Tuesday, September 15
Shadow

ताजा-अपडेट

मेलम्चीको खानेपानी सुरुङमा आज पठाउने

मेलम्चीको खानेपानी सुरुङमा आज पठाउने

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २९ चैत,राैतहट। मेलम्ची खानेपानी विकास समितिले आज मेलम्चीको खानेपानी सुरुङमा पठाउने भएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । केही काम बाँकी भए पनि आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए। गत १ असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरका अनुसार काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नेछ । गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ...
९३ किलाे गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

९३ किलाे गाँजा सहित ट्रक र चालक नियन्त्रणमा

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल, २८ चैत, महाेत्तरी । छिन्नमस्ता वाहिनीकाे स्क्वाड टिमले विशेष सुचनाकाे आधारमा ९३ किलाे लागुऔषध गाँजा सहित एक ट्रक र चालकलाई नियन्त्रणमा लिएकाे छ । महाेत्तरीकाे मनरा सिसुवा गाउँपालिका-३ सुनाैल गाउँबाट प्रतिबन्धित गाँजा बाेकेकाे ना.३ ख ७९३५ नम्बरकाे ट्रक र साेहि ट्रकका चालकलाई नियन्त्रणमा लिएकाे स्राेतले जनाएकाे छ । पक्राउ पर्नेमा साेही ट्रकका चालक धादिङ्ग निवासी ३६ वर्षीय रमेश तामाङ्ग रहेका हुन् । लागुऔषध गाँजा बाेकेकाे ट्रक र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महाेत्तरी बुझाउन लागेकाे सशस्त्र प्रहरी बल नं.२ छिन्नमस्ताले जनाएकाे छ ।...
राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालकाे उद्घाटन

राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालकाे उद्घाटन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल २७ चैत, राैतहट । रौतहटको माधवनारायण वडा नम्वर ३ स्थित जयनगरमा नवनिर्मित गजेन्द्र स्मृति अस्पतालको आज उद्घाटन गरिएको छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान द्वारा निर्मित ३०० सैयाको अस्पतालको राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार उद्घाटन गरेकी हुन्। डाक्टर डिम्पल झाले स्वास्थ्य अवस्था अत्यन्तै दैनिय भएपनि आफुले देखेको सपना आज पूरा भएको बताउनु भयाे । उनले अस्पतालको बेडबाट आफू आएको हुँदा अस्पताललाई अघि बढाउन सबैको जिम्मेवारी रहेको र सबै समुदायको धरोहर रहेकाले यसलाई जगेर्न गर्नु पर्ने बताउनु भयाे ।...
गाैरमा बेवारिसे अवस्थामा एक वृद्धकाे शव फेला

गाैरमा बेवारिसे अवस्थामा एक वृद्धकाे शव फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ चैत, राैतहट । आज बिहान करिब साढे ११ बजेकाे समयमा राैतहट जिल्लाकाे सदरमुकाम गाैरमा शव बरामद भएकाे छ । नेपाल - भारत जाेड्ने सिमा गाैर भन्सारकाे क्रान्ति गेट स्थित प्रतिक्षालयमा हाल नामथर वतन नखुलेको अंन्दाजी ६०/६५ वर्षीय पुरुष ब्यक्ती मृत अबस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । मृतकलाई पहिचान गर्ने कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।...
आज रामचन्द्रकाे जन्म दिन, देशभर सार्वजनिक बिदा

आज रामचन्द्रकाे जन्म दिन, देशभर सार्वजनिक बिदा

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २७ चैत, राैतहट । आज भगवान् श्री रामचन्द्रको जन्म दिन । रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ । वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भनिन्छ, गोस्वामी तुलसीदासले रामचरितमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए । त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर...
बर्दिवास स्थानीय : बस्ती उठाउन पाइदैन, रेल स्टेशन चाहिदैन

बर्दिवास स्थानीय : बस्ती उठाउन पाइदैन, रेल स्टेशन चाहिदैन

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २६ चैत, राैतहट । ब्रोडजेग रेल्वेको पूर्वाधार निर्माण आयोजनाले बर्दिबासमा जग्गा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले रेल्वे स्टेसन बनाउन नदिने चेतावनी दिएका छन् । स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् । बर्दिबासकै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ । रेल्वे स्टेसन बन्ने पक्का भएपछि सरकारले २०७३ सालमा करिब ६० बिगाहा जमिन सहमतिमै सरकारले अधिग्रहण गरेको थियो । यता, अधिग्रहणमा परेका जग्गाधनीको निर्धारित मुआब्जामा समेत असन्तुष्टि छ । उचित मुआब्जाको पर्खाइमा रहेका स्थानीयले न्यूनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा निर्धारण भएपछि अस...
बाघको आक्रमण पछि बेपत्ता भए धमला

बाघको आक्रमण पछि बेपत्ता भए धमला

अन्य, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २६ चैत, रौतहट। चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको छ । खैरहनी नगरपालिका-१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो । बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साभार : अनलाइन खबर...
चन्द्रपुर वडा नं १० को वडा अध्यक्षमा लक्ष्मी साहले उमेदवारी दिने

चन्द्रपुर वडा नं १० को वडा अध्यक्षमा लक्ष्मी साहले उमेदवारी दिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १० बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका लक्ष्मी साहले स्थानीय चुनावमा वडा नं १० बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l साह वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्। आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रको टिकटबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् l...
बागमती प्रदेश : ट्याक्सीको भाडामा बढोत्तरी , अब कति हो ?

बागमती प्रदेश : ट्याक्सीको भाडामा बढोत्तरी , अब कति हो ?

banner-news-1, अन्य, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, २६ चैत, रौतहट। बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा बढेको छ । प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको हो। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले ट्याक्सीको भाडा बढाएको हो। मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। बढेको भाडादर आगामी वैशाख १ देखि लागू हुनेछ । काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ। साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने मन...
३ सय ७३ जना प्रहरी निरीक्षकहरु सरुवा भए , को कहाँ ?

३ सय ७३ जना प्रहरी निरीक्षकहरु सरुवा भए , को कहाँ ?

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २६ चैत, रौतहट। नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीवार प्रहरी निरीक्षकहरूको सरुवा गर्ने निर्णय गर्नुभएको हो । २०७९ बैशाख महिनादेख लागू हुने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुची हेर्न यहाँ क्लिक गर्नुहोस् ।...