बाँकेमा माओवादीको टोल भेलाहरु सम्पन्न हुँदै, शनिवार जिल्लामा दुई सय टोलमा टोल भेला गरिदै
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लाई पुनर्गठन अभियान अन्र्तगत शनिवार देखि देशव्यापी टोल भेलाहरु सुरु भएका छन । सोहि क्रममा बाँके जिल्लाका ८ वटै पालिकामा पनि आज टोल भेलाहर धमाधम सम्पन्न भैरहेका छन् ।
शनिवार जिल्लामा करिब २०० वटा टोलमा टोल भेला सम्पन्न हुने नेकपा माओवादी केन्द्र बाँकेका अधयक्ष आइपी खरेलले बताउनुभयो । उहाँले हरेक पालिकामा कम्तीमा ३० देखि ८० सम्म टोल भेलाहर सम्पन्न हुने बताउनु भयो ।
जिल्लाका सबै पालिकाबाट टोल भेलाहरु सम्पन्न भैरहेको सुचना आफुलाई प्राप्त भैरहेको पनि उहाँले बताउनुभयो ।
यसैविच कोहलपुर नगरपालिकाका १५ वटै वडामा पनि टोल भेलाहरु सम्पन्न भैरहेका छन् । शनिवार कोहलपुरमा ६० ओटा टोलमा भेला गरि सक्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । पार्टी सुटृढीकरण अभियान अन्र्तगत आर्क...









