Sunday, September 13
Shadow

ताजा-अपडेट

कार्यालय प्रशासन प्राविधिककाे भर, कर्मचारी कामप्रति सुस्त

कार्यालय प्रशासन प्राविधिककाे भर, कर्मचारी कामप्रति सुस्त

ताजा-अपडेट, मुख्य समाचार
पाल्पा - जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताएकाे छ । पाल्पाका कतिपय स्थानीय तहमा प्रशासन क्षेत्रमा कर्मचारी अभाव भएपछि प्राविधिक कर्मचारीलाई दैनिक प्रशासनिक काममा लगाउन बाध्य पारिएको छ । कतिपयले भने प्राविधिक कर्मचारीलाई प्रशासन क्षेत्रको जिम्मेवारी नै तोकेर काममा लगाउने गरेका छन् ।जिल्लाको माथागढी, निस्दी, बगनासकाली, पूर्वखोला गाउँपालिकामा प्राविधिक कर्मचारीलाई वडा कार्यालयको पञ्जीकरण तथा दैनिक कामकाजमा खटाइएको छ । स्वास्थ्य क्षेत्रको काम गर्न जिम्मेवारी पाएका अनमी र अहेबले वडा कार्यालयमा घटना दर्ता तथा चिठ्ठीपत्र प्रमाणितको काम गर्दै आएका छन् ।कतिपय स्थानीय तहले भने पशु तथा कृषि प्राविधिकलाई समेत दर्ता चलानी तथा पालिकाको अन्य काममा लगाउने गरे...
फतुवा बिजयपुर नगरपालिकाकाे नगरसभा सम्पन्न

फतुवा बिजयपुर नगरपालिकाकाे नगरसभा सम्पन्न

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाले छैटौ नगरसभा बुधबार सम्पन्न गरेको छ ।फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४९ करोड ४९ लाख ९९ हजार बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाकाे कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले उद्घाटन गर्दै बजेट प्रस्तुत गरिएकी थिइन् । चालू आवका लागि कुल संशोधित बजेट ४९ करोड ४९ लाख ९९ हजार नगरसभाबाट स्वीकृती भएको छ । स्वीकृत ऐन र कार्यविधिमा स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, पूर्वाधार, सुशासन, खेलकुद, कृषि तथा पशु,उद्यमशील्ता तथा प्रवद्धन नीति,उद्योग तथा व्यापार निति,पर्यटन निति,सार्वजनिक निजि साझेदारी निति,समाजिक विकास नीति,स्वास्थ्य तथा पोषण नीति,महिला बालबालिका किशोर किशोरी,जेष्ठ नागरिक, अपांगता तथा समाज कल्याण निति, समाजिक विकास,सुरक्षा तथा संरक्षण नीति,सुचना तथा संचार निति,विपद् व्यवस्थापन नीति लगायतका दर्जनौं लोककल्य...
सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

अन्य, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज जितेका छन् ।अनुजा मिडियाद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच ग्रान्ड फिनाले सम्मन्न भएको हो । साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्यूटी विथ पर्पोस स्यारोन बज्राचार्यले जितेकी छन् ।कार्यक्रममा मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठ जित्न सफल भइन् । प्रमुख निर्णायक शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायक समाजसेवी कमलकेशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, ब्यूटिसियन रुश्का श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर कार्की र मोडेल निशा राई थिए ।ब्रीज इन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन थियो । प्रमुख अतिथि शिक्षाविद् डा. राजेन्द्र केसीले यस्ता कार्यक्रमले किशोरीको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने विश्वास व्यक...
वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेसिकालाई

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेसिकालाई

banner-news-1, ताजा-अपडेट, शिक्षा
गाैर । ५८ औं बाल दिवसकाे अवशरमा एस आर आर मिडिया नेपाल प्रालिले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा जेसिका साह प्रथम श्रेणी ल्याएकी छिन्। सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर आर मिडिया प्रालि र मिडिया पार्टनर प्रदेश अनलाईन न्यूज काे आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमीमा अध्ययनरत् जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सातमा अध्ययनरत छिन् । हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो ।कुल १७ जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए जसमध्ये जेशिका साह प्रथम भएकी हुन् । दोस्रो श्रेणीमा माध्यमिक बिद्यालय- ५ मा अध्ययनरत अबिनिस यादब र मित्र मेमोरियल विधालयका...
वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेनिसालाई

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेनिसालाई

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
गाैर । ५८ औं बाल दिवसकाे अवशरमा एस आर आर मिडिया नेपाल प्रालिले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा जेसिका साह प्रथम श्रेणी ल्याएकी छिन्। सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर आर मिडिया प्रालि र मिडिया पार्टनर प्रदेश अनलाईन न्यूज काे आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमीमा अध्ययनरत् जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सातमा अध्ययनरत छिन् । हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो । कुल १७ जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए जसमध्ये जेशिका साह प्रथम भएकी हुन् ।   दोस्रो श्रेणीमा माध्यमिक बिद्यालय- ५ मा अध्ययनरत अबिनिस यादब र मित...
निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

