Sunday, September 13
Shadow

ताजा-अपडेट

नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल न्यूज डेस्क, २० भदौं,रौतहट। कोलिन्स ओबुयाले ८४ रन बनाएपछि केन्याले तेस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २५६ रनको लक्ष्य पेस गरेको छ । केन्याका नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा घरेलु टोलीका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको हो । केन्याका लागि ओबुयाले सबैभन्दा धेरै ८४ रन बनाए । ओबुयाले १११ बलमा ७ चौका र २ छक्का प्रहार गरे । लुकास ओलुओचले अविजित ५९ रन बनाए । सुकदीप सिंहले ३७ रन जोडे । इमानुयल बुन्डीले २३ रन बनाए । कप्तान एनगोचेले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई विकेट लिए । वसिर अहमद र शाहब आलमले एक एक विकेट लिए । रोहितकुमार पौडेलको कप्तानीमा खेलेको नेपालले तीन खेलको एकदिवसीय शृंखला...
सर्लाहीमा कांग्रेस नेता सिंहमाथि कारवाही , गगन थापाकाे नाम सिफारिस

सर्लाहीमा कांग्रेस नेता सिंहमाथि कारवाही , गगन थापाकाे नाम सिफारिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल डेस्क,२० भदाै, सर्लाही- सर्लाही क्षेत्र नं ४ का सांसद मा. डा. अमरेश कुमार सिंहलाई नेपाली काँग्रेस पार्टीले निलम्बन गरेको छ। स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गरेकाे आराेपमा पार्टीले यस्ताे निर्माण गरेकाे हाे । अनुशासन समितीको २०७९/०३/०२ को निर्णय अनुसार पार्टीबाट निलम्बन गरिएको हाे । यस बिसयमा भन्ने केन्द्रलाई समेत बोदार्थ गरि सकिएको उल्लेख विज्ञप्तिमा उल्लेख छ ।महामन्त्री थापाकाे नाम सिफारिस :सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले बताए ।त्यस्त...
अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २० भदौं, बारा । बाराको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बिरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।...
गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्यूज डेस्क, २० भदौं, रौतहट । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए । क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाण रहेका छन् ।...
भारतीय सेना प्रमुख जनरल पाण्डेद्वाराजङ्गी अडुडाको निरिक्षण

भारतीय सेना प्रमुख जनरल पाण्डेद्वाराजङ्गी अडुडाको निरिक्षण

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २० भदौं, रौतहट । पाँच दिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले जङ्गी अडुडामा सम्मान गारतको निरीक्षण गर्नुभएको छ । नेपाली सेनाको एक टुकडीले आज विहान सैनिक मुख्यालय जङ्गी अड्डामा उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । त्यसअघि उहाँले सैनिकमञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रदाञ्जली अर्पण गर्नुभएको थियो । भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणको सिलसिलामा आइतबार पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै काठमाडौं आइपुग्नुभएको हो । भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि यो उहाँको पहिलो नेपाल भ्रमण हो । उहाँलाई आज राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यहीं उहाँले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भ्रमणको दौरान प...
भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

भारतीय सेनानी प्रमुख जनरल पाण्ड आज नेपाल भ्रमणमा आउँदै

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
१९ भदाै, राैतहट । आज भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउँदैछन् ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे पाँच दिने भ्रमणका लागि आज अपराह्न काठमाडौं आउन लागेका हुन् ।भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति शर्मा लगायतलाई भेटवार्ता गर्ने कार्यक्रम छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।अनलाईन खबर...
चाेरेकाे जहाज घण्टाै उडाएपछि …

चाेरेकाे जहाज घण्टाै उडाएपछि …

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
न्युयोर्क - अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ।सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन धम्की दिने ती पाइलटले विमानलाई सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको गभर्नर टेट रिभ्सले जानकारी दिए।‘विमान अवतरण भएको छ। स्थिति समाधान भएको छ र कोही पनि घाइते भएका छैनन्। चरम सावधानीसाथ यो अवस्थालाई व्यवस्थापन गर्ने स्थानीय, राज्य र संघीय कानून प्रवर्तनलाई धेरै धेरै धन्यवाद ,’ गभर्नर रिभ्सले ट्वीट गरे।बिचक्राफ्ट किंग एयर ९० विमानलाई चालकले पाँच घण्टाभन्दा बढी समयसम्म उडाएका थिए, जसलाई प्रहरीले ‘खतरनाक अवस्था’ भनेर वर्णन गरेको थियो। प्रहरीले पाइलटको पहिचान वा उद्देश्यको बारेमा कुनै जानकारी दिएको छैन।यसअघि टुपेलो प्रहरी विभागले सम्भावित दुर्घटनाको सावधानीबारे सचेत गराउँदै नागरिकहरूलाई ...
कक्षा १२ : ग्रेड वृद्धि परीक्षाकाे समय तालिका सार्वजनिक (सुचनासमेत)

कक्षा १२ : ग्रेड वृद्धि परीक्षाकाे समय तालिका सार्वजनिक (सुचनासमेत)

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल,भदाै १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको बस विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नम्बरहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने छ।त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूहले परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा सुल्क बुझाउनु पर्नेछ।कार्यालयका अनुसार २०७९ सालको जेठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा निममित परीक्षार्थीको रुपमा परीक्षामा सहभागी भइ सैद्धान्तिकतर्फ अन्य विषयमा न्...
कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी चेक गर्नुहाेस्

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सचतक नेपाल डेस्क,१७ भदाै, राैतहट । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्...
राष्ट्रिय सभाको बैठक आज बस्दै , नागरिकता बिधेयक पारित हुने तयारीमा

राष्ट्रिय सभाको बैठक आज बस्दै , नागरिकता बिधेयक पारित हुने तयारीमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,१७ भदाै, राैतहट । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ ।उक्त विधेयक आजै गृहमन्त्री बालकृष्ण खाणले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।...