Saturday, September 12
Shadow

ताजा-अपडेट

लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ – पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैठौं नम्बरमा पेशी तोकिएको थियो । तर पीडित किशोरीका वकिलले सुनुवाई स्थपगत गराएका हुन् । जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेशसँगै उनी ९९ दिनपछि थुनामुक्त भएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुना अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।...
नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको कांग्रेस नेता शेखर कोइरालाले बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखका लागि उम्मेदवारी दिएको थियो । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते समाप्त हुँदैछ । एक महिनाअघि गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघको अन्तिमसम्ममा चुनाव गर्ने तयारी गरेको छ ।...
ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ताजा-अपडेट, सूचना / प्रविधि
नागरिक एपमा सवारी सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) लिंक गर्ने सूविधा छ।तर नागरिक एपमा भएको लाइसेन्स र ब्लुबुकलाई ट्राफिक प्रहरीले मान्यता दिने गरेका छैन। एपमा उपलब्ध लाइसेन्स र ब्लुबुकको आधारमा सवारी चालक वा धनीलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था नभएकाले यसलाई मान्यता नदिएको ट्राफिक प्रहरीको भनाइ छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमति पत्र , सवारी दर्ता किताब र सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनु पर्ने व्यवस्था छ।सोही ऐनको दफा १६४ को १(न) मा सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाएमा कसुर मानिने व्यवस्था रहेको र सोही ऐनको दफा ६० अनुसार ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चाल...
सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन्। घिमिरेले १६७ मत पाए भने न्यौपानेले १०० मत पाइन्। एक जना सांसदले मत दिएनन्। आजको बैठकमा २६८ सांसद उपस्थित थिए।...
विश्वकै ज्येष्ठ वृद्ध व्यक्तिकाे निधन

विश्वकै ज्येष्ठ वृद्ध व्यक्तिकाे निधन

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पेरिस - संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।दृष्टिविहीन र ह्वीलचेयरमा निर्भर रहे पनि सिस्टर एन्ड्रेले अरू वृद्ध मानिसहरूको हेरचाह गरेकी थिइन् । गत अप्रिलमा एक अन्तर्वार्तामा सिस्टर एन्ड्रेले आफ्नो कामले आफूलाई दीर्धायु जीवन बाँच्न सहयोग गरेको बताएकी थिइन् ।...
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - मधेस प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।...
युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
युक्रेन - युक्रेनकाे राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्। तस्बिर:- रेउटर्स युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ। जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँक...
सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदै

सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।संसद्को सबैभन्दा ठूलो पार्टी अनि गठबन्धन आफैसँग हुँदा व्यवस्थापकीय कुशलता देखाउन नसकेर नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । सत्ता गठबन्धनको घटक माओवादी प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्दै प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी भूमिकामा खुम्चिएको हो ।सभामुख र राष्ट्रपतिमा सहयोगको अपेक्षासहित प्रधनमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस त्यही कारण आलोचनाको केन्द्र पनि बनेको छ । तर, उसले आफ्नातर्फबाट सभामुखमा दिने उमेदवार भने प्रस्तुत गर्न सकेको छैन ।प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत दिएका सबै पार्टीलाई समेट्ने भन्दै सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन् ...
एक लाख ४० हजार घुस सहित एक इन्जिनियर पक्राउ

एक लाख ४० हजार घुस सहित एक इन्जिनियर पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सप्तरी - सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत एक इन्जिनियरलाई अख्तियार टोलीले घुसकाे रकमसहित पक्राउ गरेको छ। इन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।...
६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

banner-news-1, ताजा-अपडेट, मुख्य समाचार
पाेखरा - काठमाडौंबाट पाेखराका लागि उडेकाे यति एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हालसम्म ३५ जनाकाे शव फेला परेको प्रहरीले जनाएको छ। थप उद्घार कार्य भइरहेको प्रहरीले जनाएको छ। आइतबार बिहान १०:३२ बजे उडेकाे ९ एन एएनसी, एटिआर ७२-५०० नम्बर यति एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ६८ यात्रु सवार थिए। जसमध्ये ३७ जना पुरुष,२५ जना महिला , ३ जना बच्चा र ३ जना शिशु सवार थिए। सवार यात्रु मध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन,२ जना काेरियन, १ जना अर्जेन्टेनी,१ जना अष्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली रहेको यति एयरलाइन्सले जनाएको छ। दुर्घटना अघि विमान अन्तिम पटक पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे टावरसँग १०:५० मा सेति खाेंच भन्ने स्थानमा सम्पर्क रहेको यति एयरलाइन्सका प्रवक्...