निर्माण व्यवसायी संघका पदाधिकारीहरुलाई मन्त्री यादवद्वारा बधाई तथा शुभकामना

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादवराैतहट। निर्माण व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई मधेश प्रदेश सरकारका कृषि,सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री माननिय याेगेन्द्र राय यादवले फुलमालासहित बधाई एवम् स्वागत गर्नुभएको छ। फाइल फोटो मंगलबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे पार्टी कार्यालय गाैरमा प्रथम पटक आउनुभएको संघका अध्यक्ष ई.कृष्णदेव यादव , उपाध्यक्षसहितका पदाधिकारीहरुलाई मन्त्री यादवले फुलमालासाथ सम्मान गर्दै बधाई ज्ञापन गर्नुभयाे । " निर्माण व्यवसायी संघका अध्यक्ष र पेशाले इन्जिनियर रहेका नवनिर्वाचित कृष्णदेव यादव लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुले नगर, जिल्ला र देश निर्माणमा अहम भुमिका निर्वाह गर्नुहुनेछ भन्न आशासाथ बधाई ज्ञापन गर्दछु " कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री याेगेन्द्र राय यादवले भने । राज्यमन्त्री याेगेन्द्र राय यादव बिगतका‌ दिनमा निर्माण व्यवसायी सं...
चार महिनादेखि यातायात पुर्णरुपमा ठप्प

चार महिनादेखि यातायात पुर्णरुपमा ठप्प

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्। लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिकको सिङ्गो नारायण खोला गाविसबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ। गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका बासिन्दा लालबन्दी बजारसम्म आउन चाररपाँच घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ। पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पुलगायतका अन्य सव...
सरकारले दिएनन् पैसा , चन्दा संकलनबाट खेल हुने

सरकारले दिएनन् पैसा , चन्दा संकलनबाट खेल हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
पोखरा । सरकारले समयमा बजेट निकासा नदिएपछि खेलाडीलाई खेल सामग्री किन्न पोखरामा चन्दा संकलन सुरु भएको छ ।सरकारसँग पटक पटक पैसा माग्दा अहिलेसम्म निकासा दिएको छैन । खेलको मिति नजिकै आइसकेको छ । त्यसका लागि असोज १ गतेबाट प्रदेश स्तरीय खेलाडीको बन्द र विशेष प्रशिक्षण हुँदै छ । तर त्यसका लागि खेल सामग्री अहिलेसम्म खरिद भएको छैन ।कास्की जिल्ला फेन्सिङ एसोसिएसनले चन्दा संकलन सुरु गरेको हो । ‘नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन । प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरूलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होला जस्तो लाग्यो,’ अध्यक्ष विजय शाहीले भने, ‘मैले खेलाडीको हितका लागि लाजै नमानी सामाजिक सञ्जाल मार्फत नै हात फैलाउन बाध्य भएँ ।’प्रदेशका खेलाडीलाई प्रशिक्षणमा राख्ने बेलासम्म पनि खेल सामग्र...
राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

राष्ट्रिय अनुसन्धान विभागकाे प्रमुखमा हुतराज थापा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । हुतराज थापा हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए । उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए ।त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ । अब तीन वर्षपछि जोशी र कार्कीबीच विभागको प्रमुखका लागि प्रतिस्पर्धा हुने भएको छ।एजेन्सी...
समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

ताजा-अपडेट, मुख्य समाचार
सैलेश तिवारी बारा । पत्रकारिता पेशामा केहि अपराधी मनस्थित बोकेका ब्यक्तिहरूले गर्दा हालको समयमा अधिकान्स पत्रकारहरू माथि औला उठन थालिएको छ । भुमिगत रहि पत्रकारिता गर्दै आएकाहरूले केहि रकमको लोभमा परि कुनै प्रहरी माथि आरोप प्रत्यारोप लगाउदै समाचार सम्प्रेषण गरेको पाइएको हो । भादौ २१ गते बाराको बलिरामपुर मुसहर्वा सिमानाकाको समाचार प्रकाशन भएको थियो । प्रहरी हवल्दार चन्द्र भुषण मिश्राको सेटिङ्ग अवैध धन्दा फस्टाएको शिर्षक राखि समाचार सम्प्रेषण गरिएको थियो । तर प्रहरी हवल्दार मिश्राको श्रीमतीको मुटुको अपरेसन भएको कारण मिश्रा आफ्नो श्रीमतीको हेरचाह गर्नको लागि सधैं घर जान्छन् । उनि बलिरामपुर मुसहर्वा प्रहरी चौकिमा कार्यरत रहेका छन् तर घुमुवा नभइ उनि आफ्नो ड्युटीमा खटने गरेको प्रहरी चौकिका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारी बताउछन । प्रहरी नायब निरीक्षक अधिकारीले आफ्नो ड्युटी सकाएर नजिकै ब...