Saturday, September 12
Shadow

राजनीति

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालद्धारा एमाले परित्याग गरेको घोषणा

नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालद्धारा एमाले परित्याग गरेको घोषणा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, १४ मंसिर । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालले एमाले परित्याग गरेको घोषणा गर्दै त्यसपछि स्वतन्त्र रहने जानकारी सार्वजनिक गरेका छन् । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशनमा एमालेबाट केन्द्रीय सदस्यमा निर्वाचितहरु प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उपसचिव धितालले एमाले परित्याग गरेर स्वतन्त्र बस्ने र व्यापार गर्ने घोषणा गरेका छन् । धितालले भन्नुभयो, ‘अब एमाले नरहने निधो गरे, राजनीति छाडेर व्यापारी मात्रै रहन्छु ।’ सो घोषणा र जानकारी उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु भएको छ । यातायात व्यवसायमा संलग्न उहाँले व्यवसायलाई प्राथमिकता दिने निधो गरेको जनाउनु भएको छ । उहाँलाई यसअघि नेकपा एमालेको सरकारका पाला भेरी अस्पताल विकास समितिको अध्यक्ष मनोनयन गरेको थियो । आफुलाई नहटाएमा अस्पताल विकास समितिको जिम्मेवारीमा रहेर विरामीको सेवा गरि र...
एमालेमा बाँकेका पाँच जना केन्द्रिय सदस्यमा सर्वसम्मत भए

एमालेमा बाँकेका पाँच जना केन्द्रिय सदस्यमा सर्वसम्मत भए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १३ । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटीमा बाँकेबाट ५ जना सर्वसम्मत रुपमा चयन भएका छन् । एमालेका अध्यक्ष केपी ओलीले प्रस्ताव गरे अनुसारनै उनिहरुलाई सर्वसम्मत गरिएको हो । निवर्तमान केन्द्रीय कमिटीका सदस्य मोहम्मद हारुन, महिला नेतृ शान्ति ढकाल र दिपा शर्मा, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल र पशुपति दयाल मिश्र एमालेको केन्द्रीय कमिटीमा चयन भएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार राती ३०१ सदस्यीय केन्द्रीय कमिटीको बन्दसत्रमा घोषणा गरेका थिए । विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय हारुन नेपालगञ्जका स्थापित नेता हुन । लोकतान्त्रिक मधेसी संगठन र मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय नेतृत्वमा रहेका हारुन लगातार दोश्रो पटक केन्द्रीय कमिटीमा चयन भएका हुन । विद्यार्थी र युवा संघको राजनीति हुँदै एमालेमा सक्रिय ...
एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन

एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विचार
डा. प्रदीप भट्टराई मुलुककै ठूलो ‘कम्युनिष्ट पार्टी’ नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन डेटलाइनमा जारी छ । महाधिवेशनको निर्धारित समय घर्किसकेको छ, यद्यपि उद्घाटनलगायतका औपचारिक कर्मकाण्ड बाहेक यसको मूल काम नेतृत्व चयन हुन सकेको छैन। वडातहबाटै  केपी ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन गरिएको सर्वसम्मति अभियानमा भीम रावलले चुनौति दिएपछि हलो अड्किएको छ। र, त्यो हटाउने क्रममा अनेकखाले प्रपञ्च मिलाउन समय खर्चिदा महाधिवेशन निर्धारित समयमा सकिएको छैन। यो समसामयिक टिप्पणी तयार गरिरहेको बेला पार्टी अध्यक्ष ओलीले आफ्नो नाम अध्यक्ष पदमा राखेर १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्तुत गरेका छन्। उनले प्रस्तुत गरेको नामावलीमा अध्यक्षमा दाबी गरिरहेका भीम रावल र उपाध्यक्षमा दाबी गरिरहेका घनश्याम भूषालको नाम छैन । यसैगरी सचिवमा दावी गरिरहेका टंक कार्कीको मात्र नाम...
नेपाली काँग्रेस बाँकेको निर्वाचन स्थगित हुँदा दुबै समहुलाई राहत

