Sunday, September 13
Shadow

ताजा-अपडेट

राजस्व चुहावटको अभियोगमा मुद्दा

राजस्व चुहावटको अभियोगमा मुद्दा

ताजा-अपडेट, मुख्य समाचार
कास्की - राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका–७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मरको साथबाट केही समय पहिले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएको अवस्थामा दुई सय ३८ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो ।बरामद भएको सुनका सिक्री आफ्नो भएको दाबीसहित सरोज विभागमा उपस्थित भएका थिए । अनुसन्धानका क्रममा ती सुनको गहना राजस्व छलीको भएको पुष्टि भएको छ । विभागले उनीहरुविरुद्ध रु १८ लाख ९४ हजार दुई सय बराबरको बिगो दाबीका साथ कैद सजायको माग गरेर मुद्दा दायर गरेको आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।...
सामानुपातिकमा कसरी हुन्छन् सांसद निर्वाचित ?

सामानुपातिकमा कसरी हुन्छन् सांसद निर्वाचित ?

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडाैँ - प्रतिनिधिसभा १ सय १० र प्रदेशसभातर्फ २ सय २० सिटका लागि हाल दलले बुझाएको बन्द सूचीमा दाबी उजुरी जारी छ । यही असोज २३ गतेबाट सुरु भएको सो कार्यक्रम यहि २९ गतेसम्म जारी रहने छ ।सबै वर्ग र जातजातिलाई राज्य संरचनाको सबै तहमा सहभागी गराउन २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलोपटक प्रयोग गरिएको समानुपातिक निर्वाचन प्रणालीमा कसरी उम्मेदवारी निर्वाचित हुन्छन् भन्ने चासोको विषय बनेको छ ।प्रतिनिधिसभामा १ सय १० सिट र प्रदेशसभामा २ सय २० सदस्य समानुपातिकतर्फबाट उम्मेदवार चयनका लागि दलहरुले यही असोज २ र ३ गते उम्मेदवारी दर्ता गराएका थिए । आयोगको निर्वाचन तालिका अनुसार दलहरुले बन्द सूची पेश गरिसकेका छन् । दलहरुले पेश गरेको सूचीका आधारमा निर्वाचन आयोगले पहिलो चरणको बन्दसूची सार्वजनिक गरिसकेको छ ।अहिले दोस्रो चरण अन्तर्गत दलहरुले पेश गरेको नामावलीविरुद्ध दाबी उजुरी पेश गर्ने कार्यक्रम जारी छ ।...
गाैरमा श्राेत नखुलेको नगदसहित एक जना पक्राउ

गाैरमा श्राेत नखुलेको नगदसहित एक जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - श्राेत नखुलेको रुपैयाँ सहित आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार करिब १२ बजेकाे समयमा राैतहटकाे गाैरबाट एक जनालाई श्राेत नखुलेको नौँ लाख चौसठ्ठी हजार नगद नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ-६ बस्ने अंदाजी बर्ष ३६ को राज कुमार भवन रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो। उनका अनुसार गाैर नगरपालिका -१ स्थित ट्रानसमिटर चाेकमा प्रहरी टाेलीलाई शंका लागेपछि बिआर ३० भि ०५३१ नम्बरकाे भारतीय माेटरसाइकल चेकजाँच गरेको थियो। चेकजाँच गर्ने क्रममा माेटरसाइकलकाे बाँया हैण्डिलमा कालो प्लास्टिकको झोलाबाट नगद फेला परेको प्रवक्ता मल्लले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारतब...
आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन साथै चुनाव चिन्ह पाउने

आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन साथै चुनाव चिन्ह पाउने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो।राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।...
मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

मंसिर ४ काे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका छन्।उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्म...
राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट‌ प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल,‌ फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला ‌परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६ ...
अमेरिकी डीभी खुल्यो

अमेरिकी डीभी खुल्यो

banner-news-1, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौं - अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।...
सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

सन्दिपलाई पक्राउ गरि गाैशाला वृत लगियाे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए ।दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।...
४ लाख रुपैयाँ सहित ११ जुवाडे प्रहरी फन्दामा

४ लाख रुपैयाँ सहित ११ जुवाडे प्रहरी फन्दामा

ताजा-अपडेट, मुख्य समाचार
दार्चुला - दार्चुलामा दार्चुलामा ४ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ परेका छन् ।महाकाली नगरपालिका–४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको हो । ...
जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

जनकपुरकाे राजदेवी मन्दिरमा करिब १५ हजार बाेकाकाे बलि

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर - जनकपुरधामको राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सकिएको छ। सोमबार राती ८ बजेदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान् ३ बजेर ५३ मिनेटसम्म चलेको थियो।यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो। बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू सोमबार दिउँसैदेखि बोका लिएर लाममा बसेका थिए।बोकाबलीका लागि यसपालि मन्दिरमा ४ वटा ठेहा राखिएको थियो। प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो। एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो।राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो।...