Saturday, September 12
Shadow

ताजा-अपडेट

३८ जना भन्दाबढी भारतिय नागरिक र बालबालिका उद्धार

३८ जना भन्दाबढी भारतिय नागरिक र बालबालिका उद्धार

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे एक नगरपालिकामा अलपत्र अवस्थामा रहेका भारतीय नागरिकहरुलाई राैतहट प्रहरीले उद्धार गरेको छ । राैतहटकाे परोहा नगरपालिका- ४ स्थितमा रहेको अमन ईट्टा उधयोगमा केही भारतीय नागरिकहरु अलपत्र अवस्थामा रहेका थिए। भारत उत्तर प्रदेश जिल्ला समत अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकाहरु अलपत्र अवस्थाबाट राैतहट प्रहरीले बुधबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। अलपत्र अवस्थामा रहेको सूचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले निज भारतीय नागरिकहरुलाई उदार गरेकाे थियाे । उद्धार गरिएका नागरिकहरुलाई भारत बिहार जिल्ला सितामढी बैरगनिया स्थितमा रहेको एसएसबिको जिम्मा लगाइएकाे प्रहरीले जनाएको छ।...
आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ राष्ट्रपति भण्डारीलाई

आइल्याण्डमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ राष्ट्रपति भण्डारीलाई

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइसल्याण्डको रेक्जाभिकमा ‘डब्ल्युपीएल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ।उनलाई रोक्जाभिक ग्लोबल फोरममा वमन पोलिटिकल लिडर्सकी अध्यक्ष तथा संस्थापक र युरोपेली संसदकी पूर्वउपाध्यक्ष सिल्भाना–कोच मेहरिनले उक्त अवार्ड प्रदान गरेकी हुन्।अवार्ड प्रदान कार्यक्रममा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडटिर र आइसल्याण्डका पूर्वराष्ट्रपति भिग्डिस फिनबोगाडोटिर पनि उपस्थित रहेका थिए।राष्ट्रपति भण्डारीले आफूले प्राप्त गरेको उक्त अवार्ड लैङ्गीक सशक्तिकरण र समावेशीकरणकालाई नेपालले अहिलेसम्म हासिल गरेका उपलब्धिहरुका लागि योगदान पुर्याएका नेपाली महिलाहरुमा समर्पित गरेकी छन्।अवार्ड ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले लैङ्गीक सशक्तिकरणमा नेपाल को प्रगति र प्रतिबद्धता र यस क्षेत्रमा थप प्रगति गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन्।...
बाजुरामा भुकम्पकाे झटका

बाजुरामा भुकम्पकाे झटका

ताजा-अपडेट, मुख्य समाचार
बाजुरा - सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।...
आगाे ताप्ने क्रममा जलेर एक बालककाे मृत्यु

आगाे ताप्ने क्रममा जलेर एक बालककाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
तनहुँ- तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ ।  भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो ।  भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ । २१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । ...
पुर्व प्रधानमन्त्री नेपालसँग कडा प्रतिस्पर्धामा पुर्व मेयर अजय गुप्ता

पुर्व प्रधानमन्त्री नेपालसँग कडा प्रतिस्पर्धामा पुर्व मेयर अजय गुप्ता

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा व्यस्त छन्। समाचार तयार पारिएकाे दिन देखि निर्वाचनमा जम्मा ९ दिन बाँकी रहेको छ । राैतहट‌ इतिहास पानामा नाम बटुल्न सफल भएको जिल्ला हाे । राैतहटकाे क्षेत्र नं १ मा यसपालि कडा प्रतिस्पर्धा हुने भएको छ। एकातिर नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलिय गठबन्धनबाट मनाेनयन दर्ता गराएका हुन् भने अर्कातिर गाैर नगरपालिकाका पुर्व‌ नगरप्रमुख अजय कुमार गुप्ताले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् । क्षेत्र १ मात्र नभएर जिल्लाकै चुनावी माहाेल तातिएकाे देखिन्छ।प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका दुवै उम्मेदवार माधवकुमार नेपाल र अजय गुप्ता बिच कडा प्रतिस्पर्धा हुदैछ । माधव नेपाललाई पाँच दलिय गठबन्धनकाे सहयाेग छ । यता अजय गुप्तासँग देखिएकाे भिडले...
राैतहटकाे क्षेत्र नं २ मा डा.फिरदाेस आलमकै व्यापक चर्चा

राैतहटकाे क्षेत्र नं २ मा डा.फिरदाेस आलमकै व्यापक चर्चा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - चुनाव नजिकिँदै सर्वसाधारण माझ उम्मेदवारहरुकाे व्यापक चर्चापरिचर्चा सुरु भएको छ। राैतहट क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा.फिरदाेस आलमकाे व्यापक चर्चा सुरु भएको पाइएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभाकाे निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नाे तयारीलाई तिव्रता दिएको छ। मतदातासँग भेट्न घरदलाै कार्यक्रमलाई पनि तिव्र गतिमा सारेकाे देखिन्छ। फाइल फोटो क्षेत्र नं २ का एक स्थानीयका अनुसार यसपालि हामी डा.फिरदाेस आलमलाई नै मत दिएर बिजय गराउने बताउँछन् । डा. आलम पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हुन् । उनले नेपाली कांग्रेसका चुनाव चिन्ह रुखबाट उम्मेदवारी दर्ता गराएका हुन्। फाइल फोटो समाचार तयार पारेकाे दिन देखि निर्वाचनका लागि मात्र निर्वाचन ९ दिन बाँकी रहेकाे छ ‌। राैतहटमा कुल ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा सदस्य पद रहेकाे छ । डा....
सिमावर्ती जिल्ला बाँकेमा हतियार संकलनमा ठुलाे चुनाैती