नेपाली काँग्रेस बाँकेको निर्वाचन स्थगित हुँदा दुबै समहुलाई राहत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार बेलुकी बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । बाँकेमा यस पटक संस्थापन समुहको अवस्था निकै सुदृढ रहेकोले संस्थापन समुहकै सभापति विजयी हुने संभावना देखिएको काँग्रेसका नेता कार्यकर्ताले जनाएका छन् । निर्वाचन स्थगित भएपछि कोइराला पौडेल समुहले निर्वाचन तयारीको समय पाएको छ भने संस्थापन समुहमा सभापतिका आकांक्षी धेरै रहेकाले उनिहरुले मिलाउने समय पाएका छन् । निर्वाचन स्थगित भएकोले अब सभापतिका आकांक्षीलाई मिलाएर अगाडी लैजान सहज हुने संस्थापन समुहका एक नेताले बताए । उनले आफ्नो समुह जिललामा निकै बलियो भएपनि समुहबाट एक भन्दा बढी उम्मेदवार भएमा कोइराल...
बर्दियामा फेरी बाघले मानिस खायो, भैंसी चराउन गएका थारुको आधा शव भेटियो

बर्दियामा फेरी बाघले मानिस खायो, भैंसी चराउन गएका थारुको आधा शव भेटियो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर १२  । बर्दियामा फेरी बस्ती नजिक पुगेर बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बर्दियाको गेरूवा गाउपालिका–४ मा आइतबार साँझ भैसी चराउन घर नजिकैको खरबारीमा गएका एक व्यक्तिले पाटे बाघको आक्रमणमा परि ज्यान गुमाएका छन् । उनको शव प्रहरीले आधा खाएको अवस्थामा फेला पारेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिनु भएको जानकारी अनुसार घर नजिकैको खरबारीमा भैसी चराउन गएका गेरूवा–४ राजिपुरका ६८ वर्षिय कालुराम थारूको पाटे बाघको आक्रमणबाट मृत्यु भएको हो । आइतबार साँझ साढे ४ बजे घरनजिकैको खरबारीमा भैसी चराउने क्रममा थारुलाई बाघले आक्रमण गरेको थियो । ईलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरिक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले खरबारीमा बाघले टाउकोको भाग खाएको अवस्थामा थारुको भेटेको बर्दियाका प्रहरी प्र...
सहादत मस्जिद ईदगाह कर्बला समितिको अध्यक्षमा बेहना निर्वाचित

सहादत मस्जिद ईदगाह कर्बला समितिको अध्यक्षमा बेहना निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १२ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परसपुरमा रहेको सहादत मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिको अध्यक्षमा कौसर अली बेहना सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । समितिको प्रथम साधारण सभाले बेहनालाई अध्यक्षमा निर्वाचित गरेको हो । सोही प्रकारले समितिको उपाध्यक्षमा सज्जन अली, कोषाध्यक्षमा मन्सुर अली दर्जी र सचिवमा इसराइल शेषलाई चयन गरिएको निर्वाचन अधिकृत श्याम काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार कार्यसमितिको सदस्यहरुमा रज्जब अली बेहना, मकसुद अली बेहना, गजफ्फर अली इद्रीसी, रसीद अली दर्जी, आरिफ बागवान, रफीक धोबी र अकबर अली दर्जीलाई चयन गरिएको छ भने सल्लाहकारमा कलामुद्दीन दर्जी, हाजी सुबेदार बेहना, अरमान अली बेहना, मौला दर्जी, जुमई बेहना, शेरबहादुर बेहना, पप्पू बेहना, नुरुल नवी इद्रीसीलाई चयन गरिएको छ । नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत का...
ओलीले ईश्वरलाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउन खोज्दा तिव्र विवाद

ओलीले ईश्वरलाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउन खोज्दा तिव्र विवाद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, मंसिर १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिएको थियो। त्यसैगरी महासचिवमा शंकर पोखरेलको प्रस्ताव आएपछि पौडेलले आपत्ति जनाएका थिए । स्रोतका अनुसार पौडेल शंकरलाई महासचिव मान्न तयार नभएपछि ओली खेमामै समस्या खडा भएको छ। त्यस्तै नेम्वाङ पनि ईश्वरलाई वरिष्ठ उपाध्यक्ष मान्न तयार भएनन्। पछि उनले सबै पदमा सहमति हुने भए आफू बाधक नबन्ने बताएका थिए। उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई राखिएको थियो। त्यस्तै, सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, रघुजी पन्त, विष्णु रिमाल, भानुभक्त ढकाललाई र...
माओवादी केन्द्र नेपालगञ्जमा शाही, खजुरामा विक, डुडुवामा यादव र जानकीमा बर्मा सर्वसम्मत

