राप्त गरेका टेक प्रसाद राई रहेका छन् । सुची : सुुची हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।...
५ वर्षीय बालिकालाई जबरजस्ती ,एक किशोर पक्राउ

५ वर्षीय बालिकालाई जबरजस्ती ,एक किशोर पक्राउ

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ९ असार, बारा । ५ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले सोे किशोरलाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ किशोरले ती बालिकाको घरमा कोही नभएको मौका छोपी सो बालिकालाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएका छन् । प्रहरीले खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
प्रहरी महानिरीक्षक सिंहद्धारा प्रहरी प्रशिक्षण महाराजगञ्जको निरीक्षण

प्रहरी महानिरीक्षक सिंहद्धारा प्रहरी प्रशिक्षण महाराजगञ्जको निरीक्षण

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव ९ बिहिवार, असार । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गर्नुभएको छ । सो निरीक्षणको क्रममा उहाँले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको समेत निरीक्षण गर्नुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गर्नुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत ता...
पेट्रोलको मूल्य २१ रुपैयाँले वृद्धि

पेट्रोलको मूल्य २१ रुपैयाँले वृद्धि

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ६ असार, रौतहट । पेट्रोलियम पदार्थको मूल्यमा नेपाल आयल निगमले भारी वृद्धी गरेको छ । यो वृद्धि हालसम्मकै भारी वृद्धि हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागु भएको निगमले जनाएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।...
सुर्खेतमा ट्रक दुर्घटनाग्रस्त, दुई जनाको मृत्यु

सुर्खेतमा ट्रक दुर्घटनाग्रस्त, दुई जनाको मृत्यु

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ४ असार, सुर्खेत । सुर्खेतमा ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला ना ४ ख ९७६१ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । भीमबहादुर सो ट्रकका चालक हुन् । कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो । दुई जना ट्रकमुनि च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनबाट शव निकालेको थियो । उक्त ट्रक दाङबाट सिमेन्ट र सरिया लियर जाजरकोटका लागि छुटेको प्रहरीले जनाएको छ ।...
पहिरो कारण ३ जनाको मृत्यु

पहिरो कारण ३ जनाको मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, ४ असार, रौतहट । ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यसोधा अधिकारी रहेका छन् । पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ । धादिङको गंगाजमुना गाउँपालिका–७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ । उनको घर अविरल बर्षाको का...
रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २ जेठ, रुपन्देही । रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...