Saturday, September 12
Shadow

ताजा-अपडेट

आज काग तिहार

आज काग तिहार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ ।हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ ।यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार पर्सि मंगलबार गाईको पूजा गरिन्छ । बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । ब...
भारतीय गाडीको लस्कर लागेर गरियो मन्त्रीकै प्रचार<br>

भारतीय गाडीको लस्कर लागेर गरियो मन्त्रीकै प्रचार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
कपिलवस्तु - लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री तथा कपिलवस्तु क्षेत्र नं १ को २ का उम्मेदार सहश्रराम यादवको प्रचारमा भारतीय गाडीको प्रयोग भएको पाइएको छ । बहालवाला मन्त्रीकै प्रचारमा यसरी गाडीको लस्कर लागेपछि उनी विबादमा तानिएका छन् ।यादवको प्रचारमा आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग हुँदै आएपनि अहिलेसम्म निर्वाचन आयोगमा उजुरी भने परेको छैन । शनिबार नेपाली काँग्रेसका उमेद्वार सहसराम यादवको प्रचारमा उनका कार्यकर्ताले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा मन्त्री यादवसँगै ती भारतीय गाडी प्रयोग भएको हो ।यादवको प्रचारमा भारतीय गाडीको लस्करमा आएर उनका कार्यकर्ता तथा स्थानीय नेताहरुको उपस्थितीमा शनिबार प्रचार कार्यालय उद्घाटन गरिएको छ । यादव यसअघि जसपाबाट निर्वाचित भएर मन्त्री बनेका नेता हुन् । उनले अहिले मनोनयन गर्ने दिन नेपाली कांग्रेस प्रवेश गरेर उम...
निर्वाचनका लागि राैतहटमा आज देखि म्यादीकाे तालिम सुरु

निर्वाचनका लागि राैतहटमा आज देखि म्यादीकाे तालिम सुरु

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे निवार्चनका लागि छनाेट भएका म्यादी प्रहरीहरुकाे तालिम आजबाट सुरु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यकाे निवार्चनमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरीले ठुलाे संख्यामा म्यादी प्रहरीकाे माँग गरेकाे थियाे । साेही‌ छनाेट भएका म्यादी प्रहरीकाे तालिम आजबाट हुदैछ । म्यादी प्रहरी भर्ना तथा छनौट, नियुक्ति तथा परिचालन मापदण्ड २०७९ अनुसार म्यादी प्रहरीमा भर्ना खुलेको थियो । भर्ना खुलेसँगै ९ हजार २ सय २६ ले राैतहटमा आवेदन दिएका थिए । जसमध्ये कुल माँगपद संख्या २९३९ रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल मल्लले जनाएका थिए। छनाेट भएका म्यादीहरुलाई आजबाट जिल्ला प्रहरी कार्यालयले तालिम दिदैछ ‌। गाैर स्थित राइस मिलबाट तालिमकाे उद्घाटन भएको छ । उक्त उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक बिरबहाद...
मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – अगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र ढुवानी गरिरहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हाल समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।...
सर्लाही-४ (ख) मा श्रीचन रायकाे पक्ष बलियो (फोटो फिचर)

सर्लाही-४ (ख) मा श्रीचन रायकाे पक्ष बलियो (फोटो फिचर)

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - आसन्न मंसिर ४ काे प्रतिनिधिसभा सदस्य र प्रदेश सभाकाे निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिने संख्या बढी देखिन्छ । निर्वाचन क्षेत्र नं ४ काे 'ख' स्वतन्त्रबाट प्रदेश सभामा उम्मेदवारी दिएका सुजन यादव भन्ने श्रीचन रायकाे पक्ष बलियो रहेकाे स्थानीयहरु बताउँछन् । बिगत लामाे समय देखि नेकपा माओवादी केन्द्र पार्टीमा आवद्ध भइ राजनितिक गर्दै आएका सुजन यादवकाे जित सुनिश्चित भएको व्यापक चर्चा छ । स्थानीय झगरु महताेकाे अनुसार हामीले अब पार्टी र जाति भन्दा पनि काम गर्न इक्छाशक्ति भएका उम्मेदवारलाई मत दिनेछाैं । प्रदेश सभा सदस्य पदकाे उम्मेदवार श्रीचन यादव वाइसिएल काठ्माण्डौ उपत्यका उम्मेदवार पनि रहेका थिए । जनताकाे हक अधिकारका लागि ६ वर्ष उनी नख्खु कारागारमा जिवन व्यतित गरेका थिए। ६ वर्ष कारावासमै जीवन व्यतीत गरेका सुजन यादवले उक्त मुद्दामा आखिर सफाई पाए । शिक्षि...
एमालेबाट प्रभु साह निष्कासित, पार्टी विघटन

