Sunday, August 9
Shadow

काठमाण्डौ माैलका व्यापारीलाई सास्ती, संचयकोष माैन

सचतक नेपाल डेस्क,
१७ श्रावन, काठमाडौं। देशकाे राजधानीमा अवस्थित काठमाडौं माैलका व्यापारीलाई सास्ती खेप्नुपरेको एक व्यापारीले बताएकाे छ।



माैलका व्यापारीसँग ७ प्रतिशत बढाएर भाडा संकलन गरेपनि केही सेवा सुविधा नदिएकाे व्यापारीहरुले गुनासो गरेका छन्। काठमाडौंकाे सुन्धाराकाे छेउमा रहेकाे माैलकाे ठेक्का जेभि सपना कन्ट्रक्सनले लिएकाे महिनाै भयाे तर सेवा सुविधा भने केही व्यवस्थित हुन सकेकाे छैन् ।



सपना कन्ट्रक्सनले व्यापारीहरुबाट हरेक महिना १ कराेड १७ लाख भाडा संकलन गर्दै आएकाे छ। केही दिन यता रिनाेभेसनकाे ठेक्का समेत भइसकेकाे हाे तर साे रिनाेभेसन पनि सुस्त अवस्था भइरहेकाे त्यहाँका एक व्यापारीले बताए।



उक्त माैलमा पिउने पानी र शौचालयको समेत राम्राे व्यवस्था नरहेकाे भाडा तिरेर बसिरहेका व्यापारीले बताए । यस समस्याको प्रति संचयकोष समेत केही चासाे नदेखिएको एक व्यापारीले बताए।



हाल देशकाे समेत आर्थिक स्थिति कमजाेर भएको अवस्थामा भाडादर बढेर काठमाडौं माैलका व्यापारी लगायत अन्य व्यापारीहरु पनि पिडित बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *