डेरी उद्योगमा छापा, शिलबन्दी गरी ४ जना पक्राउ
गाैर - राैतहट प्रहरीले मंगलबार जिल्लाकाे सदरमुकाम गाैर स्थित एक डेरी उद्योगमा छापा मारेकाे छ। छापा मारीकाे क्रममा प्रहरीले ठूलो परिमाणमा अखाद्य बस्तुहरु बरामद गरेकाे थियो। उक्त अखाद्यद वस्तु जनावरकाे बाेसाे (चर्वी) रहेकाे समाजिक सञ्जालकै एक भिडियोमा प्रष्ट देखिन्छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्र टोलीले गौर नगरपालिका वडा नम्वर ५ पोखरीको पश्चिमी डिलमा रहेको फुलतारा डेरी उद्योेगमा छापा मारेका थिए। उक्त कार्यमा संलग्न डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर बस्ने हाल गाैरमा आफ्नै घरमा डेरी संचालन गरेका शेख समिम , उनका भाई माे. माेतिउल्ला , त्यहाँका स्थानीय बच्चा खानकाे छाेरा अन्दाजी २४ वर्षीय इफान खान र गरुडा नगरपालिका-८ शेख फकिरकाे छाेरा अन्दाजी २३ वर्षीय माे.समसे आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। ...









