थारु र मधेशीलाई किनारा लगाउँदै एमालेद्धारा महाधिवेसन प्रतिनिधि छनोट
नेपालगञ्ज, २८ कात्तिक । नेकपा एमालेको आसन्न १०औ महाधिवेशनका लागि बाँकेबाट जातिय र भौगोलिक समावेशितालाई किनारा लगाउदै सर्वसम्मत प्रतिनिधि छनौट गरिएको छ । पार्टीको जिल्ला कमिटीले पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा सर्वसम्मत प्रतिनिधि छानेको जनाएका छ ।
एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ बाट कोहलपुर नरपालिकामा मात्र प्रतिनिधि केन्द्रीत बनाईएको छ । राप्तीसोनारी र नरैनापु्र जहाँ थारु समुदाय र मधेशी समुदायको बर्चश्व रहेको दुबै पालिकालाई प्रतिनिधि शुन्य बनाउदै थारु र मधेशीलाई किनारा लगाउदै क्षेत्रनं। १ बाट देबराज भार, सुर्य ढकाल, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल छनौट भएका छन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, बिजया धिताल छानौट भएका छन । क्षेत्रनं २ मा सम...








