२३९ जना अनाधिकृत क्रियाशिल सदस्य थपिएको भन्दै बाँके काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ कात्तिक । नेपाली काँग्रेस बाँकेको निर्वाचन प्रक्रिया शुरु गरिए लगत्तै सो पार्टीको जिल्ला कार्यालयमा बुधवार असन्तुष्ट पक्षले ताला बन्दी गरेको छ । शुरुदेखिनै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता वितरणमा जालझेल गरिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।
सदस्यता नविकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएकोले आफुहरुले बाध्य भएर तालाबन्दी गर्नु परेको काँग्रेसका युवा नेता पोषण केसीले बताउनुभयो ।
उहाँले ताला लगाउनुपर्ने कारण खुलाउँदै यही अवस्थामा निर्वाचन हुन नसक्ने प्रष्ट पार्दै यी सदस्यको छिनोफानो गरेरमात्रै निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरि निर्वाचन अधिकृत मंगलवारमात्रै नेपालगञ्ज आइपुगेका थिए । उ...









