Tuesday, September 15
Shadow

ताजा-अपडेट

तीर्थयात्री बोकेको बस उत्तराखण्डमा दुर्घटनाग्रस्त, २६ जनाको मृत्यु

तीर्थयात्री बोकेको बस उत्तराखण्डमा दुर्घटनाग्रस्त, २६ जनाको मृत्यु

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, २३ जेठ, एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार सबै यात्रु चारधाम यात्रामा जाँदै थिए । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ ।...
भुटान विरुद्ध पहिलो फिल्डिङ गर्दै नेपाल

भुटान विरुद्ध पहिलो फिल्डिङ गर्दै नेपाल

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि नेपालले फिल्डिङ गर्ने भएको हो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । ९ रनकाले लक्ष्य यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो । यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्कपमा स्थान बनाउनेछ । नेपाली टोलीः कृतिका मरासिनी (कप्तान), किरन कुँवर, सानु राजबंशी...
अझै टुंगो लागेन एसका नयाँ मन्त्रीको सपथ

अझै टुंगो लागेन एसका नयाँ मन्त्रीको सपथ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । नेकपा (एकीकृत समाजवादी) ले सिफारिस गरेका नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने/नहुने टुंगो भइसकेको छैन। आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएको बताइए पनि बालुवाटार स्रोतले नयाँ मन्त्रीको नाम प्राप्त भइनसकेको बताएको छ। ‘माधव नेपालले मौखिक रूपमा प्रधानमन्त्रीलाई पार्टीका मन्त्री फेर्न लागेको जानकारी दिनुभएको थियो तर लिखित रूपमा अहिलेसम्म जानकारी आएको छैन,’ बालुवाटार स्रोतले भन्यो। पार्टीको औपचारिक पत्र आएपछि प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपतिलाई गर्नेछन्। राष्ट्रपतिले मन्त्री नियुक्त गरेपछि सपथ समारोह आयोजना हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले सोमबार बिहान साढे १० बजेसम्म प्रधानमन्त्रीका तर्फबाट कुनै सिफारिस नआएको बता...
१२ जिल्लाका नदी नालामा बहाव बढ्ने सम्भावना

१२ जिल्लाका नदी नालामा बहाव बढ्ने सम्भावना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । देशका १२ जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालाहरूमा बहाव बढ्ने सम्भावना छ । देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
सफा हिमाल अभियान २०२२ सम्पन्न

सफा हिमाल अभियान २०२२ सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २३ जेठ, रौतहट । सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालित "सफा हिमाल अभियान २०२२" सम्पन्न भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने उद्देश्यसाथ अभियान सञ्चालन गरिएको थियो । गएको चैत २२ देखि यही जेठ २२ गतेसम्म सञ्चालित अभियानबाट सेनाले ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको जनाइएको छ । त्यसमध्ये कुहिने सात हजार २२७ किलो फोहोर स्थानीय गाउँपालिका तथा नकुहिने फोहोर २६ हजार ६५० किलो रिसाइकल एजेन्सीलाई प्रदान गरिएको थियो । उक्त अभियानका क्रममा कञ्चनजंघा आधार शिविरमा पहिचान नखुलेका दुई मानव अस्थिपञ्जर समेत फेलापरेको थियो । अस्थिपञ्जरहरू ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाएको सेनाले जानकारी दिएको छ । समापन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सबैको साथ, सहयोग र सामूहिक भावनाका कार...
वेवारिसे अवस्थामा देवाही गोनाहीमा एक शव फेला

वेवारिसे अवस्थामा देवाही गोनाहीमा एक शव फेला

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । रौतहट जिल्लाको मध्ये भेगमा रहेको देवाही गोनाही नगरपालिकामा एक जनाको शव फेला परेको छ । देवाही गोनाही नगरपालिकामा घर भएका अन्दाजी ३० वर्षीय तुफानी भन्ने मुकेश जयसवालको शव भेटिएको प्रहरीले जनाएको छ ।   आज विहान करिब ९ बजे देवाही बजारको छेउमा निज जयसवालको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी देवाही गोनाहीले जनाएको छ । घटनाबारे छानबिन भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
मधेसमा कांग्रेसको बलियो उपस्थिति

मधेसमा कांग्रेसको बलियो उपस्थिति

ताजा-अपडेट, विचार
रामनारायण देव, स्थानीय तहको चुनाव सम्पन्न भएर नतिजा पनि आइसकेको छ । नेपाली कांग्रेस सबभन्दा बढी स्थानमा विजयी भएको छ । खासगरी कांग्रेसको परम्परागत गढको रुपमा परिचित मधेसमा पनि मधेस केन्द्रित दलहरूसँग कडा प्रतिस्पर्धा भए पनि सन्तोषजनक परिणाम ल्याउन सफल भएको छ । कांग्रेसको प्रतिस्पर्धा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग बढी थियो । ठाउँठाउँमा नेकपा ९एमाले० सित पनि प्रतिस्पर्धा भएको थियो । तर सबै दललाई पछि पार्दै कांग्रेस अगाडि बढेको छ । यति हुँदाहुँदै पनि मधेसमा कांग्रेसको पहिलेको वर्चस्व घटेको छ । यसका अनेक कारणहरू छन् । कांग्रेसले योग्य, सक्षम र जनाधार भएको उम्मेदवारलाई टिकट नदिएर पहुँच र व्यक्तिगत सम्बन्धको आधारमा केन्द्रीय नेतृत्वद्वारा टिकट वितरण गर्नु प्रमुख कारण थियो भने अर्कोतिर टिकट न पाएर कतिपय कांग्रेसका कार्यकर्ता स्वतन्त्र भएर वा अर्को पार्टीबाट रातार...
३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

३५ लाख रुपैयाँ लुटपाटमा प्रहरीकै संलग्नता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । काठमाडौंमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ। जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो। प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी अनुसन्धानमै छौं। भोलि (सोमबार) सम्ममा विस्तृत आउँछ,’ उनले भने। कसरी भयो लुटपाट ? पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो। ती व्यक्ति सुन व्यवसायी भने होइनन्। ‘ती व्यक्ति सुन व्यवसायी होइनन्। सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले...
बंगलादेशको एक डिपोमा विस्फोट, १६ जनाको मृत्यु

बंगलादेशको एक डिपोमा विस्फोट, १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सच तक नेपाल डेस्क, २२ जेठ, एजेन्सी । बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । बंगलादेशको सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरुलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो । घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको बताएको छ । यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ । स्थानीय पत्रिका प्रोथोमालोका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका केही भवनका झ्यालसमेत भाँच्चिएको थियो । घटनास्थलबाट करिब चार किलोमिटर...
भारतमा कालीगण्डकीको बिजुली पनि निर्यात सुरू

भारतमा कालीगण्डकीको बिजुली पनि निर्यात सुरू

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २२ जेठ, रौतहट । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न लागेको हो। प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरू भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ। वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्...