एमालेबाट प्रभु साह निष्कासित, पार्टी विघटन

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट- नेकपा एमाले पार्टीबाट प्रभु साहलाई निष्काशित गरिएको छ। यससंगै नेकपा एमाले रौतहटकाे जिल्ला कमिटी विघटन भएको छ ।एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन् ।त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।अनलाईन खबर...
अपरहण परेको युुवकको शव एक फेला

अपरहण परेको युुवकको शव एक फेला

ताजा-अपडेट, मुख्य समाचार
विराटनगर – विराटनगरको एक होटलमा सिरहाको युवकको शव भेटिएको छ । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवक अंशु सदाको शव विराटनगरको होटलमा भेटिएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा सदाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । प्रहरीका अनुसार होटलको रेकर्डमा असोज २६ गते सदा इन्ट्री भएको देखिएको छ । उनी सिरहाबाट अपहरण गरेको कुरा आएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
मधेश प्रदेशका ३ मन्त्री पदमुक्त

मधेश प्रदेशका ३ मन्त्री पदमुक्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरिएको हो । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए । बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।...
बलराका नगरप्रमुख कुशवाहाद्वारा विद्यालय भवनको शिलान्यास

बलराका नगरप्रमुख कुशवाहाद्वारा विद्यालय भवनको शिलान्यास

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही – बलरा नगरपालिका स्थित जनता नमूना माध्यमिक विद्यालयको चार कोठो भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै जाँदा थप व्यवस्थापनको लागि निमार्ण कार्य थालिएको छ । नमूना विद्यालय कार्यक्रम अन्तरगत करिब ६० लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास आज सम्पन्न भएको हो । सर्लाही जिल्लाको बलरा नगरपालिका–८ मा रहेको जनता नमूना माध्यमिक विद्यालयमा थप व्यवस्थापनको लागि शिलान्यस गरिएको विद्यालय प्रशासनले जनाएको छ । बिद्यालय व्यवस्थापनको अध्यक्ष तथा संविद्यानसभा सदस्य माननिय शिवपुजन यादवको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रममा बलरा नगरपालिकाका नगरप्रमूख रामाशंकर कुशवाहाले सो भवनको शिलान्यास गर्नुभएको छ । सम्पन्न भएको शिलान्यास कार्यक्रममा बलरा नगरपालिका–१० का वडा अध्यक्ष दिनेश कुशवाहा, वडा नं. ८ का अध्यक्ष छित्नु शाह, विद्यालयका प्रधानअध्यापक, व...
जनकपुरधाम महाेत्सवमा सर्वसाधारणकाे घुइँचो

जनकपुरधाम महाेत्सवमा सर्वसाधारणकाे घुइँचो

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम - मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको जनकपुरधाम महोत्सव २०७९ मा सर्वसाधारण घुइँचो बढ्दै गएको छ ।कोरोना महामारी तथा आर्थिक मन्दीका कारण सुसुप्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सिया इभेन्टको आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको हाताभित्र सुरु भएको महोत्सवमा राखिएका प्रदर्शनी कक्षमा सर्वसाधारणको घुइँचो बढ्दै गएको हो ।यही असोज २३ गतेदेखि सुरु भएको महोत्सव आगामी असोज २९ गते शनिबारसम्म चल्ने छ । महोत्सवमा राखिएको नेपाली उत्पादनका साथै बङ्गलादेश, पाकिस्तान, भारत तथा चीनका विभिन्न सामानहरूप्रति दर्शकहरूको आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक राकेश महतोले जानकारी दिनुभयो ।“नेपालीसँगै विदेशी कपडा र सामानप्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा अहिले दैनिक पाँच सयदेखि सात सयसम्मको हाराहारीमा अवलोकनकर्ता आउने गरेका छन् ।” आउनेमध्ये ...