Saturday, September 12
Shadow

खबर बिषेश

महाेत्तरी : कुहिएकाे अवस्थामा शव फेला

महाेत्तरी : कुहिएकाे अवस्थामा शव फेला

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १ वैशाख, राैतहट । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो। नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०/५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ। रासस...
आज वैशाख १ अर्थात नयाँ वर्षकाे पहिलाे दिन

आज वैशाख १ अर्थात नयाँ वर्षकाे पहिलाे दिन

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १ वैशाख,राैतहट । आज विक्रम सम्वत २०७९ को पहिलो दिन । नयाँ वर्ष २०७९ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । आजदेखि नयाँ वर्ष प्रारम्भ हुँदैछ । आज दिनभरि सबैतिर शुभकामना आदानप्रदानको कार्यक्रम भइरहन्छ । औपचारिक र अनौपचारिकरूपमा शुभकामना आदानप्रदान गर्ने तथा सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू राख्ने काम दिनभरि नै भइरहन्छ । नयाँ वर्षको प्रारम्भ प्रायः यस्तै तरीकाले हुने गर्दछ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्...
आज रामचन्द्रकाे जन्म दिन, देशभर सार्वजनिक बिदा

आज रामचन्द्रकाे जन्म दिन, देशभर सार्वजनिक बिदा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ चैत, राैतहट । आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ । वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए । त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर...
बाघको आक्रमण पछि बेपत्ता भए धमला

बाघको आक्रमण पछि बेपत्ता भए धमला

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २६ चैत, रौतहट। चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको छ । खैरहनी नगरपालिका-१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो । बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साभार : अनलाइन खबर...
निगमकाे १५ अर्बकाे सरकारी काेष रित्तियाे

निगमकाे १५ अर्बकाे सरकारी काेष रित्तियाे

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डस्क, २६ चैत, राैतहट । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ । निगमका सह प्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए । ‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो । अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने । उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए ।...
कार्यालय प्रमुख नै किर्ते कागजात बनाएकाे ठहर

कार्यालय प्रमुख नै किर्ते कागजात बनाएकाे ठहर

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, २५ चैत, कलैया । सामान्य प्रशासन मन्त्रालय सिँहदरबारको चलानि नम्बर ९८२ मिति २०७८ फागुन ३० गतेको पत्रबाट देवताल गाउँपालिकामा सरुवा भएको प्रमुख प्रशासकीय अधिकृत वकिल पालले किर्ते कागजात बनाई नेपाल सरकारकाे कानुनको धज्जि उठाएकाे देखिन्छ । केहि दिन अघि पाल बारागढि गाँउपालिकामा हाजिर हुन आउँदा त्यहाँको सम्पुर्ण जन्ता नै प्रतिकारमा उत्रेपछि देवताल गाउँपालिकामा सरुवा गराएका पाललाई हाजिर बगाएपछि महोतरी जिल्लाको एक स्थानीय तहमा सरुवा गरीएको थियो। तर पाललाई त्यहाँ पनि सरुवा बगाएपछि पुनः बाराको नमुना गाँउपालिकालाई तहस नहस पार्न देवतालमा सरुवा भई आएका छन। देवताल गाउँपालिकामा सरुवा भई आएका पालको बारेमा नकरात्मक जानकारी आएकाले गाउँपालिका अध्यक्ष चन्दन कुमार सिँहले हाजिर नगराएपछि किर्ते कागजात बनाएका जानकारी गाउँपालिका अध्यक्ष सिँहले बताएका छन। गाउँपालिका अध्यक्ष सिँहको अनुसार पाल माल...
बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

बैरगनियामा विद्यान परिषद निर्वाचन, पैदल यात्रुलाई मात्र प्रवेश

banner-news-1, अन्तर्राष्ट्रिय, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
बैरगनिया संवाददाता, २१ चैत, राैतहट । आज नेपालकाे मित्र देश भारतकाे बैरगनीयामा विद्यान परिषद सदस्यकाे निर्वाचन हुदैँछ । जसकारण नेपालबाट मात्र पैदल यात्रु बाहेक अन्य सवारी माथी राेक लगाइएकाे हाे । आज हुने विद्यान परिषद सदस्यकाे निर्वाचन भारतीय समय अनुसार बिहान ८ बजे देखि शुरु भएकाे हाे । मतदाता पत्र लिएर मतदान कार्यालयमा मतदाताहरु पुगेका हुन् भारतीय क्षेत्र बैरगनिया सहित अन्य ब्लकहरुमा बिधान परिषदको ले बैरगनिया - गौर को मुख्य सिमाना नाका बन्द भएको छ। वार्ड सदस्य, पंचायत समिति सदस्य, मुखिया र जिल्ला परिषद सदस्यहरुले मतदान गर्ने छन् । मतदान केंद्रमा सबै तयारी सम्पन्न भएकाे सच तक नेपालका बैरगनिया संवाददाताले जनाएकाे छ ।...
जनकपुरधाम साहित्य महाेत्सव-२०७८ हुने निश्चित

जनकपुरधाम साहित्य महाेत्सव-२०७८ हुने निश्चित

banner-news-1, अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल, २१ चैत, जनकपुर । जनकपुरधाममा यही चैत २३ गतेबाट तीन दिनसम्म “जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८” हुने निश्चित भएको छ । मैथिली विकास कोषको आयोजनामा हुन लागेको जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकारहरु सहभागि हुने भएको आयोजकले जनाएको छ । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मैथिली विकास कोषले सो महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने जनाएका थिए । महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गरिने कार्यक्रम समेत रहेको कोषको अध्यक्ष जीवनाथ चौधरीले बताए । महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्...
प्रहरीमा १६ वर्षमै ‘पेन्सन’ दिन प्रस्ताव

प्रहरीमा १६ वर्षमै ‘पेन्सन’ दिन प्रस्ताव

अन्य, खबर बिषेश, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १९ चैत, राैतहट । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका लागि सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण (पेन्सन) को माग गरेका छन्। दुवै प्रहरी संगठनले आफ्नो नियमावलीमा भएको ‘२० वर्षे’ व्यवस्थालाई संशोधन गरेर माग सम्बोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन्। प्रहरी नियमावली २०७१ (२०७७ सम्म अद्यावधिक) को नियम १३१ (१) ले नेपाल प्रहरीका कर्मचारीले निवृत्तिभरणका लागि २० वर्ष वा सोभन्दा बढी काम गरेको व्यक्तिलाई योग्य मानेको छ। सो व्यवस्थामा भनिएको छ, ‘२० वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकाश पाएको मितिदेखि निवृत्तिभरण पाउनेछन्।’ २०६० चैत २६ अगाबै नियुक्ति भएकाहरूका हकमा भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दा माथिका अधिकृतका लागि २० वर्ष, प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) का लागि ...
स्थानीय चुनावका लागि २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन हुने

स्थानीय चुनावका लागि २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन हुने

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, १६ चैत, राैतहट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ । -राजधानी दैनिक...