सिमावर्ती जिल्ला बाँकेमा हतियार संकलनमा ठुलाे चुनाैती

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
बाँके - जिल्लामा लाइसेन्स लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङ्ख्या ठुलै रहेको छ । तर, निर्वाचनका बेला ती हतियार प्रहरी इकाईमा जम्मा गर्नुपर्ने सूचना जारी गरेर जम्मा नगरे कारवाही हुने चेतावनी दिइए पनि निकै कमले मात्र जम्मा गर्ने गरेको पाइएको छ । गत वैशाखमा पनि स्थानीय तहको निर्वाचनका बेला १० भन्दा कम मात्र हतियार प्रहरी इकाईमा जम्मा गरिएका थिए । २०७४ सालमा भएको निर्वाचनमा समेत प्रशासनले पटक पटक सूचना जारी गर्दा पनि लाइसेन्स वाला हतियार प्रहरी इकाई मा निकै कम सङ्ख्यामा जम्मा गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङक अनुसार जिल्लामा ५५५ जनाले हतियार राख्न अनुमति लिएर एक हजार जति हतियार राखेका छन् । गत आर्थिक वर्ष २०७८-०७९ मा एउटा हतियार नामसारी भएको छ । उक्त अवधिमा १६९ वटा हतियार नवीकरण गरेको प्रशासनको तथ्याङक रहेको छ । प्रशासनले हातहतियार नवीकरणबाट मात्रै गत आर्थिक वर्षमा ५ ला...
दादागिरी शैलीमा मत माग्दै प्रभु साहका कार्यकर्ता , धरहरी‌मा झडप

दादागिरी शैलीमा मत माग्दै प्रभु साहका कार्यकर्ता , धरहरी‌मा झडप

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - जिल्लाको एक नगरपालिकामा आज क्षेत्र नम्बर ३ को स्वतन्त्र उम्मेदवार प्रभु शाह र ३( ख) प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार कुन्दन कुशवहाका समर्थन र कार्यकर्ताहरुले दादागिरी शैलीमा मत माग्दै गरेकाे स्थानीयहरुले आराेप छ । बुधबार (आज ) करिब ३ बजे क्षेत्र नं ३ बाट सांसदका लागि उम्मेदवारी दिएका प्रभु साहकाे मत माग्न उनकी श्रीमति एवम् माैलापुर नगरपालिकाकि नगरप्रमुख रिना साह साथै मेयर प्रेमलाल साह सहित अन्य कार्यकर्ताहरु देवाही गाेनाही नगरपालिका- ९ स्थित धरहरी पुगेका थिए । दुवै मेयर लगायत कुन्दन कुशवाहाको श्रीमति धरहरीकै स्थानीय स्वर्गीय शिक्षक सुनिल यादवको घर पुगेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार प्रभुलाई र कुनै मत दिनुपर्छ भन्दै धम्काएका थिए । चर्क्राचर्की हुदै दुवैपक्ष बिच झपड भयाे । झपडकाे क्रममा ५ जना स्थानीय मतदाता घाइते भएका छन्। घाइते हुनेमा अजय यादव,सानोज यादव,मानिस यादव,रिकेश ...
राैतहट प्रहरीद्वारा पर्चा पम्लेट हटाईयाे

राैतहट प्रहरीद्वारा पर्चा पम्लेट हटाईयाे

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - निर्वाचन आचारसंहिता बिपरित टासिएका पर्चा पम्लेटहरु राैतहट प्रहरीले मंगलबार हटाएकाे छ । जिल्ला निर्वाचन अचार संहिता अनुगमन समितिको निर्देशनमा मंगलबार ति पम्लेटहरु हटाइएकाे हाे । जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट आ-आफ्नो वडा एरियामा खटीएको प्रहरी टोलीले सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, दल/ उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरुलाई हटाईएको प्रहरीले जनाएको छ।...
अनधिकृत व्यक्तिसँग ककपिटमा भिडियो बनाएपछि पाइलटनै कार्वाहीमा

अनधिकृत व्यक्तिसँग ककपिटमा भिडियो बनाएपछि पाइलटनै कार्वाहीमा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि पाइलट विजय लामा कारबाहीमा परेका छन् । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामालाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको हो ।नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिबिनै ककपिटबाट लामाले अन्तर्वार्ता दिएका थिए । त्यस्तै नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसबारे अध्ययन भइरहेकाले लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको जानकारी दिए ।नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र के कारणले फोटो वा भिडिओ लिन लागिएको कारण स्पष्ट पारेर मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।हालै चिनियाँ एभिएसन भ्लगर साम चुइलाईले दुबई-काठमाडौँ रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनि...