Sunday, September 13
Shadow

ताजा-अपडेट

राैतहटमा एक जना फरार प्रतिवादी पक्राउ

राैतहटमा एक जना फरार प्रतिवादी पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२० श्रावन, राैतहट ।‌ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा वारदात पश्चात फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। बिहिबार जिल्ला प्रहरी कार्यालय राैतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजपुर नगरपालिका - १ बस्ने वर्ष ३० काे बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको छ। पक्राउ व्यक्तिलाई आज प्रहरीले रौतहट जिल्ला अदालत समक्ष पेस गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी ) बीरबहादुर बुढामगरले जनाएको छ। राैतहट एसपी: बीरबहादुर बुढामगर बुधबार पत्रकार सम्मेलन बिच प्रहरी उपरीक्षक बुढामगरले अपराध अनुसन्धानमा हामी कसैसंग कुनै सम्झौता गर्न नसकिने कसुर अनुसारको कारवाही गरेर कानुनी कटघेरामा ल्याउने प्रतिबद्धता गरेका हुन्। यसअघि पनि शनिबार अपहरण तथा ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका ३ जना प्रतिवादीहरुलाई राैतहट प्रहरीले पक्राऊ ग...
ससुराका सदस्यहरुले गर्भमै आमाछाेरी दुबैकाे हत्या गरेको आरोप

ससुराका सदस्यहरुले गर्भमै आमाछाेरी दुबैकाे हत्या गरेको आरोप

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२० श्रावन, राैतहट । गर्भवती भएको पाँच महिना समेत नबित्दाँ विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले नै हत्या गरेको माइत पक्षले आरोप लगाएको छ ।रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या ससुराका सदस्यहरु मिलेर गरेकाे माइत पक्षले आरोप लगाएको हो । गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डेको अवस्थामा पुनमको शव फेला परेको थियो ।बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो । माइत पक्षले बिहीबार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवारका सदस्यहरुले मिलेर हत्या गरेको दावी गरेका हुन् ।ससुरा पक्क्षले‌ गर्भमा पुनः पाँच महिनाको छोरी रहेको अनुभ...
राैतहटमा नक्कली नाेट सहित ४ जना पक्राउ

राैतहटमा नक्कली नाेट सहित ४ जना पक्राउ

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,२०‌‌ श्रावन, राैतहट । नक्कली नेपाली रुपैयाँकाे काराेबारमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रावन १८ गते बुधबार जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.३ जिउताही टोलमा नाग पञ्चमीको अवसरमा लागेको मेलामा सर-सामान किन्ने क्रममा पसलहरुमा जाली नोट दिएको भनी हल्ला भयाे । बिहीबार ईलाका प्रहरी कार्यालय, कोप्वापिपरीयामा खबर प्राप्त हुना साथ प्रहरी टोलीले वडा ४ ईनरवारी वस्ने जदुन्नदन राउतको छोरा अंदाजी २६ वर्षीय सन्तोष पटेललाई नियन्त्रणमा लिएको थियाे । चेकजाँच गर्नक्रममा निजको साथबाट १००० को १ थान जाली नोट फेला परेको थियाे । साथै मेलामा सर-समान बेच्ने पसलका ब्यक्तीहरुबाट १००० को १९ थान समेत फेला परेको हो । कुल २० थानकाे रु.२०,०००।- (बिस हजार) जाली नोट फेला पारी निज सन्तोष पटेल सहित शंकास्पद ( संलग्न) रहेका थप ३ जनालाई प्रहरीले पक्राऊ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले प्रे...
संघ र प्रदेशको चुनाव एकै चरणमा मंसिर ४ गते हुने

संघ र प्रदेशको चुनाव एकै चरणमा मंसिर ४ गते हुने

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,१९ साउन, राैतहट । मंसिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।...
काेशी ब्यारेज निरिक्षण गर्न सुनसरी पुगे बिहारका सिँचाइ मन्त्री

काेशी ब्यारेज निरिक्षण गर्न सुनसरी पुगे बिहारका सिँचाइ मन्त्री

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१९ श्रावन, सप्तरी। भारतको बिहारका जल संसाधन (सिँचाइ) मन्त्री सन्जयकुमार झा कोसी ब्यारेजको निरीक्षण गर्न सुनसरीमा आएका छन् । यस क्रममा उनले सुनसरीमा रहेको कोसीको पूर्वी तटबन्ध अवलोकन गरेका छन् ।कोसी नदी ओभरफ्लो भइ उदयपुरको बेलका नगरपालिका डुम्रीबोटेमा रहेको मानव बस्तीमा नै प्रवेश गरिरहँदा छिमेकी देश भारतको बिहारका मन्त्री झा नेपाल आएका हुन् । बिहारका सिँचाइ मन्त्रालय अन्तर्गत र कोसी योजना अन्तर्गतका कर्मचारीहरू उनको टोलीमा छन् ।सप्तरीका प्रजिअ जनार्दन गौतमका अनुसार उनी सप्तरी पनि पुग्न सक्ने भएकाले सप्तरीको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपालको पूर्वी पहाडी क्षेत्रमा क‍ेही दिनदेखि नै अविरल वर्षासँगै कोसीको बहाब बढ्दा सुनसरी, सप्तरी, उदयपुर लगायत जिल्लाका बासिन्दा प्रभावित भएका छन् । कोसीको बाढी बस्तीमा प्रवेश गर्न थालेपछि ठूलो संख्यामा मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित ...
३ जना फरार प्रतिवादी पक्राउ, पुर्पक्षकाे लागि राैतहट कारागार चलान

३ जना फरार प्रतिवादी पक्राउ, पुर्पक्षकाे लागि राैतहट कारागार चलान

banner-news-1, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१८ श्रावन, राैतहट । अपहरण तथा ज्यान मुद्दामा वारदात पश्चात फरार रहेका ३ जना प्रतिवादीहरुलाई राैतहट प्रहरीले पक्राऊ गरेकाे छ। अनुपी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ मठिया वस्ने ईन्दल महतो कोईरी समेत ७ जना प्रतिवादीहरु माथि मुद्दा दर्ता भएको थियाे। तर वारदात पछि ३ जना प्रतिवादीहरु फरार भएका थिए। साे फरार प्रतिवादीहरुलाई प्रहरीले श्रावन १४ गते शनिबारका‌ दिन पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा वर्ष ४१ को ईन्दल महतो कोईरी, वर्ष ३८ को प्रमेश्वर महतो कोईरी र वर्ष २६ को संगिता देवी रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायब उपरिक्षक ( डिएसपी) सुनिल मल्लले जानकारी दिए । पक्राउ परेका प्रतिवादीहरुलाई मंगलबार प्रहरीले सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिएका थिए । जसपछि सम्मानित अदालतले‌ निज प्रतिवादीहरुलाई पुर्पक्षको लागि रौत...
काठमाण्डौ माैलका व्यापारीलाई सास्ती, संचयकोष माैन

काठमाण्डौ माैलका व्यापारीलाई सास्ती, संचयकोष माैन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१७ श्रावन, काठमाडौं। देशकाे राजधानीमा अवस्थित काठमाडौं माैलका व्यापारीलाई सास्ती खेप्नुपरेको एक व्यापारीले बताएकाे छ। माैलका व्यापारीसँग ७ प्रतिशत बढाएर भाडा संकलन गरेपनि केही सेवा सुविधा नदिएकाे व्यापारीहरुले गुनासो गरेका छन्। काठमाडौंकाे सुन्धाराकाे छेउमा रहेकाे माैलकाे ठेक्का जेभि सपना कन्ट्रक्सनले लिएकाे महिनाै भयाे तर सेवा सुविधा भने केही व्यवस्थित हुन सकेकाे छैन् । सपना कन्ट्रक्सनले व्यापारीहरुबाट हरेक महिना १ कराेड १७ लाख भाडा संकलन गर्दै आएकाे छ। केही दिन यता रिनाेभेसनकाे ठेक्का समेत भइसकेकाे हाे तर साे रिनाेभेसन पनि सुस्त अवस्था भइरहेकाे त्यहाँका एक व्यापारीले बताए। उक्त माैलमा पिउने पानी र शौचालयको समेत राम्राे व्यवस्था नरहेकाे भाडा तिरेर बसिरहेका व्यापारीले बताए । यस समस्याको प्रति संचयकोष समेत केही चासाे नदेखिएको एक व्यापारीले बताए। ...
राैतहटकाे प्रहरी प्रमुखमा एसपी बीरबहादुर बुढामगर

राैतहटकाे प्रहरी प्रमुखमा एसपी बीरबहादुर बुढामगर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, १७ श्रावन, राैतहट । राैतहटमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) बिनाेद घिमिरेको एसएसपीमा बढुवा भएपछि उनको ठाउँमा एसपी बिरवहादुर बुढामगर आएका छन् ।नेपाल प्रहरी केन्द्रीय प्रहरी बिशेष कार्यदल काठ्माण्डौ बाट सरुवा भएका बुढामगरले साेमबार राैतहट पुगेर मंगलबार कमाण्ड सम्हालेका छन् ।बुढामगरले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘राैतहटका भारतीय सिमा नाकासँग जिल्ला भएकाले जिल्लालाई हरेक हिसाबले नमूना बनाउन उत्कृष्ट काम गर्ने प्रयास मेरो रहनेछ’ प्रहरी उपरीक्षक बुढामगरले भने, ‘हामी नागरिकको प्रहरी भएकाले यहाँका प्रत्येक नागरिकमा सोही खालको भावना रहनेछ भन्नेमा विश्वस्त छौँ ।’उनले बढ्दो सवारी दुर्घटना, लागूऔषध दुर्व्यसनी, जघन्य अपराध नियन्त्रण गर्न आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै त्यसका लागि हरेक नागरिकले प्रहरील...
नारायणी नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

नारायणी नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१७ श्रावन, राैतहट। केही दिन यता सुरु भएको अविरल वर्षाका कारण नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ।नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे। 'पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ,' उनले भने, 'नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला।' आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो। सो नदीमा अहिले बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ। देवघाट बाढी मापन क...
धादिङ र चितवन भएर गुड्ने लामाेदुरीका सवारी सञ्चालनमा राेक

धादिङ र चितवन भएर गुड्ने लामाेदुरीका सवारी सञ्चालनमा राेक

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१७ श्रावन, राैतहट । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण काठमाडौंको नयाँ बसपार्क, कलंकी, गौशाला र भक्तपुरबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो दूरीका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । अवरुद्ध सडक खुलेसँगै सवारी साधन सञ्चालनमा आउने छन् ।चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेका कारण गएरातिदेखि आवागमन पुर्णरुपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोला, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित २ र ३ नम्बर पुलको बीचमा पहिरो खसेको छ । जसका कारण गत रातदेखि नै सवारी आवागमन रोकिएको र पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।लमजुङको बेँसीशहर नगरपालिका १ उदिपुर र मर्स्याङ्दी गाउँपालिका ४ काभ्रेभिरमा मंगलबार बिहानै पहि...