Thursday, April 16
Shadow

आज बाजुरा केन्द्रविन्दु भएर भुकम्पको धक्का महशुस

बाजुरा – नेपालको बाजुरा जिल्लामा केन्द्रबिन्दु बनाएर गएको एउटा शक्तिशाली भूकम्पको धक्का पश्चिम नेपाल र भारतका विभिन्न स्थान महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प लोकल म्याग्निट्यूडमा ५.९ मापन गरिएको छ। यसलाई मध्यम श्रेणीको भूकम्प मानिन्छ।

स्थानीय समयानुसार उक्त भूकम्प दिउँसो २:४३ बजे गएको केन्द्रले जनाएको छ।

भूकम्पबाट कहाँ कस्तो क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी छ। तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख अशोक सिंहका अनुसार

बाजुरा जिल्लामा केही घर भत्किएको जानकारी प्राप्त भएको छ।

उक्त भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले चर्चा गरिरहेका छन्।

बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *