Sunday, September 13
Shadow

ताजा-अपडेट

नेपाल सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

नेपाल सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ। नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत पदका लागि दरखास्त माग गरेको हो ।२ सय २९ जना मध्ये ११७ खुला, आदिवासी जनजाति ३०, मधेसी २८, महिला २२, दलित १४, नेपाली सेनाका सन्तति ११ र पिछडिएको क्षेत्र ७ लागि आवेदन आह्वान गरिएको हो ।एक महिनाको समयमा देखिएर आजबाट भर्ना लागि आवेदन दिने व्यवस्था गरेको सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । केन्द्रीय भर्नाका लागि स्वयम्भूस्थित बारुदखानामा छुट्टाइएको छ भने सात वटै प्रदेशको पृतनामा प्रारम्भीक भर्ना हुने सेनाले जनाएको छ ।...
चीनकाे एक भवनमा भीषण आगलागीपछि..

चीनकाे एक भवनमा भीषण आगलागीपछि..

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
एजेन्सी । चीनकाे एक भवनमा भीषण आगलागी भएको छ। शुक्रबार चीनको हुनान चाङ्शामा रहेको एउटा भवनमा आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ।
भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

खेलकुद, ताजा-अपडेट
त्रिपुरेश्वर - भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोली छैटौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार साँझ भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि १-० गोलअन्तरको ऐतिहासिक जित निकाल्दै फाइनलमा प्रवेश पाएको हो । उक्त खेलको पहिलो हाफमा नेपालले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समर्थकको गतिलो साथ पाएको नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । प्रीति राईले १८ यार्ड बक्सको बायाँ साइडबाट निकालेको पासमा रश्मीकुमारी घिसिङले गोल गरिन् । उक्त गोलको अग्रतालाई नेपालले खेलको पुरै समय जोगाउन सफल भएसँगै फाइनलमा स्थान पक्का गरेको हो। महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि न...
नक्कली प्रमाणपत्रकाे मुद्दामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर दाेषी ठहर

नक्कली प्रमाणपत्रकाे मुद्दामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर दाेषी ठहर

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतलाई अदालतले दोषी ठहर गरेको छ । अनुसन्धान अधिकृत तारा बहादुर कुँवरलाई शुक्रबार बिशेष अदालतले दोषी ठहर गरेको हो ।अख्तियार दुरुयोग अनुसन्धान आयोगले ३१ जेठ २०७५ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले माध्यमिक शिक्षा परिषद् ,उत्तरप्रदेश भारतबाट आईए उत्तिण गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका थिए । जसमा बिशेषका न्यायाधीहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुशी प्रसाद थारुको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।राष्ट्रिय अनुसन्धान विभागमा धेरै जना राजनीतिक सोर्सफोर्स तथा आर्थिक चलखेलका आधारमा जागिर खाने भएकाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दछन् । अहिले पनि पदमा रहेका केही व्यक्तिहरुको प्रमाणपत्र नक्कली रहेको स्रोत बताउँछ । दृष्टि न्यूज...
डा. सज्जनको पहलमा सयौँ छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण

डा. सज्जनको पहलमा सयौँ छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
महोत्तरी । जलेश्वर नगरपालिका-१० सारी निवासी युवा,समाजसेवी चिकित्सक डा. सज्जन ठाकुरको विशेष पहलमा विभिन्न विद्यालयहरूमा अध्ययनरत सयौँ छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न सामग्रीहरू वितरण गरिएको छ । बिहिबार महोत्तरीको जलेश्वर नगरपालिकाको विभिन्न वडामा रहेका सार्वजनिक विद्यालयहरूमा अध्ययनरत सयौँ छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न सामग्रीहरू वितरण गरिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा स्थित युग कवि सिद्धिचरण आधारभुत विद्यालयका १५१ जना र जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सापतैलीको श्री माध्यमिक विद्यालयमा ३५१ जना विद्यार्थीहरुको अभिभावकलाइ एक कार्यक्रम बिच खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । यो वितरण डा। सज्जन ठाकुरको विशेष पहल तथा सफा सुनौलो नेपाल काठमाडौं र चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपालको आर्थिक सहयोगमा गरिएको छ । रतवारामा पुर्व स...
पेस्तोल र गोलीसहित बुटवलबाट एक जना पक्राउ

पेस्तोल र गोलीसहित बुटवलबाट एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
बुटवल– बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने तीन राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
राजदेवीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

राजदेवीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट – जिल्लाको राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ मासटोल बस्ने १० वर्षिया अञ्जली कुमारी राम रहेकी छन्। सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट अन्जलिको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
प्रधानमन्त्री देउवाद्वारा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा

प्रधानमन्त्री देउवाद्वारा खेलकुद विश्वविद्यालय खोल्ने घोषणा

banner-news-1, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ –प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्नुहुँदै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाल खेलकुदप्रति धेरै नै अगाडि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ तर पनि ओलम्पिकलगायत धेरै विधामा हाम्रा साथीहरुले भाग लिनुभएको छ । हाम्रा धेरै युवा पनि खेलकुदमा रमाउँछन् । हाम्रा मन्त्रीज्यूले मलाई खेलकुद विश्वविद्यालय खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेल...
आमाकाे हत्या अभियाेगमा छाेरा‌ पक्राउ

आमाकाे हत्या अभियाेगमा छाेरा‌ पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
धनुषा । धनुषामा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन्। धनुषाको सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज मण्डललाई आमाको हत्या गरेको आरोपमा ईलाका प्रहरी प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो।मण्डललाई शुक्रबार बिहान उनकै घरबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सबैलाको प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए। प्रहरीका अनुसार मण्डलले घरायसी विवादको कारण आँफै ३६ वर्षीया आमा सिकिलिया देवी मण्डलको हत्या गरेको छ।गएराती पौने १ बजेको समयमा लागूऔषध (ड्रग्स) प्रयोग गरेर अफ्नै आमालाई मारेको घटना स्थानीयहरुले थाहा पाएपछि स्थानीय प्रहरीलाई जानकारी गराएको थियो। 'मृतकको शरीरको बाहिर भागमा त्यस्तो कुनै नीलडाम देखिएको छैन। शव प्रकृति हेर्दा घाटी थिचेर हत्या गरेको जस्तो देखिन्छ प्रहरी निरीक्षक सिंहले भनेु तर वास्तविक कुरा पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै खुल्छ।'मृतक सिकिलिया घरमा श्रीमान...
“प्रहरी हाै” भन्दै ३० लाख लुटेको आरोपमा ३ युवा पक्राउ

“प्रहरी हाै” भन्दै ३० लाख लुटेको आरोपमा ३ युवा पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं -‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्‍ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्‍ने ३० वर्षीय देव लामा र रामेछापको सुनपाती गाउँपालिका-१ घर भई कपन बस्‍दै आएका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो ।भदौ २२ गते ११: १० बजेको समयमा ठमेलमा सञ्‍चालित ओरियण्टल मनी एक्सचेन्ट बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्‍याइ साथमा भएको ३० लाख २३...