माओवादी केन्द्र नेपालगञ्जमा शाही, खजुरामा विक, डुडुवामा यादव र जानकीमा बर्मा सर्वसम्मत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बाँकी चार पालिकाको बन्द शत्र आज भैरहेको छ नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर १२ । बाँके जिल्लाको आठ वटै पालिकामा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय सम्मेलन शनिवार शुरु भएकोमा चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएका छन् भने बाँकी चार वटा पालिकामा उदघाटन शत्र शनिवारनै पुरा भएपनि बन्द शत्र आज आइतवार हुँदैछन् । ती पालिकामा पनि आज सर्वसम्मत नेतृत्व चयन हुने जनाईएको छ । शनिवार सर्वसम्मत नेतृत्व चयन गरेर सम्पन्न भएका पालिकाहरुमध्ये नेपालगञ्ज उपमहानगर पालिकामा रतन बहादुर शाही, खजुरा गाउँपालिकामा राज कुमार विक, डुडुवा गाउँपालिकामा भोला यादव र जानकी गाउँपालिकामा रक्षाराम बर्मालाई अध्यक्ष निर्वाचित गरिएको छ । नरैनापुरका अध्यक्षको मात्रै चयन गर्न बाँकी रहेको जनाईएको छ । अन्य सबै पदमा सर्वसम्मत भैसकेको माओवादी केन्द्र बाँकेले जनाएको छ । माओवादी केन्द्र बाँकेले दिएको जा...
कोरोनाबाट दुई दिनमा कोहलपुरका दुइ जनाको भेरी अस्पतालमा मृत्यु

कोरोनाबाट दुई दिनमा कोहलपुरका दुइ जनाको भेरी अस्पतालमा मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, मङ्सिर ११ गते । पछिल्लो समयमा आएर कोरोना परीक्षण गर्ने र सङ्क्रमित भेटिन सङ्ख्या घट्दै गए पनि मृत्यु हुने क्रम भने जारी नै रहेको छ ।जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार संक्रमण घट्दै गएपछि कोरोना परीक्षण गराउनेहरु पनि निकै कम रहेका छन् । तर, गम्भीर अवस्थामा पुगेपछि मात्रै परीक्षण गराउने र त्यसपछि उपचारमा समस्या हुने गरेकोले मृत्यु हुने क्रम जारी नै रहेको छ । सो क्रममा गत दुई दिनमा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँके कोहलपुरका दुई जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–११ का ६४ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । त्यसअघि बिहीबार पनि कोहलपुर ५ का ६५ वर्षीय पुरुषको पनि सोही अस्पतालमा उ...
काँग्रेस, एमाले र माओवादी असफल भैसके, देश विकास हामी गर्छौ– पुर्व प्रम भट्टराई

काँग्रेस, एमाले र माओवादी असफल भैसके, देश विकास हामी गर्छौ– पुर्व प्रम भट्टराई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, १० मंसिर । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघयि परिषदका अध्यक्ष डा. बाबुराम भट्टराइले काँग्रेस, एमाले र माओवादी लगायतका दलहरु देश र जनताको अपेक्षा पुरा गर्न असफल भएको बताउनु भएको छ । उहाँले ती दलहरु देश निर्माणको साटो आफै भ्रष्टाचार, पदलोलुपता र अनैतिक कार्यमा लागेकोले अब उनिहरुबाट नेपाली जनताले कुने पनि आशा गर्न नसक्ने दावी गर्नुभयो । शुक्रवार नेपालगञ्जमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराइले आफुलाई ठुला र प्रमुख ठान्ने दलहरु देश निर्माणमा असफल भएकोले अब जनता समाजवादी पार्टी वैकल्पिक शक्ति बनेर उदाउने बताउनुभयो । उहाँले माओवादीले केही गर्छ कि भन्ने आशा जनतामा केही वर्ष पिहले पलाएको बताउँदै तर माओवादी पनि काँग्रेस र एमालेकै बाटोमा हिडेकोले सो पार्टीबाट पनि जनताको मोह भंग भैसकेको बताउनुभयो । विकास र समृ...